NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank to Collect Additional NPR 40 Billion Deposit for 175 Days
    नेपाल राष्ट्र बैंकले १७५ दिनका लागि फेरि ४० अर्ब निक्षेप संकलन गर्दै
    Investor
    2 min read
    Published on November 2, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकले १७५ दिनका लागि फेरि ४० अर्ब निक्षेप संकलन गर्दैNepal Rastra Bank to Collect Additional NPR 40 Billion Deposit for 175 Days

    नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि फेरि लामो अवधिको निक्षेप संकलन गर्न लागेको छ। बजारमा कर्जाको माग घट्दै गएको र लगानीयोग्य पूँजी बैंक तथा वित्तीय संस्थामा थुप्रिँदै गएपछि केन्द्रीय बैंकले लामो अवधिका लागि निक्षेप उठाउने रणनीति अपनाएको हो।

    विगत दुई वर्षयता बजारमा कर्जाको मागमा ठूलाे वृद्धि नदेखिँदा बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता (excess liquidity) बढ्दै गएको छ। यसअघि राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप संकलन गर्दै आएकोमा, अहिले भने ६ महिनासम्म (१७५ दिन) का लागि निक्षेप उठाउन थालेको छ।

    गत बुधबार १७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पुनः १७५ दिनकै लागि थप ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। यसअघि राष्ट्र बैंकले ४ देखि ५६ दिन अवधिसम्मका निक्षेप उपकरणमार्फत तरलता संकलन गर्दै आएको थियो।

    पछिल्लो समयमा जेनजी आन्दोलनपछि निजी क्षेत्रका कम्पनीहरूमा तोडफोड र आगजनीका घटनाहरू बढेपछि, लगानी वातावरण कमजोर बनेको र कर्जाको माग घटेको पृष्ठभूमिमा राष्ट्र बैंकले यो नीति अवलम्बन गरेको हो।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अहिलेसम्म २३ पटक निक्षेप संकलन उपकरण जारी गरी ८ खर्ब ४४ अर्ब ६५ करोड रुपैयाँ संकलन गरिसकेको छ। जसमध्ये १ खर्ब ३० अर्ब रुपैयाँ परिपक्क हुन बाँकी रहेको छ। स्थायी निक्षेप सुविधासहित केन्द्रीय बैंकमा अहिले करिब ८ खर्ब रुपैयाँभन्दा बढी तरलता जम्मा भएको छ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ७४ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५६ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (CD Ratio) ७४.५३ प्रतिशत रहेको छ। कानुनी प्रावधानअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी झण्डै ११ खर्ब रुपैयाँसम्म कर्जा दिन सक्ने क्षमता राख्छन्।

    आज हुने निक्षेप संकलनका लागि अल्पकालीन तरलता व्यवस्थापन उपकरणमार्फत १७५ दिन अवधिका लागि ४० अर्ब रुपैयाँ संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

    अनुसार, अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेदेखि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्।

    निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ। क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    Nepal Rastra Bank (NRB) has decided to once again collect long-term deposits from the market to manage excess liquidity in the financial system. As loan demand remains weak and investable funds continue to pile up within banks and financial institutions, the central bank has opted for longer-term deposit instruments to absorb liquidity.

    For the past two years, credit demand in the market has remained sluggish, resulting in a steady accumulation of excess liquidity in the banking sector. While NRB previously used to collect short-term deposits, it has now begun accepting deposits for up to six months (175 days).

    Last Wednesday, the central bank absorbed NPR 40 billion for 175 days, and today it plans to collect another NPR 40 billion for the same duration. Previously, NRB had been collecting deposits for periods ranging between 4 and 56 days.

    Following the “Gen Z movement”, which caused widespread vandalism and arson in the private sector and led to weakened investor confidence, the private sector’s credit demand has dropped significantly. In response, NRB has taken the initiative to directly absorb market liquidity for an extended period.

    So far in the current fiscal year, NRB has issued deposit collection instruments 23 times, mobilizing a total of NPR 844.65 billion, of which NPR 130 billion is yet to mature. Including the Standing Deposit Facility (SDF), total liquidity parked at the central bank stands at nearly NPR 800 billion.

    According to NRB data, as of Ashoj (mid-October), banks and financial institutions have collected NPR 7.475 trillion in deposits and disbursed NPR 5.635 trillion in loans. The average Credit-to-Deposit (CD) ratio stands at 74.53%, meaning banks still have the capacity to lend an additional NPR 1.1 trillion under the regulatory ceiling of 90%.

    Today’s liquidity absorption will be conducted through short-term liquidity management instruments for a period of 175 days, amounting to NPR 40 billion.

    As per NRB, online bidding will open today from 3 PM, allowing interested banks and financial institutions to participate. Each participant must bid for a minimum of NPR 1 billion (10 crores) and can bid up to NPR 5 billion.

    The principal and interest payments for this deposit will be made on Baisakh 13, 2083 (April 25, 2026). Licensed institutions in categories ‘A’, ‘B’, and ‘C’ are eligible to participate in the deposit auction.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026