NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Rastra Bank to Collect NPR 50 Billion in Deposits
    राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने
    Top
    1 min read
    Published on February 11, 2026
    NEPSE TRADING

    राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने Nepal Rastra Bank to Collect NPR 50 Billion in Deposits

    काठमाडौं। पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अत्यधिक बढ्दा यसलाई व्यवस्थापन गर्नु नेपाल राष्ट्र बैंकका लागि चुनौती बनेको छ। बजारमा कर्जाको माग घट्नु, आर्थिक गतिविधिमा सुस्ती आउनु र बैंकहरूले लगानीयोग्य क्षेत्रहरूमा अपेक्षित ऋण प्रवाह गर्न नसक्नुले बैंकहरूमा ठूलो परिमाणमा रकम थुप्रिन गएको छ।

    यसै क्रममा राष्ट्र बैंकले ४६ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले बुधबार बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो। तरलता बढेसँगै अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतसम्म झरेको छ। ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल नजाओस् भन्नका लागि राष्ट्र बैंकले बजारबाट निरन्तर रकम तान्नुपरेको हो। निक्षेप संकलन उपकरण मार्फत यसअघि खिचेको झण्डै ५ खर्ब रुपैयाँ परिपक्क हुन बाँकी छ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ। बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ भने सावाँ तथा ब्याज भुक्तानी २०८२ चैत १५ गते गरिनेछ।

    निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

    रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोलहरू स्वीकार गर्दै आह्वान गरिएको रकम पूरा गरिनेछ। यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    साढे ८ खर्ब राष्ट्र बैंकमा

    वित्तीय प्रणालीमा अधिक तरलता (लगानीयोग्य पूँजी) कायम भएपछि साढे ८ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापनका निक्षेप संकलन बोलकबोल, स्थायी तरलता सुविधा तथा राष्ट्र बैंक ऋणपत्र उपकरणमार्फत बजारबाट तरलता उठाएको हो।

    राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको तरलताको ८ खर्ब ४७ अर्ब ५ करोड रुपैयाँ राष्ट्र बैंकमा रहेको छ । जसमध्ये निक्षेप संकलन बोलकबोलमा ४ खर्ब ७४ अर्ब ५५ करोड, स्थायी निक्षेप सुविधामा १ खर्ब ७२ अर्ब ५० करोड र राष्ट्र बैंक ऋणपत्रमा २ खर्ब रुपैयाँ लगानी रहेको छ।

    हाल बैंकिङ प्रणालीमा कुल निक्षेप करिब ७७ खर्ब रुपैयाँ छ भने करिब ५८ खर्ब कर्जा लगानी गरेका छन्। कर्जा निक्षेप अनुपात ७४.३७ प्रतिशतमा छ। अझै पनि बैंकहरुमा ११ खर्ब बढी लगानीयोग्य रकम रहेको छ।

    अधिक तरलता हुनु बजारमा कर्जा प्रवाह कम भएको संकेत हो। राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी तरलता सुविधा र ऋणपत्रमार्फत तरलता व्यवस्थापन गर्दै आएको भए पनि यसले कर्जा विस्तारमा दबाब पर्ने सम्भावना कायम गरेको छ। यदि बजारमा लगानीयोग्य पूँजी सही दिशा र परियोजनामा प्रवाहित भएन भने आर्थिक वृद्धि दरमा दबाब पर्ने जोखिम रहन्छ।

    Kathmandu. Recently, the Nepalese banking system has faced a challenge in managing the excess investable capital that has accumulated. A decline in demand for loans, a slowdown in economic activity, and the inability of banks to channel loans into investable sectors have led to a large accumulation of funds in the banks.

    In this context, the Nepal Rastra Bank (NRB) has decided to collect NPR 50 billion in deposits for 46 days. The central bank is using the bidding process to collect this amount. With increased liquidity, the interbank interest rate has dropped to 2.75%. To prevent the interest rate from falling below the lower limit of the interest rate corridor, NRB has been continuously absorbing money from the market. Nearly NPR 500 billion collected earlier through deposit collection instruments is still maturing.

    According to NRB, the deposit collection process will take place through an online bidding system. Banks and financial institutions can submit their bids by 3 PM today. The interest rate will be determined through the bidding process, and the principal and interest payments will be made on 15th Chaitra 2082 (April 1, 2026).

    Banks and financial institutions wishing to participate in the deposit collection process can bid with a minimum of NPR 100 million and a maximum of NPR 500 million, in accordance with the total amount being called. The NRB has also made provisions for multiple bids at different interest rates.

    When distributing the funds, priority will be given to the institution with the lowest interest rate bid. Subsequently, higher interest rate bids will be accepted until the total called amount is fulfilled. Only banks and financial institutions with NRB authorization in categories ‘K’, ‘Kh’, and ‘G’ will be allowed to participate in this deposit collection.

    Over NPR 8.5 trillion in NRB

    With the financial system maintaining high liquidity (investable capital), NPR 8.5 trillion has accumulated at the Nepal Rastra Bank. The central bank has raised liquidity from the market using deposit collection instruments, permanent liquidity facilities, and NRB bonds.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026