·
नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले यसका लागि बैंकहरूसँग ब्याजदर प्रस्ताव माग गरेको छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड, राष्ट्रियस्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ। यो निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूले चैत ५ गते साँझ ७ बजेसम्म आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्।
लगानी अवधि ३६६ दिनको हुने र यो चैत १० गतेदेखि सुरु भई आगामी चैत ९ गतेसम्म कायम रहने राष्ट्र बैंकले जनाएको छ।