
Top
1 min read
NEPSE TRADING
बैंकिङ प्रणालीमा तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलनNepal Rastra Bank to Mop Up Rs 40 Billion from Banking System to Control Excess Liquidity
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अतिरिक्त तरलता बढेपछि केन्द्रीय बैंकले वैशाख २ गते निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा कुल आह्वान रकमसम्म बहुबोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन ब्याजदर बोलकबोलका आधारमा निर्धारण गरिनेछ भने ५६ दिने यो उपकरणको साँवा तथा ब्याज जेठ २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
Nepal Rastra Bank is set to withdraw Rs 40 billion from the banking system today once again to manage excess liquidity. The central bank is collecting the amount through its deposit collection instrument on Baisakh 2 after liquidity levels increased in the financial system. The bidding will take place at 3 PM today. A, B, and C class banks and financial institutions can participate in the auction, with a minimum bid of Rs 1 billion and multiple bids allowed up to the total offered amount. The interest rate will be determined through competitive bidding. The 56-day deposit instrument will mature on Jestha 27, when both principal and interest will be repaid, according to NRB.




