NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Rastra Bank to Withdraw NPR 100 Billion from Market to Manage Excess Liquidity
    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा १ खर्ब रुपैयाँ बजारबाट खिच्ने निर्णय
    Top
    1 min read
    Published on March 3, 2026
    NEPSE TRADING

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा १ खर्ब रुपैयाँ बजारबाट खिच्ने निर्णयNepal Rastra Bank to Withdraw NPR 100 Billion from Market to Manage Excess Liquidity

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजार सन्तुलन कायम गर्न ६ दिन अवधिका लागि १ खर्ब रुपैयाँ बजारबाट खिच्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले फागुन १९ गते दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गर्दै बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्ने जनाएको छ। उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ भने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोलमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा करिब ९ खर्ब रुपैयाँ बराबरको अधिक तरलता केन्द्रीय बैंकमै थुप्रिएको छ। कर्जा विस्तार अपेक्षित रूपमा बढ्न नसक्दा रकम विभिन्न मौद्रिक उपकरणमार्फत राष्ट्र बैंकमै पार्क गरिएको हो। हाल ८ खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन बोलकबोल, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधामार्फत लगानीका रूपमा रहेको छ। चालू आर्थिक वर्षमा राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी तरलता सुविधा र ऋणपत्रमार्फत ठूलो परिमाणमा रकम उठाइसकेको छ।

    यद्यपि उच्च तरलता र न्यून ब्याजदरको वातावरण हुँदाहुँदै पनि कर्जा विस्तार सुस्त देखिएको छ। चालू आवमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२ प्रतिशतले बढाउने लक्ष्य राखिएकोमा पुससम्म वार्षिक आधारमा ६.७ प्रतिशत मात्रै वृद्धि भएको छ। बैंकहरूसँग थप कर्जा प्रवाह गर्न सक्ने करिब १२ खर्ब रुपैयाँ लगानीयोग्य पूँजी रहेको तथ्यांकले देखाएको छ। निर्वाचनअघिको अवधिमा बजारमा अत्यधिक तरलता जम्मा भई ब्याजदर अस्थिरता वा सट्टेबाजी नबढोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले तरलता व्यवस्थापनलाई प्राथमिकता दिएको विश्लेषकहरूको भनाइ छ।

    Kathmandu — Nepal Rastra Bank (NRB) has decided to withdraw NPR 100 billion from the financial system for a six-day period after excess liquidity surged across banks and financial institutions. The central bank announced a deposit collection auction through its liquidity management instrument scheduled for 3:00 PM on Falgun 19, aiming to absorb surplus funds from the market. The principal and interest payments of the instrument will be settled on Falgun 25, and Class ‘A’, ‘B’, and ‘C’ financial institutions are eligible to participate with a minimum bid of NPR 100 million.

    According to NRB, nearly NPR 900 billion in excess liquidity has accumulated within the central bank as credit expansion remains sluggish despite ample funds in the banking system. Currently, NPR 884.45 billion has been absorbed through deposit collection auctions, NRB bonds, and standing deposit facilities. During the current fiscal year, the central bank has already mobilized significant amounts through multiple monetary instruments to manage liquidity conditions.

    Despite a low interest rate environment and abundant liquidity, private sector credit growth has remained below expectations. While the annual target for credit expansion stands at 12 percent, growth reached only 6.7 percent by mid-fiscal year. Data also shows banks still possess nearly NPR 1.2 trillion in lendable funds. Analysts interpret the latest liquidity withdrawal as a precautionary measure ahead of the election period to prevent speculative activity, exchange rate pressure, and short-term interest rate volatility while maintaining monetary stability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026