NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank to Withdraw NPR 35 Billion in Liquidity from Banking System
    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता निकाल्ने
    Investor
    1 min read
    Published on May 23, 2024
    NEPSE trading

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता निकाल्नेNepal Rastra Bank to Withdraw NPR 35 Billion in Liquidity from Banking System

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा थुप्रिएपछि ३५ अर्ब रुपैयाँ तरलता निकाल्ने निर्णय गरेको छ। राष्ट्र बैंकले जेठ ११ गते निक्षेप संकलन बोलकबोल मार्फत ७ दिनका लागि यो रकम निकाल्ने भएको हो।

    हाल बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोहीअनुसार ऋणको माग भने कम भइरहेको छ। यसका कारण बैंकहरूमा पैसा थुप्रिएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, जेठ ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् तर ५१ खर्ब १३ अर्ब रुपैयाँ मात्र ऋण लगानी गरेका छन्। समीक्षा अवधिमा ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरूसँग ५ खर्बभन्दा बढी लगानीयोग्य रकम छ।

    बैंकहरूसँग पर्याप्त तरलता रहेकाले अन्तर बैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर पनि अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ। यस कारणले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरण मार्फत लगातार बैंकिङ प्रणालीबाट तरलता निकालिरहेको छ। शुक्रबार ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने राष्ट्र बैंकले सोही दिन निष्कासन गर्नेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन्।

    यसरी तरलता प्रशोधन गर्नुको उद्देश्य बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्नु हो। जब बैंकहरूमा धेरै पैसा थुप्रिन्छ र त्यो पैसा प्रयोगमा आउँदैन भने आर्थिक प्रणालीमा असन्तुलन आउन सक्छ। यसलाई रोक्न र आर्थिक स्थायित्व कायम गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो।

    Nepal Rastra Bank (NRB) has decided to withdraw NPR 35 billion in liquidity from the banking system due to an excess accumulation of funds. The central bank will conduct a deposit collection auction on May 24 for a period of seven days to manage this liquidity.

    Recently, deposits in the banking system have been increasing, while the demand for loans has not kept pace, leading to excess liquidity. According to the latest data from NRB, as of May 21, banks and financial institutions had collected NPR 6.194 trillion in deposits but had disbursed only NPR 5.113 trillion in loans. During this period, banks maintained a credit-deposit ratio (CD ratio) of 80.32%, leaving them with more than NPR 500 billion in investable funds.

    Due to the ample liquidity with banks, the interbank interest rate has dropped to 2.92%, and the interest rate on treasury bills has also shrunk to a maximum of 3.20%. In response, the central bank has been continuously withdrawing liquidity from the banking system through reverse repo operations and deposit collection tools. On Friday, the central bank will conduct a deposit collection auction for NPR 35 billion, which will be issued the same day. Interested banks and financial institutions can submit their applications by 12 noon.

    The objective of this liquidity withdrawal is to maintain balance in the banking system. When banks accumulate excess funds that are not utilized, it can lead to economic imbalances. By withdrawing this excess liquidity, NRB aims to ensure economic stability and balance within the financial system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026