
Top
1 min read
NEPSE TRADING
नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत अधिक तरलता व्यवस्थापन गर्ने निर्णयNepal Rastra Bank to Withdraw NPR 40 Billion Through Deposit Collection Instrument to Manage Excess Liquidity
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जाको माग अपेक्षाकृत नबढेपछि प्रणालीमा अधिक तरलता थुप्रिएको अवस्थामा केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो। हाल बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई रकम उपलब्ध गराइरहेका छन्। खुला बजार कारोबारअन्तर्गत सञ्चालन हुने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र बोलकबोलमार्फत सहभागी हुन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा निर्धारण हुने र न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा तोकिएको रकमसम्म प्रस्ताव गर्न सकिनेछ। यस उपकरणमार्फत संकलित रकमको साँवा र ब्याज आगामी असोज २१ गते भुक्तानी गरिनेछ। केन्द्रीय बैंकले दीर्घकालीन तरलता सन्तुलन र ब्याजदर स्थिरता कायम गर्न यस्तो उपकरण पटकपटक प्रयोग गर्दै आएको छ ।
The Nepal Rastra Bank has once again decided to withdraw NPR 40 billion from the banking system through a deposit collection instrument to manage excess liquidity. With credit demand remaining weak, liquidity in the financial system has accumulated significantly, prompting the central bank to absorb funds for a period of 160 days. Currently, banks and financial institutions are placing funds with the central bank at around a 3% interest rate. Under this open market operation, only licensed ‘A’, ‘B’, and ‘C’ class financial institutions will be eligible to participate through a competitive bidding process, where interest rates will be determined accordingly. Institutions can bid with a minimum amount of NPR 100 million, up to the total announced amount in specified multiples. The principal and interest of this instrument will be repaid on October 21. The central bank has been repeatedly using such tools to regulate long-term liquidity and stabilize market interest rates.




