NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Warns of Challenges from Rising Non-Performing Loans and Declining Capit...
    नेपाल राष्ट्र बैंकको चेतावनी: निष्क्रिय कर्जा र घट्दो पुँजी पर्याप्तताले वित्तीय प्रणालीमा चुनौती
    Investor
    1 min read
    Published on April 24, 2025
    NEPSE trading

    नेपाल राष्ट्र बैंकको चेतावनी: निष्क्रिय कर्जा र घट्दो पुँजी पर्याप्तताले वित्तीय प्रणालीमा चुनौतीNepal Rastra Bank Warns of Challenges from Rising Non-Performing Loans and Declining Capital Adequacy

    नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो निष्क्रिय कर्जा र क्रमिक रूपमा घट्दो पुँजी पर्याप्तता अनुपातले चुनौती सिर्जना गरेको जनाएको छ। आर्थिक वर्ष २०८०/८१ को फाइनान्सियल स्टाबिलिटी रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो।

    रिपोर्टअनुसार, आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा अनुपात ३.८६ प्रतिशत पुगेको छ, जुन २०८१ चैत मसान्तसम्म ५ प्रतिशतभन्दा माथि पुगिसकेको छ। निष्क्रिय कर्जा वृद्धिले बैंकहरूको नाफा ७.२२ प्रतिशतले घटेर ७१.४३ अर्ब रुपैयाँमा सीमित भएको छ।

    विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा ३.२ प्रतिशत रहँदा नेपालको अर्थतन्त्रले पनि पुनरुत्थानको संकेत देखाएको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.८७ प्रतिशतले वृद्धि भएको छ, जुन सेवा क्षेत्रको विस्तार, कृषि र ऊर्जा उत्पादनमा भएको सुधारले सम्भव भएको रिपोर्टमा उल्लेख छ।

    राष्ट्र बैंकका अनुसार, उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५७ प्रतिशतमा कायम रहेको छ। यो लक्ष्यभन्दा केही माथि भए पनि गैर–खाद्य मुद्रास्फीति घट्दै गएकाले समग्र मुद्रास्फीति नियन्त्रणमा आएको छ। विप्रेषण आप्रवाहमा १६.५ प्रतिशतको वृद्धि, सकारात्मक भुक्तानी सन्तुलन र वैदेशिक मुद्रा सञ्चितिको वृद्धिले वाह्य क्षेत्र बलियो बनेको छ।

    केन्द्रीय बैंकको लचिलो मौद्रिक नीतिले वित्तीय प्रणालीमा तरलता कायम राखेको छ। विस्तृत मुद्राप्रदाय र निक्षेपमा १३ प्रतिशत तथा निजी क्षेत्रको कर्जामा ५.८ प्रतिशत वृद्धि भएको छ। डिजिटल भुक्तानी प्रणालीहरू जस्तै रियल टाइम ग्रस सेटलमेन्ट, कनेक्ट आईपीएस र पोनपेमा प्रयोग बढ्दै गएको छ।

    रिपोर्टले सबै स्थानीय तहमा बैंकको उपस्थितिले वित्तीय पहुँच विस्तार भएको उल्लेख गर्दै प्रणालीगत जोखिमहरू कायम रहेको जनाएको छ। ‘वित्तीय प्रणाली स्थिर राख्न नियामक निकायहरूले सावधानीपूर्वक निगरानी र सक्रिय पहल गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

    Nepal Rastra Bank (NRB) has highlighted rising non-performing loans (NPLs) and a continuous decline in capital adequacy ratio as major challenges to the financial system. Releasing the Financial Stability Report for FY 2080/81 (2023/24), the central bank noted that while the financial system remains robust, these issues pose significant risks.

    According to the report, the NPL ratio of banks reached 3.86% in FY 2080/81 and has crossed 5% by the end of Chaitra 2081 (March 2025). The rise in NPLs has reduced banks’ profits by 7.22%, limiting their net profit to NPR 71.43 billion in the fiscal year.

    Globally, economic growth stabilized at 3.2% in 2024, and Nepal’s economy showed signs of recovery. The report states that Nepal’s economy grew by 3.87% in FY 2080/81, driven by expansion in the service sector, agriculture, and energy production.

    The consumer price index-based inflation remained at 3.57% in FY 2080/81, slightly above the target but showing a declining trend. Declining non-food inflation has contributed to this improvement. A 16.5% increase in remittance inflows, a positive balance of payments, and rising foreign exchange reserves have strengthened Nepal’s external sector, signaling economic stability.

    NRB’s cautious yet flexible monetary policy has maintained liquidity in the financial system. Broad money supply and deposits grew by 13%, while private sector credit expanded by 5.8%. Digital payment systems, including Real Time Gross Settlement, Connect IPS, and PhonePay, have seen increased adoption.

    The report notes that banking presence in all local levels has expanded financial access. However, systemic risks persist. “To maintain financial stability, regulatory bodies must ensure vigilant monitoring and proactive measures,” the report emphasizes.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026