
1 min read
Latest News
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोलNepal Rastra Bank's Rs 45 Billion Bond Auction Today
नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।
उक्त ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुने केन्द्रीय बैंकल आज एक सूचना निकालेर जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी गरिने छ ।
न्यूनतम पाँच करोड रुपैयाँ र त्यसपछि पाँच करोड रुपैयाँकै गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।
सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
एउटै संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । स्वीकृत हुने ब्याजदर सबैभन्दा कम ब्याजदरबाट क्रमशः निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले स्वीकृत बोल रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने जनाएको छ । खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुनुका साथै ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
उक्त ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गरिने छैन । वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।
ऋणपत्र परिपक्व हुनुअघि साँवा फिर्ता नदिइने तथा अन्य प्रक्रिया प्रचलित कानुन र व्यवस्थाअनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।
Nepal Rastra Bank is auctioning off its one-year 'Nepal Rastra Bank Bond 2084 (Kha)' worth Rs 45 billion today. The bidding for the bond will take place online until 3 pm today.
According to the central bank, the interest rate of the bond will be determined through the bidding process, and the interest will be paid semi-annually. The bond's maturity date is set for Asar 17, 2084.
The minimum bidding amount is Rs 5 crore, and subsequent bids can be made in multiples of Rs 5 crore up to the total auction amount. This bond can also be used as collateral in Nepal Rastra Bank and other banks and financial institutions.
As per the notice, only banks and financial institutions (counterparties) that have obtained a license from Nepal Rastra Bank can participate in the bidding process.
The system allows a single institution to bid at different interest rates. The accepted interest rate will be determined in sequence from the lowest bid, according to the central bank.
The central bank has stated that the accepted bid amount will be deducted from the concerned institution's account on the day of the auction. If the account does not have sufficient funds, the accepted bid will be canceled, and the institution will not be able to participate in the open market transactions and interest rate corridor bidding for six months.
The investment made in this bond will not be included in the calculation of the statutory cash reserve (CRR). However, it can be included in the calculation of the statutory liquidity ratio (SLR) and the liquidity ratio.
The central bank has stated that the bond's principal amount cannot be redeemed before maturity, and other procedures will be followed as per the prevailing laws and regulations.



