नेपाल धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन २३ औं दिनमा प्रवेश
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्डका कर्मचारीले अर्थ मन्त्रालयको निर्देशनविरुद्ध सुरु गरेको आन्दोलन आज २३ औं दिनमा पुगेको छ। मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगर्न माग गर्दै कर्मचारीहरूले विरोधलाई निरन्तरता दिएका हुन्।
कर्मचारीहरूले प्रत्येक बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने र दिनभर पेन डाउन गर्दै आएका छन्। यसले गर्दा बोर्डका सबै प्रशासनिक काम ठप्प भएका छन् र सेयर निष्कासन अनुमति प्रक्रिया समेत अवरुद्ध भएको छ।
अर्थ मन्त्रालयले ‘कर्मचारी कल्याण कोष कार्यविधि, २०७१’ र ‘कर्मचारी सुरक्षा कोष कार्यविधि, २०७५’ तत्काल खारेज गर्न निर्देशन दिएको थियो। साथै, ती कार्यविधिको आधारमा भुक्तानी भएको रकम सरकारी बाँकी सरह असुल गर्नुपर्ने आदेश दिएको थियो।
कर्मचारीहरूले उक्त निर्देशनलाई कानुनविपरीत र अधिकार हनन गर्ने भन्दै आपत्ति जनाएका छन्। उनीहरूले मन्त्रालयले निर्देशन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।