
Top
1 min read
NEPSE TRADING
नेपाल स्टक एक्सचेन्ज (NEPSE) २०८२ को अन्तिम कारोबार दिन घट्यो, बजारमा सुस्तता यथावतNepal Stock Exchange (NEPSE) Ends the Year on a Slight Decline Amid Continued Market Sluggishness
२०८२ सालको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ । पछिल्ला दिनहरूमा सुस्त देखिएको बजारले निरन्तरता पाउँदै सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो। सो दिन सेन्सेटिभ इण्डेक्स १.४९ अंकले घट्दा फ्लोट इण्डेक्स ०.३९ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन्। कारोबार रकम पनि घट्दै २७० कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँमा किनबेच भएका छन्, जुन अघिल्लो दिनको तुलनामा कम हो। यसदिन सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ९.०१ प्रतिशतले बढेको छ। विपरीत, युनिक नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.६० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रहँदा रिडी पावर डेभलपमेन्ट र रिलायन्स स्पिनिङ्ग मिल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। १३ उपसमूहमध्ये ६ वटा उपसमूहमा वृद्धि देखिँदा ७ उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन उपसमूह १.०२ प्रतिशतले बढ्दा व्यापार उपसमूहमा १.६२ प्रतिशतभन्दा बढी गिरावट आएको छ।
On the final trading day of the year 2082, the Nepal Stock Exchange (NEPSE) index closed slightly lower, continuing the recent sluggish market trend. On Monday, NEPSE declined by 4.18 points to settle at 2,833.60. The sensitive index dropped by 1.49 points, while the float index and sensitive float index decreased by 0.39 and 0.41 points respectively. Trading volume also declined, with 20.16 million shares of 270 companies traded, amounting to NPR 8.66 billion, lower than the previous session. Six companies, including Super Khudi Hydropower, Suryakunda Hydroelectric, Hotel Forest Inn, Palpa Cement Industries, Ridge Line Energy, and Shikhar Power Development, hit the positive circuit level. Meanwhile, Menchhiyam Hydropower recorded a notable gain of 9.01 percent, whereas Unique Nepal Laghubitta saw the highest decline of 3.60 percent. In terms of turnover, National Hydropower led the market, followed by Ridi Power Development and Reliance Spinning Mills. Among the 13 sub-indices, six advanced while seven declined, with the hotel and tourism sector rising by 1.02 percent, whereas the trading sector dropped by over 1.62 percent.




