·

नेपाल टेलिकमको टुजी सेवा बन्द हुने: ६ अर्ब २३ करोड मुनाफा,२५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारी

Author

Nepse trading

नेपाल टेलिकमको टुजी सेवा बन्द हुने: ६ अर्ब २३ करोड मुनाफा,२५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारी

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको कूल आय ४२ अर्ब ११ करोड पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० अर्ब १२ करोड आम्दानी भइसकेको छ । वार्षिकोत्सव अवसरमा ई-सिम टेलिकम एप र वेबसाइटमार्फत उपलब्ध गराउने घोषणा गरिएको छ । साथै, चालु वर्षभित्र १८०० मेगाहर्जको टुजी सेवा बन्द गरिने छ ।

नेपाल सरकारले नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारी गरिरहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले आफ्नो स्वामित्व घटाई कम्पनीलाई प्रभावकारी बनाउन खोजेको छ। हाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत शेयर रहेको छ। मन्त्री गुरुङले टेलिकमलाई प्रतिस्पर्धी बनाउन एआई, फाइभजी प्रविधि, तथा सेवा विस्तार अपरिहार्य भएको बताए। उनले फोरजी सेवा गाउँ-गाउँमा पु¥याउनुपर्ने, गुणस्तरीय सेवा दिनुपर्ने र टेलिकमका टावर सुधार आवश्यक रहेको उल्लेख गरे। दूरसञ्चार क्षेत्रमा नेपाललाई पछाडि नपार्न आधुनिक प्रविधि अपनाउनुपर्ने उनको भनाइ छ।

Related News