
नेपाली नागरिकले भारत भ्रमणमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सहज हुनेNepali Citizens to Benefit from QR Code Payment System During India Visit
नेपाली नागरिकहरूले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत भुक्तानी गर्न अझ सहज हुने भएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच भएको भेटमा यस सम्बन्धी व्यवस्थालाई थप सहजीकरण गर्ने विषयमा छलफल भएको हो।
गत साता मुम्बईस्थित आरबीआईको मुख्यालयमा भएको भेटघाटमा नेपाल–भारतबीचको अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली, क्यूआर आधारित कारोबार र दुईपक्षीय हितका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले जनाएको छ। भेटमा विशेषगरी भारत भ्रमणका क्रममा नेपाली नागरिकले क्यूआर कोडमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने वातावरण निर्माणमा जोड दिइएको थियो।
छलफलका क्रममा मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सुपरिवेक्षण र सूचना प्रविधि क्षेत्रमा आरबीआईले अपनाएका असल नीतिगत अभ्यासबारे पनि जानकारी आदानप्रदान भएको बताइएको छ।
भेटवार्तामा वित्तीय क्षेत्रका समसामयिक र उदीयमान विषयसँगै दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। सो अवसरमा नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले आ–आफ्ना विभागसँग सम्बन्धित विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने धारणा राखेका थिए।
भारत भ्रमणकै क्रममा गभर्नर पौडेलले गुजरातको अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ (आईएफएससीए) का उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा गुजरात इन्टरनेसनल फाइनान्स टेक–सिटी (गिफ्ट सिटी) को अवधारणा, वर्तमान अवस्था, लगानी प्रवर्द्धनका लागि अपनाइएका नीतिहरू तथा नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको जनाइएको छ।
Nepali citizens will now find it easier to make payments via QR code while visiting India. Nepal Rastra Bank Governor Bishwanath Poudel and Reserve Bank of India (RBI) Governor Shaktikanta Das discussed facilitating this system during their meeting. The meeting focused on enhancing the inter-country electronic payment system, QR-based transactions, and bilateral cooperation.
The meeting, held last week at RBI's headquarters in Mumbai, included detailed discussions on issues like the electronic payment system between Nepal and India, and the creation of an environment where Nepali citizens visiting India can make payments easily via QR codes.
In addition to the payment system, the discussion also included topics such as monetary policy, liquidity management, foreign exchange management, supervision based on artificial intelligence, and best practices in information technology adopted by RBI.
During the meeting, officials also discussed expanding cooperation between the two countries in the financial sector and addressing current and emerging topics. On the occasion, Nepal Rastra Bank’s Executive Directors, Kirin Pandit (Foreign Exchange Management Department), Satyendra Timilsina (Payment Systems Department), and Dirgh Bahadur Rawal (Bank Supervision Department) expressed their views on further collaboration with RBI.
During his visit, Governor Poudel also met high-ranking officials from the International Financial Services Centres Authority (IFSCA) in Ahmedabad, Gujarat. The meeting focused on discussing the concept, current status, investment promotion policies of Gujarat International Finance Tech-City (GIFT City), and the potential for collaboration with Nepal Rastra Bank.




