·

नेपाली बैंकहरूको कर्जा निक्षेप अनुपात उच्च, एनएमबी र प्राइम कमर्सियल बैंक उच्चतम स्तरमा

Author

NepseTrading

नेपाली बैंकहरूको कर्जा निक्षेप अनुपात उच्च, एनएमबी र प्राइम कमर्सियल बैंक उच्चतम स्तरमा

नेपालका वाणिज्य बैंकहरूको कर्जा निक्षेप (CD) अनुपात विश्लेषण गर्दा केही बैंकहरू नियामकीय सीमा नजिकै पुगेका देखिएका छन् भने सरकारी स्वामित्वका बैंकहरूले अझै पनि पर्याप्त तरलता सुरक्षित राखेका छन्।

सरकारी बैंकहरू — नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंककृषि विकास बैंक — को औसत CD अनुपात ६८.९६% रहेको छ। यी बैंकहरूले आफ्नो कर्जा प्रवाहमा सावधानी अपनाइरहेका छन्। विशेषगरी, राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा न्यून CD अनुपात ६१.९९% देखाएको छ, जसले बैंकको उच्च तरलता स्थिति संकेत गर्छ।

तर निजी क्षेत्रका बैंकहरू चाहिँ निकै आक्रामक देखिएका छन्।

एनएमबी बैंक लिमिटेडले ८६.७६% CD अनुपातका साथ सबैभन्दा उच्च कर्जा प्रवाह गरेको देखिएको छ। त्यसपछि प्राइम कमर्सियल बैंक लिमिटेड ८६.०९% मा दोस्रो स्थानमा रहेको छ। यी दुबै बैंक नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम ९०% को नजिक छन्, र प्रायः सुरक्षित पक्षमा रहन बैंकहरूले ८५% भन्दा तल नै आफ्नो अनुपात राख्ने गर्दछन्।

सिटिजेन्स बैंक इन्टरनेसनल लिमिटेड (८३.७९%), एनआईसी एसिया बैंक लिमिटेड (८३.५७%) र सिद्धार्थ बैंक लिमिटेड (८३.६८%) पनि उच्च कर्जा प्रवाहमा छन्।

दोसरी तर्फ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सबैभन्दा न्यून CD अनुपात ६७.६१% कायम गरेको छ, जुन सरकारी बैंकहरूको औसतभन्दा पनि कम हो। त्यसैगरी, नेपाल एसबीआई बैंक लिमिटेडले ७२.०४% अनुपात राखेको छ।

नबिल बैंक लिमिटेड, जुन निजी क्षेत्रको ठूलो बैंक मानिन्छ,ले ८२.८०% अनुपात देखाएको छ, जुन मध्यम स्तरको आक्रामकता जनाउँछ।

ग्लोबल आईएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, र सनिमा बैंक लिमिटेडले आफ्ना CD अनुपातहरू ७८% देखि ८०% को बीचमा राखेका छन्, जुन अहिलेको बजार अवस्थामा सन्तुलित मानिन्छ।

Related News