NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepali Congress Proposes Bishwo Paudel as Governor Amid Delay and Dispute
    गभर्नरमा कांग्रेसको प्रस्ताव विश्व पौडेलको नाममा, समझदारी टुटेपछि विकल्प खोजियो
    Investor
    1 min read
    Published on May 11, 2025
    NEPSE trading

    गभर्नरमा कांग्रेसको प्रस्ताव विश्व पौडेलको नाममा, समझदारी टुटेपछि विकल्प खोजियोNepali Congress Proposes Bishwo Paudel as Governor Amid Delay and Dispute

    राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम प्रस्ताव गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ कांग्रेस र एमाले शीर्ष नेताहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेका हुन्।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। वैशाख ३ गते भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ गते कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि देउवाले विकल्प स्वरूप विश्व पौडेलको नाम अघि सारेको स्रोतले जानकारी दिएको छ।

    दुई दलबीच भएको भागबन्डाअनुसार गभर्नरको जिम्मेवारी कांग्रेसले पाउने सहमति रहेको बताइएको छ। संवेदनशील निकाय मानिने राष्ट्र बैंकमा एक दिन पनि गभर्नरको पद रिक्त नरहुनुपर्ने मान्यताअनुसार गभर्नरको पदावधि सकिनु एक महिनाअगावै नयाँ नियुक्ति गर्नुपर्ने कानुनी प्रावधान छ।

    निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले चैत २४ गते आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका थिए। कानुन अनुसार फागुन २४ मै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने भए पनि सरकारले ढिलासुस्ती गर्दै चैत ११ मा मात्रै सिफारिस समिति गठन गरेको थियो। तर डेढ महिना बितिसक्दा पनि नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन, जसले बैंकको नेतृत्वमा अन्योलको अवस्था सिर्जना गरेको छ।

    Nepali Congress has proposed former Vice-Chairman of the National Planning Commission, Bishwo Paudel, as the new Governor of Nepal Rastra Bank. The proposal was made by party President Sher Bahadur Deuba during a meeting held at the Prime Minister’s residence in Baluwatar on Saturday, which was attended by top leaders of the ruling coalition including CPN-UML.

    Earlier, there was an understanding between Prime Minister KP Sharma Oli and President Deuba to appoint Gunakar Bhatta, the current Executive Director of the central bank, as the Governor. Based on that agreement on Baisakh 3 (April 15), Bhatta resigned from his post on Baisakh 5 (April 17). However, Acting Governor Neelam Dhungana did not accept Bhatta’s resignation, prompting Deuba to put forward Paudel’s name as an alternative, according to party sources.

    As per the power-sharing deal between the two ruling parties, the Governor’s position has been allocated to Nepali Congress. Given the critical and sensitive nature of the central bank, Nepal’s law mandates that the appointment of a new Governor should be completed one month before the incumbent’s term ends to avoid any leadership vacuum.

    Outgoing Governor Maha Prasad Adhikari completed his five-year term and retired on Chaitra 24 (April 6). Although the new Governor was legally required to be appointed by Falgun 24 (March 7), the government only formed the recommendation committee on Chaitra 11 (March 24). Even after a month and a half, the appointment process has yet to begin, raising serious concerns over governance delays in one of Nepal's key financial institutions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026