NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepali Stock Market Continues Decline
    नेपाली सेयर बजारमा निरन्तर गिरावट
    Investor
    2 min read
    Published on December 22, 2024
    Dipesh Ghimire

    नेपाली सेयर बजारमा निरन्तर गिरावटNepali Stock Market Continues Decline

    आइतबार नेपाली सेयर बजारमा निरन्तर गिरावट कायम रह्यो। नेप्से सूचक १३.५३ अंकले घटेर २५८३.२९ मा बन्द भयो। यस दिन ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा जम्मा दुई समूहका सूचक मात्र बढेका छन् भने चार कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। लगातार घट्दो बजारले लगानीकर्ताहरूलाई ‘पर्ख र हेर्नुहोस्’ को अवस्थामा पु¥याएको छ, जसले गर्दा कारोबार रकममा पनि कमी आएको छ।

    यसै समयमा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा, बुक क्लोज र साधारण सभा गर्दै छन्, तर बजार भने उल्टो दिशामा गइरहेको छ। विश्लेषकहरूका अनुसार पुस मसान्तमा कर्जाको साँवा–ब्याज तिर्न लगानीकर्ताहरूले रकम जोहो गर्न थालेका कारण बजार प्रभावित भएको हो। साथै, बजार सुधारका लागि आवश्यक नीतिगत पहल नहुँदा लगानीकर्ताहरूको मनोविज्ञान कमजोर भएको छ।

    यस दिन कारोबार रकमका हिसाबले रिभर फल्स पावर लिमिटेड अग्रस्थानमा रह्यो, जसले २२ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्‍यो। दोस्रो स्थानमा जानकी फाइनान्स र तेस्रो स्थानमा पिपुल्स पावर रहेका छन्। विश्लेषकहरूले सस्तो भाउमा सेयर खरिद गर्ने लगानीकर्ताहरू बढेमा बजार सुधार हुने अपेक्षा गरेका छन्। तथापि, बजारमा सुधार ल्याउन नियामक निकायले तत्काल कदम चाल्न आवश्यक देखिएको छ।


    बजार घट्ने ५ प्रमुख कारण

    १. लगानीकर्ताको मनोविज्ञान: निरन्तर बजार घट्दो अवस्थामा ‘पर्ख र हेर्नुहोस्’ को मनोवृत्ति देखा परेको छ। धेरै लगानीकर्ताहरू डरका कारण आफ्नो सेयर बेचिरहेका छन्, जसले बजारमा दबाब सिर्जना गरेको छ।
    २. तरलता व्यवस्थापन: पुस मसान्तको साँवा–ब्याज तिर्न लगानीकर्ताहरूले तरलता जोहो गर्न थालेपछि खरिद पक्ष कमजोर बनेको छ।
    ३. नीतिगत पहलको अभाव: धितोपत्र बोर्ड, केन्द्रीय बैंक र अर्थ मन्त्रालयले बजार सुधारका लागि ठोस कदम नचाल्दा लगानीकर्ताको भरोसा घटेको छ।
    ४. कर्जाको पहुँच: बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि कर्जाको प्रवाह कमजोर हुँदा बजारमा लगानी बढ्न सकेको छैन।
    ५. सानो र खुद्रा लगानीकर्ता: धेरै साना लगानीकर्ताहरू बजारको ट्रेन्डलाई मात्र पछ्याउँछन्। बजार घट्न थालेपछि उनीहरू निष्क्रिय भएका छन्, जसले बजारमा थप गिरावट ल्याएको छ।


    टेक्निकल विश्लेषण

    आजको बजारमा इनडिसिजन क्यान्डल बनेको छ, जसलाई बजार पुन: पुलब्याक हुने संकेतको रूपमा हेरिएको छ।

    बजार खुलेको पहिलो १५ मिनेटमा नेप्से २६१४ सम्म पुगेको थियो। तर, त्यसपछि फाइनान्स, विकास बैंक र ठूला स्टकहरूमा सप्लाई आएपछि बजार १ घण्टा लगातार घटेर २५७० सम्म झर्‍यो।

    तर, केही हाइड्रोपावर स्टकमा डिमान्ड बढेपछि बजार फेरि २६०० लेभलसम्म पुगेको थियो। अन्ततः थप सप्लाईको कारण बजार २५८३.२९ मा बन्द भयो।

    विश्लेषकहरूका अनुसार आजको कारोबारमा डिमान्ड र सप्लाई लगभग बराबरीमा रहेकाले इनडिसिजन क्यान्डल फर्मेशन भएको हो। अन्य टेक्निकल इण्डिकेटरहरूले यसअघि नै सेल सिग्नल दिएका थिए।


    ब्रोकर विश्लेषण

    आजको बजारमा सबैभन्दा बढी कारोबार गर्ने १० ब्रोकरहरूमध्ये ४ ब्रोकरले खरिद बढी गरेका छन् भने ६ ब्रोकरले बढी बिक्री गरेका छन्।

    • ब्रोकर ५८: २४ करोड ५४ लाख खरिद, २० करोड ५६ लाख बिक्री।

    • ब्रोकर ६२: २१ करोड ९५ लाख खरिद, २० करोड ४४ लाख बिक्री।

    • ब्रोकर ३४: १७ करोड ९१ लाख खरिद, २० करोड २ लाख बिक्री।

    • ब्रोकर ४५: १७ करोड ९ लाख खरिद, १८ करोड ८७ लाख बिक्री।

    • ब्रोकर ४२: १७ करोड ८१ लाख खरिद, १४ करोड ८७ लाख बिक्री।

    मुख्य स्टकहरूमा:

    • ब्रोकर ६२ ले रिभर फल्स पावर लिमिटेड को ५०% कारोबार गरेको छ।

    • ब्रोकर २८ ले न्यादी को ७३% कारोबार एक्लै गरेको छ।

    • ब्रोकर ४१ ले जानकी फाइनान्स को ३३% खरिद गरेको छ।

    • ब्रोकर ६४ ले बरुण हाइड्रोपावर को ७०% बिक्री गरेको छ।

    नियामक निकायहरूले सकारात्मक पहल गर्नुपर्ने आवश्यकता देखिएको छ, जबकि लगानीकर्ताहरूले दीर्घकालीन रणनीतिहरूमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

    The continuous decline in the stock market persisted on Sunday, with the NEPSE index dropping by 13.53 points to close at 2583.29. Over NPR 4.51 billion worth of shares were traded during the day. Only two sector indices saw a rise, while four companies hit positive circuit levels. The falling market has left investors in a 'wait and watch' position, leading to a decrease in trading volume.

    Listed companies are announcing dividends, book closures, and holding annual general meetings, but the stock market continues to trend downward. Analysts suggest this downturn is influenced by investors arranging liquidity to pay off loan installments and interest by the end of the Nepali month of Poush. Additionally, the absence of policy interventions has weakened investor confidence. River Falls Power Limited led the market in trading volume with over NPR 220 million, followed by Janaki Finance and Peoples Power.

    Analysts anticipate that the market could rebound if bargain hunters step in to buy low-priced shares. However, they emphasize the need for immediate regulatory action to restore stability.


    Five Reasons Behind the Market Decline:

    1. Investor Sentiment: Continuous market drops have pushed investors into a 'wait and watch' mode. Fear has driven many to sell their shares, creating downward pressure.

    2. Liquidity Management: Investors managing liquidity for loan repayments by the end of Poush have weakened buying demand.

    3. Policy Inaction: Lack of concrete measures from regulators, such as the Securities Board, central bank, and Ministry of Finance, has eroded trust.

    4. Weakened Credit Flow: Despite adequate liquidity in the banking system, weak credit flow has limited investment.

    5. Passive Retail Investors: Many small and new investors follow market trends. With declining trends, these investors have become inactive, further exacerbating the downturn.


    Technical Analysis:

    Today's market movement formed an Indecision Candle, signaling a potential pullback. The market initially showed an upward trend in the first 15 minutes, reaching the 2614 level. However, selling pressure in finance, development banks, and large-cap stocks led the index to fall to 2570 within an hour, marking a 46-point intraday decline.

    Later, demand for hydropower stocks helped the market recover to 2600 but closed at 2583 due to fresh supply in other sectors. Analysts observed that the intraday demand and supply were almost balanced, resulting in the indecision candle formation. Technical indicators had already issued sell signals earlier.


    Broker Analysis:

    Among the top 10 brokers by trading volume, 4 were net buyers, and 6 were net sellers.

    • Broker 58: Bought NPR 245.4 million and sold NPR 205.6 million.

    • Broker 62: Bought NPR 219.5 million and sold NPR 204.4 million.

    • Broker 34: Bought NPR 179.1 million and sold NPR 200.2 million.

    • Broker 45: Bought NPR 170.9 million and sold NPR 188.7 million.

    • Broker 42: Bought NPR 178.1 million and sold NPR 148.7 million.

    In major stocks:

    • Broker 62 handled 50% of River Falls Power's total trading volume, including 59% of its total sales.

    • Broker 28 accounted for 73% of Nyadi's trading volume, largely bought from retail investors.

    • Broker 41 purchased 33% of Janaki Finance's shares, also primarily sold by retail investors.

    • Broker 64 offloaded 70% of Barun Hydropower's shares.

    Regulators are urged to take immediate steps to stabilize the market, while investors are advised to focus on dividend-paying companies and adopt long-term strategies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026