NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Unce...
    नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमा
    Investor
    2 min read
    Published on December 8, 2024
    NEPSE trading

    नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमाNepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Uncertainty

    साताको पहिलो कारोबार दिन नेपाली शेयर बजार सूचक नेप्से ४६ अंकले घटेको छ। केहि ट्रेडरले नाफा बुक गर्नु र बजारमा अन्योलपूर्ण अवस्था रहनुले नेप्सेमा गिरावट आएको विश्लेषण गरिएको छ। बजारमा सरकार परिवर्तनको चर्चा, अमेरिकी उप विदेशमन्त्रीको आगमन, र एमसीसी तथा बीआरआईको बहसले पनि लगानीकर्तामा असर गरेको देखिन्छ।

    नेप्से सूचक लगातार तेस्रो दिन घटेर ४५.९३ अंकले ओरालो लाग्दै २६८९.०० मा बन्द भएको छ। पछिल्लो ८ कारोबार दिनपछि पहिलोपटक नेप्से २७०० अंकभन्दा तल झरेको हो। यसअघि मंसिर १० गते नेप्से २६८३.२४ मा बन्द भएको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.९६ अंकले, फ्लोट इन्डेक्स ३.०५ अंकले, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२७ अंकले घटेका छन्।

    कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो दिन ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। ३२१ कम्पनीका १ करोड ७३ लाख कित्ता शेयर ८१ हजार ४०४ पटक कारोबार भएका छन्।

    विशेषगरी, अमेरिकी विदेश मन्त्री डोनाल्ड लुको नेपाल भ्रमण र एमसीसी तथा बीआरआईको बहसले बजारमा असर पारेको विश्लेषण गरिएको छ। साथै, ओली सरकार ढल्ने हल्लाले पनि बजारलाई प्रभावित बनाएको देखिन्छ।

    खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९.९८% ले बढेर ४७१ रुपैयाँ ६० पैसामा पुगेको छ। दोल्ती पावर र कुमारी बैंक डिबेञ्चर २०९० पनि क्रमशः ९% र ८% भन्दा बढीले वृद्धि भएका छन्। यता, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, र जोशी हाइड्रोपावरका शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

    टेक्निकल विश्लेषण

    अधिकांश टेक्निकल इन्डिकेटरले आजको बजार बन्द हुँदा "सेल" संकेत दिएका छन्। तर हायर लोले सपोर्ट गरेको देखिएको छ, जसले बजारलाई २६६० को मुख्य सपोर्ट प्रदान गरेको छ। यसले बजार अझै अप ट्रेन्डमै रहेको देखाउँछ। उप-सूचकहरूको अवस्था हेर्दा बाणिज्य बैंकको सूचक १४१३ मुख्य सपोर्टमा पुगेर बन्द भएको छ।

    ब्रोकर विश्लेषण

    आजको कारोबारमा सबैभन्दा धेरै खरिद-बिक्री गर्ने १० ठूला ब्रोकरमध्ये ५ वटाले बढी खरिद गरेका छन् भने ५ वटाले बढी बिक्री गरेका छन्। ब्रोकर नम्बर ५८ अग्रस्थानमा रहेको छ, जसले ५६ करोड रुपैयाँको खरिद र ३० करोड रुपैयाँको बिक्री गरेको छ।

    सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडि रहेको छ, जसको कारोबार ३२ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ। यसमा ब्रोकर नम्बर ५८ ले ५०% शेयर खरिद गरेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको रिभर फल्स पावर लिमिटेडका ८८ हजार कित्ता शेयर ब्रोकर नम्बर ६२ ले ५७% खरिद गरेको छ।

    नेप्से ट्रेडिङको एआई ट्राफिक लाइटले भने अझै पहेँलो बत्ती देखाउँदै सतर्क रहन सुझाव दिएको छ। बजारमा हायर लोले सपोर्ट गर्दै गरेकाले ठूलो गिरावट नआउने अनुमान गरिएको छ।

    On the first trading day of the week, the NEPSE index, the benchmark of the Nepali stock market, saw a sharp decline. Analysts attribute the fall to profit-booking by some traders, coupled with broader market uncertainty. Key concerns among investors include political instability, discussions about government changes, the arrival of the U.S. Undersecretary of State, and ongoing debates around MCC (Millennium Challenge Corporation) and BRI (Belt and Road Initiative).

    The NEPSE index dropped for the third consecutive day, closing 45.93 points lower at 2689.00. This marked the first time in eight trading sessions that the index has fallen below the 2700 mark, last observed on Mangsir 10 (November 26), when it closed at 2683.24. Alongside the main index, the Sensitive Index declined by 6.96 points, the Float Index by 3.05 points, and the Sensitive Float Index by 2.27 points.

    Trading volume also saw a decline, with transactions worth NPR 7.46 billion compared to NPR 8.36 billion the previous day. A total of 32.1 million shares of 321 stocks were traded in 81,404 transactions.

    Gainers and Losers
    Khani Khola Hydropower led the gainers, with its share price increasing by 9.98% to close at NPR 471.60. Dolti Power and Kumari Bank Debenture 2090 also saw significant gains, rising by nearly 9% and over 8%, respectively. However, stocks like Manushi Microfinance, Life Insurance Corporation Nepal, and Joshi Hydropower hit negative circuit levels.

    Technical Analysis
    Most technical indicators signaled a "sell" at the close, but the market remains supported at a higher low, with 2660 emerging as a critical support level. This indicates that the market is still in an uptrend. Several sub-indices, such as the Banking Index, closed near their respective support zones. For instance, the Banking Index ended at 1413, its primary support level.

    The decline is also attributed to geopolitical and domestic political concerns, including the visit of U.S. Undersecretary of State Donald Lu and speculation about the potential fall of the Oli government.

    Broker Analysis
    Among the top 10 brokers by trading volume, five were heavy buyers, and five were heavy sellers. Broker No. 58 topped the list with NPR 560 million in buys and NPR 300 million in sales, reflecting significant activity from large investors, while smaller investors appeared more apprehensive, selling off shares. Profit booking by some traders also played a role in the market's decline.

    NRN Infrastructure & Development was the most traded stock by value, with transactions exceeding NPR 320 million. Broker No. 58 accounted for 50% of the purchases in NRN shares. Similarly, River Falls Power Limited ranked second, with Broker No. 62 holding 57% of the traded volume.

    Despite the market decline, NEPSE Trading’s AI Traffic Light system continues to flash a "yellow light," indicating caution but no immediate bearish breakout.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026