NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepali Stock Market Rebounds as NRB Circular Sparks Optimism
    केन्द्रीय बैंकको सर्कुलरसँगै शेयर बजारमा सुधारको संकेत
    Investor
    2 min read
    Published on October 9, 2025
    NEPSE TRADING

    केन्द्रीय बैंकको सर्कुलरसँगै शेयर बजारमा सुधारको संकेतNepali Stock Market Rebounds as NRB Circular Sparks Optimism

    NEPSE Rises by 22.59 Points; Market Opens with Circuit, Ends with Technical Stability

    Kathmandu — The final trading day of the week brought a wave of green to the Nepali stock market. After two consecutive declining sessions, the NEPSE index surged by 22.59 points, closing at 2582.18 points on Thursday. The rally was fueled by the Nepal Rastra Bank’s (NRB) decision to remove the NPR 250 million cap on margin loans for a single client, a long-standing demand of investors.

    Within minutes of the opening bell, the market surged nearly 4%, triggering a positive circuit. However, after the 20-minute trading halt, the market failed to sustain the same momentum but still managed to close in positive territory.

    Policy Shift Boosts Sentiment

    Following weeks of economic uncertainty caused by the Gen Z protests and natural disasters such as floods and landslides, the new government’s flexible policies have renewed investor confidence.
    An NRB working group formed under Rupesh KC had recently submitted recommendations to reform the capital market and restore investor sentiment. Based on these recommendations, the government implemented several major reforms — including lifting the margin loan limit, allowing banks to invest in shares for six months instead of one year, and removing the 20% cap on primary capital sales.

    These policy changes are widely seen as steps toward market revival and liquidity improvement.

    Trading Volume Declines Slightly

    Despite the index rising, total turnover fell compared to Wednesday.

    • Thursday’s turnover: NPR 5.27 billion

    • Wednesday’s turnover: NPR 5.76 billion

    A total of 118.3 million shares of 313 scrips changed hands through 56,321 transactions.

    Among gainers, Bindhyabasini Hydropower surged 8.21%, Asian Hydropower gained 5%, and MBL Equity Fund rose by nearly 5%.
    Thristar Hydropower, on the other hand, dropped 9.09%, becoming the day’s biggest loser.

    In terms of trading value, Shivam Cements topped the list with over NPR 273 million, followed by Union Hydropower and Himalayan Reinsurance with NPR 270 million and NPR 210 million, respectively.

    Sectoral Overview

    Out of 13 sub-indices, 12 closed positive while the Trading sector declined.
    The Investment sub-index led with a 1.61% rise, while Banking, Development Banks, Finance, Life Insurance, and Manufacturing & Processing sub-indices gained over 1% each.
    Meanwhile, the Trading sub-index dropped 1.48%, remaining the sole decliner.

    Technical Analysis: “Inverted Hammer” at Key Support

    According to technical analyst Ajit Khanal, the NEPSE chart has flashed a notable technical signal.
    After a gap-up opening, the index tested a minor resistance and later closed near its long-standing support zone of 2580, forming an “inverted hammer” candle — often seen as a potential bullish reversal pattern.

    “This suggests the market is attempting to find a base near 2580, and a short-term bullish rebound could follow,” Khanal.

    The 2700 zone remains a critical resistance area where multiple technical indicators converge:

    • 200-day Moving Average (200MA)

    • Middle Bollinger Band

    • 38.2% Fibonacci retracement level

    • Previous swing high and signal zone

    If NEPSE manages to break above this zone in the coming sessions, analysts expect a renewed bullish momentum. Otherwise, the market may continue sideways or with weak sentiment.

    Weak Buyer Momentum and Dull Afternoon Session

    Despite the positive start, selling pressure dominated the session. Buyers appeared hesitant, and many investors refrained from taking new positions.
    Post-noon trading was described as “dull and directionless,” signaling reduced investor participation.

    Hydropower’s share in total turnover decreased, while banking, development banking, and manufacturing sectors saw moderate improvement.
    Among the top 10 brokers, trading activity was evenly split — five active on the buy side and five on the sell side.

    नेप्से २२.५९ अंकले बढ्यो, सुरुवातमै सर्किट, अन्त्यमा प्रविधिक रूपमा स्थिरता देखियो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छायो। लगातार दुई दिन घटेको बजार यसदिन उकालो लाग्दै २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ।

    यो सुधारको प्रमुख कारण नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा २५ करोड रुपैयाँ हटाउने निर्णय गरेको हो। लगानीकर्ताको मुख्य मागमध्ये एक पूरा भएपछि बजार खुलेको केही मिनेटमै ४ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो। तर २० मिनेटको स्थगनपछि खुलेको बजारले त्यो उत्साह निरन्तरता दिन सकेन, यद्यपि हरियोमै बन्द भयो।

    नीतिगत परिवर्तनपछि लगानीकर्तामा उत्साह

    जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण आएको आर्थिक अनिश्चितताबाट प्रभावित बजार नयाँ सरकारको लचिलो नीति पश्चात सुधारतर्फ लागेको छ।
    अर्थ मन्त्रालयले कार्यदल गठन गरी पुँजी बजार सुधारका लागि सिफारिस गरेपछि सरकारले ठूला नीतिगत परिवर्तनहरू लागू गरेको छ — जसअन्तर्गत:

    • व्यक्तिगत शेयर धितो कर्जाको सीमा हटाइयो,

    • बैंकहरूले अब ६ महिनासम्मको अवधिका लागि पनि शेयर लगानी गर्न पाउने व्यवस्था भयो,

    • र प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बिक्री गर्न पाउने नियम पनि हटाइयो।

    यी नीतिगत परिवर्तनहरूले बजारमा तरलता वृद्धि र लगानीकर्ताको मनोबल पुनर्स्थापना हुने अपेक्षा गरिएको छ।

    सूचक बढेपनि कारोबार रकम घट्यो

    बजार हरियो भए पनि कारोबार रकममा केही गिरावट देखियो।

    • बुधबारको कारोबार रकम: ५ अर्ब ७६ करोड रुपैयाँ

    • बिहीबारको कारोबार रकम: ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ

    कुल ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार कित्ता शेयर ५६ हजार ३२१ पटकको कारोबारमा किनबेच भएका थिए।

    विन्ध्यबासिनी हाइड्रोपावरको शेयरमूल्य ८.२१% बढ्दै अग्रस्थानमा रह्यो।
    त्यसपछि एशियन हाइड्रोपावर र एमबिएल इक्विटी फण्ड क्रमशः करिब ५% ले बढे।
    तर थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.०९% घट्दै सर्वाधिक गिरावटमा रह्यो।

    कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो (करिब २७ करोड ३४ लाख रुपैयाँ)।
    त्यसपछि यूनियन हाइड्रोपावर र हिमालयन रि इन्स्योरेन्स क्रमशः २७ करोड र २१ करोड रुपैयाँको कारोबारसहित दोस्रो र तेस्रो स्थानमा परे।

    उपसमूहगत कारोबार विश्लेषण

    १३ उपसमूहमध्ये १२ उपसमूह हरियो देखिए भने व्यापार उपसमूह मात्र रातो रह्यो।

    • लगानी उपसमूह १.६१% ले बढ्दै अग्रस्थानमा रह्यो।

    • बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूह १% भन्दा बढीले बढे।

    • व्यापार उपसमूह भने १.४८% ले घट्दै एक्लो रातोमा रह्यो।

    प्राविधिक विश्लेषण: २५८० वरिपरि ‘इनभरटेड ह्याम्मर’ – सम्भावित ट्रेन्ड रिभर्सल

    प्राविधिक विश्लेषक अजित खनालका अनुसार बिहीबारको बजारले एक महत्वपूर्ण सन्देश दिएको छ।
    बजारले ग्याप–अप ओपनिङ गर्दै छोटो अवधिको माइनर रेसिस्टेन्स लेभल टच गर्‍यो र अन्त्यमा २५८० को सपोर्ट जोन नजिक इनभरटेड ह्याम्मर क्यान्डल बनायो — जुन प्रायः बुलिस रिभर्सलको संकेत मानिन्छ।

    “बजारले २५८० वरिपरि नयाँ सपोर्ट खोज्ने प्रयास गरेको छ, जसले छोटो अवधिमा हल्का बुलिस रिबाउन्ड ल्याउन सक्छ,” — विश्लेषक अजित खनाल।

    प्राविधिक रूपमा २७०० वरिपरि बजारका मुख्य रेसिस्टेन्सहरू एकै ठाउँमा छन्:

    • २००-दिने मूभिङ एभरेज (200MA)

    • मिडल बोलिन्जर ब्यान्ड

    • ३८.२% फिबोनाची रिट्रेसमेन्ट

    • पछिल्लो स्विङ हाइ र सिग्नल जोन

    यदि बजारले यो २७०० लेभल माथि ब्रेक गर्न सके भने नयाँ बुलिस मुमेन्टम सुरु हुने सम्भावना रहन्छ। अन्यथा बजार पुनः साइडवे वा नेगेटिभ सेंटिमेन्टमा रहन सक्छ।

    बायरहरूको कमजोर उपस्थिति र सुस्त कारोबार

    ४% सर्किटपछि पनि बजारमा सेलरहरूको वर्चस्व देखियो।
    बायरहरूको हिचकिचाहटका कारण बजारको मुमेन्टम सुस्त रह्यो।
    १२ बजेपछि बजार निकै पट्यारलाग्दो बन्यो — नयाँ खरिद आदेश नआउँदा कारोबार सुस्त रह्यो।

    सेक्टरगत हिसाबले हाइड्रोपावरको कारोबार हिस्सा घटेको छ भने बैंकिङ, विकास बैंक र म्यानुफ्याक्चरिङ सेक्टरको कारोबार बढेको छ।
    ठूला १० ब्रोकरमध्ये ५ ब्रोकर बायर साइडमा र ५ ब्रोकर सेलर साइडमा बराबर सक्रिय रहे।

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026