NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepali Stock Market Remains Stable on Wednesday, Month-End Pressure and Investment Sector ...
    नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक
    Investor
    2 min read
    Published on June 25, 2025
    NEPSE TRADING

    नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायकNepali Stock Market Remains Stable on Wednesday, Month-End Pressure and Investment Sector Activity Noted

    साताको चौथो दिन बुधबार पनि नेपाली शेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.३३ अंकले घट्दै २६००.२० विन्दुमा बन्द भएको हो । असार मसान्तको प्रभावले बजारमा केही दबाब देखिए पनि लगानीकर्ताको मनोविज्ञानले अझै निर्णायक असर पुर्‍याइरहेको विश्लेषकहरूको भनाइ छ ।

    आजको कारोबारमा १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर ६१ हजार पटक किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ । कुल ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनी घटेका छन् । मोदि इनर्जी लिमिटेडको शेयरमा ९.९९% ले सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर, पञ्चकन्या माई, त्रिशुली हाइड्रो, र माउन्टेन हाइड्रोको मूल्य समेत उल्लेख्यरुपमा बढेका छन् ।

    उपसमूहतर्फ होटल तथा पर्यटन समूह १.४३% ले अगाडि देखिँदा इन्भेस्टमेन्ट समूहको कारोबार हिस्सा ८% बाट १०% मा पुगेको छ । कारोबारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहँदा उसले मात्र ५३ करोड ९४ लाख रुपैयाँको कारोबार गरेको छ ।

    प्रविधिक विश्लेषणतर्फ


    नेप्से पछिल्ला तीन दिनदेखि एउटै सपोर्ट लाइन वरिपरि स्थिर छ । सोमबार बनेको 'इन्वर्टेड ह्याम्बर' क्यान्डलले ट्रेन्ड रिवर्सलको आशा जगाए पनि त्यसलाई पुष्ट्याउने बलियो क्यान्डलहरू बन्न नसक्दा बजार अझै अनिश्चित अवस्थामा रहेको देखिन्छ । कारोबारको सन्दर्भमा जलविद्युत कम्पनीहरूको हिस्सा ६३% पुगेको छ, जसले हाईड्रोमा चासो बढेको संकेत गर्छ ।

    ब्रोकर विश्लेषणतर्फ
    ब्रोकर नम्बर ५८ ले १ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै सबैभन्दा अगाडि देखिए पनि नेट होल्डिङ –८ करोड ४० लाख रुपैयाँ रहेको छ । उसको बाइ सेल रेसियो ०.८५१ रहेकोले बिक्री दबाब उच्च छ । त्यस्तै ब्रोकर ४२ को रेसियो ०.७१३ मात्र छ ।
    दोसोतर्फ, ब्रोकर ३८ र ४५ ले क्रमशः ३ करोड ७० लाख र २ करोड ३६ लाख रुपैयाँको नेट खरिद गर्दै बाय साइडमा आक्रामकता देखाएका छन् ।


    बजार लगातार साइडवेज अवस्थामा रहँदा स्पष्ट ट्रेन्ड देखिएको छैन । तर सपोर्ट लाइनमा बजार अडिन खोजिरहेको प्राविधिक संकेत, हाईड्रोपावर र इन्भेस्टमेन्ट सेक्टरमा चासो, र ब्रोकरहरूको खरिद–बिक्री व्यवहारले बजार अझै सेलर डोमिनेन्ट अवस्थामा रहेको देखाउँछ । लगानीकर्ताले सावधानीपूर्वक निर्णय लिनुपर्ने अवस्था कायमै छ ।

    On the fourth trading day of the week, the Nepali stock market remained largely stable. The NEPSE index fell marginally by 0.33 points to close at 2,600.20. Despite the visible impact of fiscal year-end pressure (Asar month-end), analysts say investor sentiment is still playing a decisive role in the market's movement.

    A total of 13.75 million shares were traded today in 61,824 transactions, amounting to over NPR 5.94 billion in turnover. Share prices of 112 companies increased while 134 declined. Modi Energy Limited hit the positive circuit with a 9.99% gain. Other notable gainers included Tehrathum Power (+9.77%), Panchakanya Mai Hydro (+7.77%), Trishuli Hydropower (+7.62%), and Mountain Hydro (+7.14%).

    Among sectors, the hotel and tourism index led with a 1.43% gain, while the investment sector’s trading volume rose from 8% to 10%. Butwal Power Company topped the trading chart with over NPR 539.4 million in transactions.

    Technical Analysis


    For the past three sessions, NEPSE has hovered around the same support line. Monday’s inverted hammer candlestick raised hopes of a trend reversal, but no strong bullish confirmation followed. Tuesday's long-legged doji further highlighted market indecision. Despite trendline breaks, continued support testing suggests the market is yet to find a clear direction. Hydropower stocks made up about 63% of total trading, indicating growing investor interest in low-priced hydro shares. Investment sector activity is also rising.

    Broker Analysis
    Broker no. 58 led the market with over NPR 1.04 billion in trading but showed a net holding of –84 million, with a buy/sell ratio of 0.851 – indicating heavy sell pressure. Similarly, broker no. 42 posted a lower buy/sell ratio of 0.713, also showing net selling activity.

    Conversely, brokers no. 38 and 45 recorded strong net purchases. Broker 38 had a buy/sell ratio of 1.254 and net holdings over NPR 37 million, while broker 45 posted a net buy of NPR 23.6 million. Despite placing large buy orders, broker 58’s negative net holding suggests that profit-booking behavior remains strong among investors.

    With NEPSE in a sideways pattern, clear direction is still lacking. However, technical signs suggest the market is trying to stabilize at support levels. Heavy trading in hydropower and increased activity in the investment sector show where investor focus currently lies. The market remains seller-dominant, and investors are advised to proceed with caution.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026