
देशको अर्थतन्त्र ४.६१ प्रतिशतले बढ्यो, मुद्रास्फीति ४.९४ प्रतिशतमाNepal’s Economy Grows 4.61% in FY 2024/25, Inflation at 4.94%
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन अनुसार चालु वर्षमा मुलुकको समग्र आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो वर्ष यो दर ५.७१ प्रतिशत रहेको थियो।
वार्षिक औसत मुद्रास्फीति ४.९४ प्रतिशतमा सीमित रह्यो, जुन अघिल्लो वर्षको ४.४४ प्रतिशत भन्दा अलि बढी हो।
शोधान्तर स्थिति (BoP) सकारात्मक रह्यो। चालु वर्षमा २१४ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको चमत्कारिक चमत रहेको छ, अघिल्लो वर्ष भने यो रकम २४ खर्ब ८३ अर्ब मात्र थियो।
विदेशी व्यापारतर्फ मिश्रित नतिजा देखियो। आयात १३.३ प्रतिशतले बढ्दा निर्यात ५.५ प्रतिशतले मात्र बढेको छ, जसले गर्दा व्यापार घाटा अझै फराकिलो भएको छ।
वैदेशिक रोजगारबाट आएको रेमिट्यान्स ९.८ प्रतिशतले बढेर ११ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। असार महिनामा मात्र १.१६ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ।
देशको विदेशी मुद्रा सञ्चिति ९.६ प्रतिशतले बढेर ११ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। यो सञ्चिति ९.६ महिनासम्मको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने अनुमान गरिएको छ।
यसैगरी, मुद्राजमा (Money Supply) १२.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यसै अवधिमा यो वृद्धि ९.३ प्रतिशत मात्र थियो।
बैंक तथा वित्तीय संस्थामा निक्षेप ९.६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
Kathmandu – Nepal Rastra Bank has published its annual report on the economic and financial situation for FY 2024/25 (Nepali Fiscal Year 2081/82). The report estimates the country’s economic growth at 4.61%, compared to 5.71% in the previous fiscal year.
The annual average inflation stood at 4.94%, slightly higher than last year’s 4.44%.
The balance of payments (BoP) remained positive with a surplus of Rs. 2.14 trillion, compared to only Rs. 240 billion in the previous year.
Foreign trade showed mixed outcomes. Imports rose by 13.3%, while exports increased by only 5.5%, leading to a wider trade deficit.
On the positive side, remittance inflows increased by 9.8%, reaching USD 11.5 billion during the year. In Ashad alone, remittances worth USD 1.16 billion entered Nepal.
The country’s foreign exchange reserves expanded by 9.6% to USD 11.5 billion, sufficient to cover 9.6 months of goods and services imports.
Meanwhile, money supply (M2) grew by 12.5%, compared to 9.3% in the previous year.
Deposits in banks and financial institutions rose by 9.6%, while credit to the private sector increased by 5.7% during the review year.




