NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal’s Economy Grows 4.61% in FY 2024/25: Services Lead, Agriculture Lags Behind
    आर्थिक वर्ष २०८१/८२  : सेवा क्षेत्रमा अग्रता, कृषिमा सुस्तता
    Investor
    2 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    आर्थिक वर्ष २०८१/८२ : सेवा क्षेत्रमा अग्रता, कृषिमा सुस्तताNepal’s Economy Grows 4.61% in FY 2024/25: Services Lead, Agriculture Lags Behind

    काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रले ४.६१ प्रतिशत को वृद्धिदर हासिल गरेको देखिन्छ। यो दर अघिल्लो वर्षको तुलनामा सुस्त भएपनि, सेवाक्षेत्रको उच्च योगदानले अर्थतन्त्रलाई स्थिर राख्न सहयोग गरेको विश्लेषकहरूको भनाइ छ।

    कृषि, उद्योग र सेवा : असमान वृद्धि

    क्षेत्रगत हिसाबले हेर्दा कृषि क्षेत्र ३.२८ प्रतिशत ले मात्रै बढेको छ। मौसमी प्रतिकूलता, उत्पादन लागतमा वृद्धि र श्रमिक आपूर्तिमा कमी जस्ता कारणले कृषिक्षेत्रले अपेक्षाकृत कमजोर नतिजा दिएको बताइन्छ।

    उद्योग क्षेत्र भने केही उत्साहजनक रह्यो। यस क्षेत्रको वृद्धि ४.५३ प्रतिशत पुगेको छ, जसमा ऊर्जा, निर्माण र उत्पादन उद्योगको सुधार मुख्य कारण मानिएको छ। तर औद्योगिक उत्पादन अझै कच्चा पदार्थ आयातमा निर्भर भएकाले दीर्घकालीन चुनौती कायम रहेको अर्थविद्हरू बताउँछन्।

    सबैभन्दा ठूलो योगदान भने सेवा क्षेत्र बाट आएको छ। यस क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा ६२.०१ प्रतिशत योगदान गरेको छ। पर्यटन, यातायात, सञ्चार र वित्तीय सेवामा देखिएको क्रमिक सुधार यस क्षेत्रको मुख्य आधार मानिएको छ।

    बचत र लगानी

    समीक्षा अवधिमा कुल गार्हस्थ्य बचत GDP को ६.५५ प्रतिशत मा सीमित रह्यो। यस्तै स्थिर पुँजी निर्माण GDP को २४.०७ प्रतिशत र कुल राष्ट्रिय बचत GDP को ३६.२४ प्रतिशत रहेको छ। यो तथ्यांकले देशभित्रको लगानी क्षमता अझै कमजोर रहेको संकेत गर्दछ। आन्तरिक बचतको दर कम हुँदा भौतिक पूर्वाधार निर्माणमा पर्याप्त लगानी जुटाउन कठिनाइ देखिएको अर्थविद्हरूको निष्कर्ष छ।

    ऊर्जा क्षेत्रमा प्रगति

    ऊर्जा क्षेत्रमा भने उल्लेखनीय उपलब्धि देखिएको छ। ३,५९१ मेगावाट विद्युत्को जडित क्षमता पुगेको छ, जसमा ३,३९० मेगावाट जलविद्युत् मात्र रहेको छ। ऊर्जा निर्यातको सम्भावना बढेसँगै यो उपलब्धि दीर्घकालीन अर्थतन्त्रमा सकारात्मक हुने अपेक्षा गरिएको छ।

    पर्यटनमा आशा

    कोभिडपछिको सुस्ततालाई पार गर्दै पर्यटन क्षेत्रमा सुधार देखिएको छ। पर्यटक आगमन १.७ प्रतिशत ले बढेर ११ लाख ४७ हजार ८३४ पुगेको छ। यद्यपि यो संख्या अझै महामारीअघिको स्तरभन्दा कम रहेको र पूर्वाधार र प्रवर्द्धनमा अझै चुनौती रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको समग्र अर्थतन्त्रले मध्यम दरको वृद्धि हासिल गरेको छ। सेवा क्षेत्रमा निर्भरता बढ्दै गएको र कृषिक्षेत्र कमजोर हुँदै गएको अवस्थाले दीर्घकालीन आर्थिक संरचनाबारे गम्भीर प्रश्न उठाएको छ। उर्जा र पर्यटनजस्ता क्षेत्रले उत्साहजनक सम्भावना देखाए पनि उत्पादन र बचत–लगानीको संरचनामा सुधार नगरेसम्म स्थायी उच्च वृद्धि हासिल गर्न कठिन हुने विशेषज्ञहरूको चेतावनी छ।

    Nepal’s economy recorded a growth rate of 4.61% in FY 2024/25 (Nepali FY 2081/82), according to data released by the Central Bureau of Statistics (CBS). While the pace of expansion slowed compared to the previous year, analysts say the services sector remained the backbone of growth, offsetting weaknesses in agriculture.

    Uneven Growth Across Sectors

    The agriculture sector grew by just 3.28%, reflecting the impact of erratic weather, rising production costs, and labor shortages. Experts note that agriculture continues to struggle with structural bottlenecks, limiting its ability to drive the broader economy.

    The industrial sector expanded by 4.53%, driven by improvements in construction, hydropower, and manufacturing. However, heavy reliance on imported raw materials remains a challenge for sustainable industrial growth.

    The services sector, meanwhile, remained the dominant contributor, growing 4.21% and accounting for 62.01% of total GDP. Tourism recovery, improved transportation, digital communication, and stronger financial services underpinned this momentum.

    Savings and Investment Constraints

    Domestic savings remained relatively weak. Gross domestic savings stood at 6.55% of GDP, while gross fixed capital formation and gross national savings accounted for 24.07% and 36.24% of GDP, respectively. Economists argue that low domestic savings continue to restrict the country’s ability to mobilize internal resources for infrastructure and long-term development projects.

    Energy Expansion

    The energy sector recorded significant progress, with installed electricity capacity reaching 3,591 MW, of which 3,390 MW came from hydropower projects. Analysts highlight that Nepal’s growing energy output provides an opportunity to strengthen domestic industries and expand electricity exports to neighboring markets.

    Tourism Recovery Shows Promise

    Tourism also showed signs of revival. Tourist arrivals increased by 1.7%, reaching 1,147,834 visitors during the fiscal year. Although still below pre-pandemic levels, stakeholders believe that sustained promotional campaigns, better connectivity, and infrastructure development could restore the sector as a key foreign exchange earner.

    Nepal’s FY 2024/25 economic performance reflects both resilience and vulnerability. The services sector has emerged as the main growth driver, while agriculture continues to underperform. The expansion of hydropower and the gradual recovery of tourism signal promising opportunities. Still, without stronger domestic savings, higher investments, and structural reforms, sustaining higher long-term growth will remain a challenge, experts warn.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026