NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal's Economy Projected to Grow by 4.05% in the Current Fiscal Year
    नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपण
    Investor
    2 min read
    Published on April 7, 2026
    NEPSE TRADING

    नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपणNepal's Economy Projected to Grow by 4.05% in the Current Fiscal Year

    राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको लागि नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपण सार्वजनिक गरेको छ। यद्यपि आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४ प्रतिशत नाघ्ने अनुमान गरिए पनि उत्पादनमूलक क्षेत्र कमजोर रहँदा समग्र वृद्धि अझै मध्यम स्तरमै सीमित रहेको छ।सेवाको क्षेत्रमा वृद्धि, उत्पादनमूलक क्षेत्रमा कमजोरीतथ्यांक कार्यालयका अनुसार विद्युत उत्पादन, वित्तीय सेवा, बिमा, व्यापार, पर्यटन र सेवा क्षेत्रका गतिविधिहरूले अर्थतन्त्रलाई उकास्न मुख्य भूमिका निभाएका छन्। विशेष रूपमा, विद्युत र ग्याससम्बन्धी क्रियाकलापमा २२.७४ प्रतिशत, वित्तीय र बिमा क्षेत्रमा १२.५१ प्रतिशत, यातायात र भण्डारण क्षेत्रमा ९.६५ प्रतिशत र आवास तथा भोजन सेवामा ५.१८ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ।कृषि र औद्योगिक क्षेत्रको वृद्धि कमजोरतर, अर्थतन्त्रका आधारभूत उत्पादन क्षेत्रहरू भने अपेक्षाअनुसार सशक्त हुन सकेका छैनन्। कृषि क्षेत्रको वृद्धिदर २.२१ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। विशेष गरी धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रलाई दबाबमा पारेको छ, यद्यपि पशुपन्छी, तरकारी, फलफूल र वनपैदावारमा भएको सामान्य वृद्धिले केही राहत दिएको तथ्यांक कार्यालयले जनाएको छ।साथै, निर्माण सामग्रीको आयात घट्नु र केही औद्योगिक वस्तुको घरेलु उत्पादनमा कमी आउनुले समग्र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पारेको छ। उत्पादनमूलक क्षेत्रको यो कमजोरीले अर्थतन्त्रको दिगोपनमा चुनौती थपिएको संकेत गर्दछ।व्यापार क्षेत्रको वृद्धि र आयातको निर्भरताथोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। स्वदेशी उत्पादनसँगै आयात बढेकाले व्यापार क्षेत्रमा वृद्धि देखिए पनि यसको ठूलो हिस्सा आयातमा निर्भर रहेको छ, जुन दीर्घकालीन जोखिमको रूपमा हेरिएको छ।अर्थतन्त्रको वृद्धि र सरकारी सेवामा कमजोरीदोस्रो त्रैमासमा पहिलो त्रैमासको तुलनामा जीडीपी २.०४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। कुल १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको भएता पनि दुई क्षेत्रमा देखिएको संकुचनले समग्र वृद्धिलाई मध्यम स्तरमा सीमित गरेको कार्यालयको विश्लेषण छ। पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन (०.५५ प्रतिशत), सार्वजनिक प्रशासन तथा रक्षा (१.११ प्रतिशत) र शिक्षा (१.१६ प्रतिशत) जस्ता क्षेत्रमा न्यून वृद्धि देखिनुले सरकारी सेवा प्रवाह र मानव पूँजी विकासमा अपेक्षित सुधार हुन नसकेको संकेत गरेको छ।पहिलो त्रैमासको वृद्धि अनुमानमा सुधारतथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत अनुमान गरिएको वृद्धिदर संशोधन गरेर ३.२४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको यस्तै अवधिमा ३.८ प्रतिशत आर्थिक वृद्धि भएको थियो।अर्थतन्त्रको पुनरुत्थानमा चुनौतीसेवा र वित्तीय क्षेत्रको विस्तारले अर्थतन्त्रलाई केही गति दिएको देखिए पनि कृषि, उद्योग र निर्माणजस्ता आधारभूत क्षेत्र कमजोर रहँदा आर्थिक पुनरुत्थान अझै सुदृढ हुन नसकेको निष्कर्ष निकालिएको छ।
    The National Statistics Office has released an initial projection indicating that Nepal's economy will grow by 4.05% in the second quarter of the current fiscal year 2082/83. Although the gross domestic product (GDP) growth rate in terms of basic value is expected to exceed 4%, the overall growth remains limited due to weak performance in the productive sectors.Growth in Services, Weakness in Productive SectorsAccording to the office, the expansion in electricity production and distribution, financial services, insurance, trade, tourism, and services has played a key role in boosting the economy. Specifically, activities related to electricity and gas are expected to grow by 22.74%, financial and insurance sectors by 12.51%, transportation and storage by 9.65%, and housing and food services by 5.18%.Weak Growth in Agriculture and Industrial SectorsHowever, the core productive sectors of the economy have not performed as expected. The agricultural sector is projected to grow by only 2.21%. The decline in paddy production has placed pressure on the agricultural sector, although some relief has been provided by modest growth in livestock, vegetables, fruits, and forest products.Additionally, the decline in imports of construction materials and a reduction in domestic production of certain industrial goods have negatively impacted overall economic growth. The weakness in the productive sector signals challenges for the sustainability of the economy.Growth in Trade Sector and Dependence on ImportsThe wholesale and retail trade sector is projected to grow by 4.11%. Although growth is observed in the trade sector due to an increase in both domestic production and imports, a significant portion of this growth depends on imports, which is seen as a long-term risk.Economic Growth and Weakness in Government ServicesIn the second quarter, GDP is expected to grow by 2.04% compared to the first quarter. Among the 18 industrial classifications, 16 sectors are projected to show positive growth, but contractions in two sectors have limited overall growth to a moderate level. The sectors of water supply, sewage, and waste management (0.55%), public administration and defense (1.11%), and education (1.16%) have shown minimal growth, indicating that improvements in government service delivery and human capital development are still lacking.Revised Growth Projection for the First QuarterAccording to the office, the growth rate originally estimated at 3.02% for the first quarter has been revised to 3.24%. Last year, the economy grew by 3.8% during the same period.Challenges in Economic RecoveryWhile the expansion of the services and financial sectors has provided some momentum to the economy, the weakness in agriculture, industry, and construction sectors suggests that economic recovery has not yet been fully consolidated.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026