NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal's Exports to India: Soybean Oil Leads, Cardamom Exports Decline
    नेपालबाट भारततर्फ गरिने प्रमुख वस्तुहरूको निर्यात: सोयाबिन तेल उच्च स्थानमा, अलैंची निर्यातमा गिरावट
    Investor
    1 min read
    Published on February 5, 2025
    Dipesh Ghimire

    नेपालबाट भारततर्फ गरिने प्रमुख वस्तुहरूको निर्यात: सोयाबिन तेल उच्च स्थानमा, अलैंची निर्यातमा गिरावटNepal's Exports to India: Soybean Oil Leads, Cardamom Exports Decline

    नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भारतलाई ७३.७१ अर्ब रुपैयाँ बराबरका सामान निर्यात गरेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा सोयाबिन तेल, पोलिस्टर यार्न, अलैंची (कार्डामम), जस्ता पाता (Zinc Sheet) र पार्टिकल बोर्ड मुख्य निर्यात वस्तु बनेका छन्।

    सोयाबिन तेल उच्च निर्यात, अलैंचीको व्यापारमा गिरावट

    नेपालबाट भारत निर्यात हुने वस्तुमध्ये सोयाबिन तेल पहिलो स्थानमा रहेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले १८.९१ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल भारत निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा उच्च हो।

    तर, नेपालले लामो समयदेखि भारतमा निर्यात गर्दै आएको अलैंची (कार्डामम) निर्यातमा गिरावट देखिएको छ। यस वर्षको पहिलो ६ महिनामा मात्र ४.५५ अर्ब रुपैयाँ बराबरको अलैंची भारत निर्यात भएको छ। यो तथ्यांकले अलैंची व्यापारमा चुनौतीहरू देखिएको संकेत गर्छ।

    शीर्ष १० प्रमुख निर्यात हुने वस्तुहरू (छ महिनाको तथ्यांक)

    १. सोयाबिन तेल – १८.९१ अर्ब रुपैयाँ
    २. पोलिस्टर यार्न – ५.९२ अर्ब रुपैयाँ
    3. अलैंची (कार्डामम) – ४.५५ अर्ब रुपैयाँ
    4. जस्ता पाता (Zinc Sheet) – ४.५१ अर्ब रुपैयाँ
    5. पार्टिकल बोर्ड – ४.२४ अर्ब रुपैयाँ
    6. जुस (Juice) – ३.४५ अर्ब रुपैयाँ
    7. जूट उत्पादन (Jute Goods) – ३.३४ अर्ब रुपैयाँ
    8. चिया (Tea) – २.८२ अर्ब रुपैयाँ
    9. खाद्यान्न तेलका खलीहरू (Oil Cakes) – १.७८ अर्ब रुपैयाँ
    10. टेक्सटाइल (Textiles) – १.५४ अर्ब रुपैयाँ

    निर्यात वृद्धि भए पनि केही वस्तुमा गिरावट

    नेपालले भारततर्फ निर्यात गर्ने चिया, जडीबुटी, रेडिमेड गार्मेन्ट्स, प्लास्टिकका भाँडाकुँडा, कपास धागो (Thread) जस्ता वस्तुहरू निर्यातमा सुधार देखिएको छ। यद्यपि, तोरी तथा अलसी (Mustard & Linseed) र गाईभैंसीको दाना (Cattlefeed) को निर्यात शून्य रहेको छ, जसले यी उद्योगहरूमा केही चुनौतीहरू रहेको देखाउँछ।

    व्यापार घाटा अझै चुनौतीपूर्ण

    नेपालको कुल निर्यात ७३.७१ अर्ब रुपैयाँ पुगेको भए पनि भारतसँगको व्यापार घाटा भने उच्च नै रहेको छ। निर्यात व्यापारलाई थप प्रवर्द्धन गर्न सरकारी नीतिहरूलाई सुधार गर्नुपर्ने विज्ञहरूको सुझाव छ। नेपालका औद्योगिक क्षेत्रहरूलाई सहुलियत सुविधा प्रदान गरिँदा निर्यातमा अझ वृद्धि हुन सक्ने बताइन्छ।

    विज्ञहरूले नेपालका निर्यातमुखी उद्योगहरूलाई प्रविधि, वित्तीय सहायता, तथा बजार पहुँच सुधार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको सुझाव दिएका छन्। साथै, भारतसँगका व्यापार सम्झौताहरू पुनरावलोकन गरी निर्यातका लागि थप सहज वातावरण बनाइनु पर्ने माग गरिएको छ।

    नेपालको भारततर्फको निर्यातको प्रवृत्ति हेर्दा, आगामी महिनाहरूमा चिया, जडीबुटी, तेल तथा पोलिस्टर यार्नको माग बढ्ने अपेक्षा गरिएको छ। सरकारले नीतिगत सुधार गर्दै घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न सकेमा नेपालले निर्यात व्यापारमा अझ राम्रो नतिजा निकाल्न सक्ने विश्लेषकहरू बताउँछन्।

    In the first six months of the current fiscal year 2081/82 (2024/25), Nepal exported goods worth NPR 73.71 billion to India. According to the latest report from Nepal Rastra Bank, the primary export items during this period were soybean oil, polyester yarn, cardamom, zinc sheets, and particle boards.

    Soybean Oil Tops Exports, Cardamom Faces Decline

    Among Nepal’s exports to India, soybean oil has secured the top position. In the first half of this fiscal year, Nepal exported NPR 18.91 billion worth of soybean oil to India, marking a significant increase compared to the same period last year.

    However, the export of cardamom, a product Nepal has long supplied to India, has seen a decline. In the first six months, Nepal exported only NPR 4.55 billion worth of cardamom, indicating challenges in the trade.

    Top 10 Exported Products (Six-Month Data)

    1. Soybean Oil – NPR 18.91 billion

    2. Polyester Yarn – NPR 5.92 billion

    3. Cardamom – NPR 4.55 billion

    4. Zinc Sheets – NPR 4.51 billion

    5. Particle Board – NPR 4.24 billion

    6. Juice – NPR 3.45 billion

    7. Jute Goods – NPR 3.34 billion

    8. Tea – NPR 2.82 billion

    9. Oil Cakes – NPR 1.78 billion

    10. Textiles – NPR 1.54 billion

    Growth in Some Exports, Decline in Others

    Nepal has seen improvements in the export of tea, herbs, ready-made garments, plastic utensils, and cotton threadto India. However, the exports of mustard & linseed and cattle feed have dropped to zero, highlighting challenges in these industries.

    Trade Deficit Remains a Concern

    Despite total exports reaching NPR 73.71 billion, Nepal's trade deficit with India remains significant. Experts suggest that to boost exports, the government needs to improve trade policies and provide more incentives to industrial sectors.

    Analysts recommend greater collaboration between the government and private sector to enhance technology adoption, financial support, and market access for Nepal’s export-oriented industries. Additionally, revisiting trade agreements with India could help create a more favorable export environment.

    Looking at the current export trends, demand for tea, herbs, oil, and polyester yarn is expected to rise in the coming months. If the government implements policy reforms and promotes domestic production, Nepal can achieve better results in its export trade, according to experts.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026