NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal’s Foreign Exchange Reserves Near NPR 30 Trillion, Import Capacity Strengthens
    विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियो
    Investor
    2 min read
    Published on November 16, 2025
    NEPSE trading

    विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियोNepal’s Foreign Exchange Reserves Near NPR 30 Trillion, Import Capacity Strengthens

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार २०८२ असोज मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकका अनुसार असार मसान्तमा रहेको सञ्चिति तीन महिनामै ११.३ प्रतिशतले वृद्धि भएको हो। विदेशी मुद्राको सञ्चिति बढेसँगै मुलुकको बाह्य क्षेत्र स्थायित्व अझै सुदृढ बन्दै गएको बैंकको निष्कर्ष छ।

    अमेरिकी डलरमा हेर्दा पनि विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेको देखिन्छ। असार मसान्तमा १९ अर्ब ५० करोड रहेको सञ्चिति असोज मसान्तमा २१ अर्ब २१ करोड पुगेको छ। डलर आधारमा ८.७ प्रतिशतको वृद्धि भएको यो तथ्यांकले अर्थतन्त्रको विदेशी मुद्रा सुरक्षात्मक क्षमता बलियो भएको संकेत गर्दछ।

    नेपाल राष्ट्र बैंकमा मात्र २६ खर्ब ६७ अर्ब ७० करोड बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। यो रकम असारमा २४ खर्ब १४ अर्ब ६४ करोड थियो। बैंकका अनुसार विदेशी मुद्रा सञ्चितिमा सुधार हुनुमा उच्च रेमिट्यान्स प्रवाह, आयातको मध्यम वृद्धि र चालु खाता बचत प्रमुख कारक बनेका छन्।

    राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेका विदेशी मुद्रा सञ्चितिमा पनि दोब्बर वृद्धि देखिएको छ। असारमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति असोजमा १८.७ प्रतिशतले बढेर ३ खर्ब १२ अर्ब १० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

    विदेशी मुद्रा सञ्चिति–GDP, कुल आयात र विस्तृत मुद्राप्रदायसँग तुलना गर्दा पनि सूचकहरू सुधारिएका छन्। २०८२ असोज मसान्तमा सञ्चितिको GDP सँगको अनुपात ४८.८ प्रतिशत, कुल आयातसँगको अनुपात १३६.६ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ३६.८ प्रतिशत पुगेको छ। यी सूचकहरू असारमा क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत मात्र थिए।

    चालु खाता तथा शोधनान्तर दुवै सूचकहरू समीक्षा अवधिमा बलियो अवस्थामा रहेका छन्। चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र थियो। यसैगरी शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको समान अवधिमा यो बचत १ खर्ब ८४ अर्ब ९९ करोड थियो।

    प्रत्यक्ष वैदेशिक लगानी (FDI–Equity) भने केही घटेको देखिन्छ। समीक्षा अवधिमा १ अर्ब ७४ करोड बराबरको मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ८१ करोड थियो। तर, खुद पुँजीगत ट्रान्सफरमा भने उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ५५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब मात्र थियो।

    केन्द्रीय बैंकले दिएको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति अहिले १९.९ महिनाको वस्तु आयात तथा १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। आयात धान्ने क्षमतामा आएको सुधारले नेपालको बाह्य क्षेत्र मजबुत भएको संकेत गरेको छ।

    According to the latest data published by Nepal Rastra Bank (NRB), the country’s total foreign exchange reserves have reached NPR 29.79 trillion by the end of Ashoj 2082. The reserves, which stood at NPR 26.77 trillion at the end of Asar, have increased by 11.3 percent in just three months. The central bank states that the continuous rise in reserves has further strengthened Nepal’s external sector stability.

    Foreign exchange reserves have increased not only in Nepali currency but also in US dollars. The reserve, which stood at USD 19.50 billion at the end of Asar, rose to USD 21.21 billion by the end of Ashoj—an increase of 8.7 percent. This improvement indicates a stronger external liquidity position for the country.

    NRB alone holds NPR 26.67 trillion of the total reserves, up from NPR 24.14 trillion in Asar. According to the central bank, higher remittance inflows, controlled imports and a surplus in the current account have contributed significantly to the rise in foreign exchange reserves.

    Similarly, foreign exchange holdings of banks and financial institutions (excluding NRB) have also risen sharply. Their reserves increased from NPR 263.04 billion in Asar to NPR 312.10 billion in Ashoj—an increase of 18.7 percent. The share of Indian currency in the total reserves stands at 24 percent, NRB reported.

    Key ratios comparing foreign exchange reserves to GDP, total imports and broad money supply (M2) have also improved. By the end of Ashoj, the ratios stood at 48.8 percent of GDP, 136.6 percent of total imports and 36.8 percent of broad money supply. In Asar, these ratios were 43.8 percent, 128.1 percent and 34.1 percent respectively.

    Both the current account and balance of payments (BoP) remain in strong surplus during the review period. The current account recorded a surplus of NPR 237.59 billion, compared to NPR 115.36 billion in the same period last year. Likewise, the BoP remained at a surplus of NPR 264.03 billion, up from NPR 184.99 billion last year.

    Foreign Direct Investment (FDI–Equity) has, however, declined. During the review period, Nepal received only NPR 1.74 billion in FDI-equity, compared to NPR 4.81 billion in the same period last year. But capital transfers have shown notable improvement, reaching NPR 5.55 billion, up from NPR 2 billion last year.

    Based on imports of the first three months of FY 2082/83, the current level of reserves is sufficient to cover 19.9 months of goods imports and 16.4 months of goods and services imports. NRB notes that the improvement in import-cover capacity signals a stronger and more resilient external sector for Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026