NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal’s Imports Reach Rs 609 Billion in Four Months; Foreign Trade Up 24%, Trade Deficit R...
    चार महिनामै ६ खर्ब ९ अर्बको आयात, अन्तर्राष्ट्रिय व्यापार २४% ले बढ्यो; व्यापार घाटा ५ खर्ब १५ अर्बमा
    Investor
    1 min read
    Published on November 23, 2025
    NEPSE TRADING

    चार महिनामै ६ खर्ब ९ अर्बको आयात, अन्तर्राष्ट्रिय व्यापार २४% ले बढ्यो; व्यापार घाटा ५ खर्ब १५ अर्बमाNepal’s Imports Reach Rs 609 Billion in Four Months; Foreign Trade Up 24%, Trade Deficit Rises

    चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) मा नेपालले ६ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढीको बस्तु आयात गरेको छ। भन्सार विभागका ताजा तथ्यांकअनुसार, यो रकम अघिल्लो वर्षको यही अवधिभन्दा झन्डै १ खर्ब रुपैयाँ बढी हो।

    अघिल्लो वर्ष कात्तिकसम्म ५ खर्ब १३ अर्ब रुपैयाँ को सामान आयात भएको थियो। तर, यस वर्ष सो अवधि सम्म आयातमा १८.७१% वृद्धि भएको छ। साउनदेखि असोजसम्म आयात वृद्धि दर करिब २०% रहेकोमा कात्तिकसम्म आइपुग्दा समग्र वृद्धिदर केही घटेको देखिएको भन्सार विभागले जनाएको छ।

    चार महिनाको अवधिमा निर्यात पनि ठूलो स्तरमा बढेको छ।
    अघिल्लो वर्ष कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँ को निर्यात भएकोमा यो वर्ष सोही अवधिमा निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेर ७७% वृद्धि भएकाे हो।
    तर, साउनदेखि असोजसम्म निर्यात वृद्धि दर ९०% रहेकोमा कात्तिकसम्म आइपुग्दा वृद्धि दर केही कम भएको देखिन्छ।

    नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार चार महिनामा २४% ले बढेर ७ खर्ब २ अर्ब रुपैयाँ नाघेको छ। निर्यात–आयात दुवै बढेसँगै व्यापारको कुल आकार बढेको हो।

    यो अवधिमा नेपालले ५ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।
    अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्ब थियो। यसरी, व्यापार घाटा १२% ले बढेको देखिन्छ।

    समग्र व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष ९% बाट बढेर १३% पुगेको छ, जुन सकारात्मक संकेतका रूपमा लिइएको छ।
    त्यस्तै, आयातको हिस्सा ९०% बाट घटेर ८६% मा झरेको छ। आयातको हिस्सा घट्नु र निर्यातको हिस्सा बढ्नु नेपालका लागि दीर्घकालीन रूपमा सकारात्मक मानिन्छ।

    Nepal imported goods worth Rs 609 billion in the first four months of the current fiscal year (Shrawan to Kartik). According to the latest data published by the Department of Customs, imports during this period increased by nearly Rs 100 billion compared to the same period last year.

    Last fiscal year, Nepal had imported Rs 513 billion worth of goods by the end of Kartik. This year, imports have grown by 18.71 percent. Although the growth rate had remained around 20 percent until Ashoj, the overall import growth has slowed slightly by the end of Kartik.

    Nepal’s exports have also shown strong improvement.
    Last year, exports totaled Rs 52.67 billion by Kartik, whereas this year the figure has climbed to Rs 93.49 billion, marking a sharp 77 percent increase.
    However, export growth during Shrawan–Ashoj was higher at 90 percent, indicating a slight slowdown in the last month.

    Nepal’s overall international trade increased by 24 percent, reaching more than Rs 702 billion within the first four months. Both import and export expansion contributed to the growth in total trade volume.

    Despite export growth, Nepal’s trade deficit continues to widen.
    The deficit reached Rs 515 billion, up from Rs 460 billion in the same period last year. This represents a 12 percent increase in the trade deficit.

    Nepal’s export share in total trade has improved from 9 percent last year to 13 percent this year, which is considered a positive development.
    Likewise, the share of imports has decreased from 90 percent to 86 percent, indicating a gradual shift toward a more balanced trade structure.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026