
नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै ३ खर्बभन्दा बढी वृद्धिNepal’s Public Debt Nears Rs 30 Trillion, Rises by Over Rs 3 Trillion in 10 Months
काठमाडौँ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म करिब ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण चालु आवको १० महिनामै करिब ३ खर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको देखिएको छ। कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब रुपैयाँ तथा बाह्य ऋण १५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ। अमेरिकी डलर मजबुत बन्दा विनिमय दरको प्रभावले मात्रै बाह्य ऋण दायित्वमा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त भार थपिएको कार्यालयले जनाएको छ। यस्तै, चालु आर्थिक वर्षमा सरकारले हालसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ भने सोही अवधिमा साँवा र ब्याज भुक्तानीसहित ऋण सेवा खर्च २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये २ खर्ब ३२ अर्ब रुपैयाँ साँवा भुक्तानी र करिब ६१ अर्ब रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ। आन्तरिक ऋणतर्फ मात्रै करिब २ खर्ब ३६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपरेको तथ्यांकले देखाएको छ ।
Kathmandu । Nepal’s public debt has climbed close to Rs 30 trillion by the end of Baisakh in the current fiscal year 2082/83. According to the Public Debt Management Office, the country’s total public debt has reached Rs 29.75 trillion. The debt stood at Rs 26.74 trillion at the end of the previous fiscal year, meaning it has increased by more than Rs 3 trillion within the first 10 months of the current fiscal year. Of the total debt, domestic debt accounts for Rs 13.81 trillion while external debt stands at Rs 15.93 trillion. The office stated that the strengthening of the US dollar alone added an extra burden of around Rs 168 billion to Nepal’s external debt liabilities due to exchange rate fluctuations. During the current fiscal year, the government has mobilized public debt worth Rs 365 billion so far, while debt servicing expenses, including principal and interest payments, have reached Rs 293 billion. Out of this amount, Rs 232 billion was spent on principal repayment and nearly Rs 61 billion on interest payments. Data also shows that around Rs 236 billion was paid solely toward domestic debt obligations.




