NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal's Road Network Reaches 36,132 km; Progress in Mid-Hill and Postal Highways
    नेपालमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुग्यो, मध्यपहाडी र हुलाकी लोकमार्गको निर्माणमा प्रगति
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    नेपालमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुग्यो, मध्यपहाडी र हुलाकी लोकमार्गको निर्माणमा प्रगतिNepal's Road Network Reaches 36,132 km; Progress in Mid-Hill and Postal Highways

    आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार, नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ। यो तथ्याङ्क २०८१ फागुन मसान्तसम्मको हो, जुन आज संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन्।

    सर्वेक्षण अनुसार, हालसम्म १९ हजार १६३ किलोमिटर कालोपत्र, ८ हजार २०४ किलोमिटर खण्डास्मित, र ८ हजार ७६५ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ। २०८१ असारसम्म सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो।

    मध्यपहाडी लोकमार्ग

    १,८७९ किलोमिटर लम्बाइको मध्यपहाडी लोकमार्गमा २०८१ असारसम्म १,४५२ किलोमिटर सडक कालोपत्र भएको थियो भने फागुनसम्म थप ११ किलोमिटर कालोपत्र भई कुल १,४६३ किलोमिटर पुगेको छ। यस लोकमार्गअन्तर्गत पर्ने १३७ पुलमध्ये १०७ पुलको निर्माण सम्पन्न भइसकेको छ।

    हुलाकी लोकमार्ग

    १,८५७ किलोमिटर लम्बाइको हुलाकी लोकमार्गमा २०८१ असारसम्म १,२५९ किलोमिटर सडक कालोपत्र भएको थियो भने चालु वर्षको फागुनसम्म ३२ किलोमिटर थपिएर कुल १,२९१ किलोमिटर पुगेको छ। यसअन्तर्गत रहेका २५० पुलमध्ये १४२ पुल निर्माण सम्पन्न भइसकेको छ।

    कालीगण्डकी करिडोर (उत्तर–दक्षिण लोकमार्ग)

    गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड अन्तर्गत २४५ किलोमिटर सडकमा १९५ किलोमिटर कालोपत्र भइसकेको छ।
    मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डमा २०८१ असारसम्म ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र र १० पुल निर्माण भइसकेको थियो भने फागुनसम्म थप ६५ किलोमिटर सडक कालोपत्र र १३ पुल निर्माण सम्पन्न भएको छ।

    सर्वेक्षणले नेपालमा भौतिक पूर्वाधार निर्माणमा प्रगति भइरहेको देखाएको छ, तर अझै केही खण्डहरूमा निर्माण कार्य तीव्र पार्नुपर्ने आवश्यकता देखिएको छ।

    According to the Economic Survey for Fiscal Year 2081/82, the total road length in Nepal has reached 36,132 kilometers as of the end of Falgun 2081. The data was presented in Parliament today by Finance Minister Bishnu Prasad Paudel.

    As per the report, Nepal now has 19,163 km of blacktopped roads, 8,204 km of gravel roads, and 8,765 km of earthen roads. As of Ashar 2081, the total road length was recorded at 35,490 kilometers.

    Mid-Hill Highway

    Out of the 1,879 km total planned length of the Mid-Hill Highway, 1,452 km had been blacktopped by Ashar 2081, with an additional 11 km blacktopped by Falgun, bringing the total to 1,463 km. Of the 137 planned bridges along the highway, 107 have been completed as of Falgun.

    Postal Highway

    The Postal Highway has a total planned length of 1,857 km. By Ashar 2081, 1,259 km were blacktopped, with an additional 32 km completed by Falgun, raising the total to 1,291 km. Out of the 250 planned bridges, 142 have been completed.

    Kaligandaki Corridor (North-South Highway)

    Along the Gaindakot–Ramdi–Maldhunga section of the Kaligandaki Corridor (total length 447 km), 195 km of road has been blacktopped as of Falgun.
    In the Maldhunga–Beni–Jomsom–Korala section, by Ashar 2081, 87 km had been gravelled, 60 km blacktopped, and 10 bridges completed. By Falgun, an additional 65 km of road had been blacktopped and 13 more bridges completed.

    The survey highlights ongoing progress in Nepal's physical infrastructure development, particularly in strategic highway projects, while also indicating the need to expedite work in remaining sections.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026