NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal's Stock Market: Need for Reform and Challenges of New Leadership
    नेपालको सेयर बजार: सुधारको खाँचो र नयाँ नेतृत्वको चुनौती
    Investor
    2 min read
    Updated on November 27, 2024
    Dipesh Ghimire

    नेपालको सेयर बजार: सुधारको खाँचो र नयाँ नेतृत्वको चुनौतीNepal's Stock Market: Need for Reform and Challenges of New Leadership

    नेपालको धितोपत्र बोर्डले नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै सेयर बजारको भविष्यलाई नयाँ आशाको आँखाले हेरिएको छ। सेयर बजार नेपालको आर्थिक विकासको प्रमुख स्तम्भ बन्ने सम्भावना बोकेको क्षेत्र हो। तर, यसले अहिलेसम्म अपेक्षित विकास गर्न सकेको छैन। यो अवस्थामा, नयाँ नेतृत्वसँग बजार सुधार र विकासको स्पष्ट खाका तयार गर्न र कार्यान्वयन गर्न ठूलो जिम्मेवारी आएको छ।

    सेयर बजारका लगानीकर्ताको विश्वास बढाउन र सेयर बजारलाई पारदर्शी, आधुनिक, र सबैका लागि पहुँचयोग्य बनाउन बोर्डले ठोस रणनीति अघि सार्नुपर्ने छ। प्राथमिक बजार सुधारका लागि, म्युचुअल फन्डलाई अनावश्यक रूपमा प्राथमिक सेयरमा छुट्याउनुपर्ने नियम खारेज गर्नु, १० कित्ता बाँडफाँट नीति संस्थागत गर्नु, र बुक बिल्डिङ प्रक्रिया पारदर्शी बनाउनु प्रमुख प्राथमिकता हुनुपर्छ।

    त्यसैगरी, दोस्रो बजार सुधारका लागि, इन्ट्रा डे कारोबारको शीघ्र कार्यान्वयन, लगानीकर्ताका खातामा कारोबारको वास्तविक जानकारी तुरुन्त उपलब्ध गराउने व्यवस्था, र सानो पूँजीका लगानीकर्तालाई आकर्षित गर्न फ्र्याक्सनल सेयर कारोबार सुरु गर्नु अत्यावश्यक छ। ब्रोकर प्रणालीलाई व्यवस्थित गर्दै, ब्रोकर कम्पनीहरूलाई सार्वजनिक कम्पनीमा परिणत गर्ने र ब्रोकरमार्फत मार्जिन कारोबार सुरु गर्ने व्यवस्था तत्काल लागु गर्नुपर्छ।

    सूचना प्रणाली र सीडीएसको आधुनिकीकरणमा, सेयर बजारसँग सम्बन्धित सम्पूर्ण जानकारी एउटै प्रणालीमा उपलब्ध गराउने, म्युचुअल फन्ड र सेयर लाभांश वितरण प्रक्रिया सरल बनाउने, र लगानीकर्तालाई आवश्यक सेवा डिजिटल माध्यमबाट सहजै उपलब्ध गराउने काम गर्नुपर्छ।

    धितोपत्र बजारलाई वास्तविक अर्थमा सबैका लागि उपयोगी बनाउन, बोर्डले नयाँ वित्तीय विकल्पहरू, जस्तै ETF, बन्ड फन्ड, र सर्टसेल जस्ता उपकरणहरूलाई बजारमा ल्याउन पहल गर्नुपर्छ। त्यस्तै, देशभरका साना तथा ठूला लगानीकर्ताको पहुँच विस्तार गर्न ग्रामीण क्षेत्रसम्म सेयर कारोबार प्रणाली पुर्‍याउनु समयको माग हो।

    नयाँ अध्यक्षले यी कामहरूको सफल कार्यान्वयन गर्दै लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सके, सेयर बजार नेपालको आर्थिक विकासको महत्वपूर्ण आधारस्तम्भ बन्ने छ। सुधारका यी योजनाले केवल बजारलाई मात्र होइन, देशको समग्र आर्थिक संरचनालाई पनि मजबुत बनाउनेछ। तर, यो सब सम्भव गर्न नेतृत्वसँग स्पष्ट दृष्टि, दृढता, र पारदर्शिता हुनु अपरिहार्य छ।

    नेपालको सेयर बजार सुधारमा यो नयाँ सुरुआतलाई इतिहासकै महत्वपूर्ण अध्याय बनाउन नेतृत्व र सरोकारवालाले सामूहिक प्रयास गर्नुपर्छ।

    With the appointment of Santosh Narayan Shrestha as the new Chairman of the Securities Board of Nepal (SEBON), the future of Nepal's stock market is being viewed with renewed optimism. The stock market holds the potential to become a cornerstone of Nepal's economic growth, yet it has not achieved the anticipated development. In this context, the new leadership bears a significant responsibility to devise and implement a clear roadmap for market reform and advancement.

    To boost investor confidence and make the stock market transparent, modern, and accessible to all, the board must put forward robust strategies. For primary market reforms, removing unnecessary restrictions on mutual funds in primary shares, institutionalizing the 10-unit allotment policy, and making the book-building process more transparent should be top priorities.

    Similarly, secondary market reforms must include the prompt implementation of intraday trading, real-time transaction information availability in investors' accounts, and the introduction of fractional share trading to attract small investors. Organizing the broker system by transforming brokerage companies into public entities and introducing margin trading through brokers should be implemented without delay.

    In terms of modernizing information systems and the Central Depository System (CDS), the board should ensure all stock market-related data is available within a unified system, simplify mutual fund and dividend distribution processes, and make essential services accessible digitally for investors.

    To make the securities market genuinely beneficial for all, the board should introduce new financial instruments, such as ETFs, bond funds, and short-selling mechanisms. Expanding the stock trading system to rural areas to enhance access for both small and large investors across the country is also imperative.

    If the new chairman successfully executes these reforms, investor trust can be restored, and the stock market could become a vital pillar of Nepal's economic growth. These improvement plans will not only strengthen the market but also enhance the overall economic framework of the country. However, achieving these goals requires clear vision, determination, and transparency in leadership.

    Making this new beginning a historically significant chapter in Nepal's stock market reform will require collective efforts from leadership and stakeholders alike.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026