NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal’s Top 10 Export Items in Two Months: Soybean Oil Dominates Half of Total Exports
    दुई महिनामा नेपालका शीर्ष १० निर्यात वस्तु : भटमासको तेलमै आधा हिस्सा
    Investor
    2 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    दुई महिनामा नेपालका शीर्ष १० निर्यात वस्तु : भटमासको तेलमै आधा हिस्साNepal’s Top 10 Export Items in Two Months: Soybean Oil Dominates Half of Total Exports

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ८८.५७ प्रतिशतले बढेको छ। तर यो वृद्धिको मुख्य आधार केही सीमित वस्तुहरूमा मात्र केन्द्रित भएको देखिन्छ। विशेषगरी भटमासको तेल नै कुल निर्यातको आधाभन्दा बढी हिस्सामा देखिएको छ।

    भटमासको तेल : निर्यातको आधार

    सबैभन्दा ठूलो निर्यात वस्तु भटमासको तेल हो। दुई महिनामै करिब २० अर्ब ४२ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ। यो कुल निर्यातको ५६.८४ प्रतिशत हो। यसले नेपालका निर्यातमा विविधता भन्दा बढी एकल वस्तुमा निर्भरता रहेको स्पष्ट देखाउँछ। सोयाबिन तेलको निर्यात भारत र तेस्रो मुलुकतर्फ भइरहे पनि, यसको कच्चा पदार्थ भने आयातमै निर्भर छ।

    चिया, कफी र मसला

    दोस्रो स्थानमा चिया, कफी र मसला परेका छन्। यस शीर्षकअन्तर्गत दुई महिनामा करिब १८ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। नेपालका मसला उत्पादन (जस्तै अदुवा, इलामको चिया, कालो मरिच) अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएका कारण यो क्षेत्रमा उल्लेख्य योगदान देखिएको हो।

    कपडा, गार्मेन्ट्स र फाइबर

    निर्यातको अर्को ठूलो हिस्सा कपडा र गार्मेन्ट्ससँग सम्बन्धित छ।

    • मानव निर्मित फाइबर (Rs. 20.12 अर्ब),

    • नन-निटेड कपडा (Rs. 14.95 अर्ब),

    • निटेड कपडा (Rs. 9.18 अर्ब),

    • टेक्सटाइल फाइबर (Rs. 12.33 अर्ब) लगायतका शीर्षकले नेपाली गार्मेन्ट्स उद्योग अझै निर्यातमुखी रहेको संकेत गर्छ।

    यसरी हेर्दा, नेपालका परम्परागत वस्तु जस्तै गार्मेन्ट्स, कर्पेट, ऊनी उत्पादनहरू अझै निर्यात सूचीमा मजबुत स्थानमा छन्।

    कर्पेट र ऊनी उत्पादन

    नेपालको परम्परागत कर्पेट (Rs. 17.33 अर्ब) यस अवधिमा उल्लेख्य वृद्धि भएको वस्तु हो। यस्तै, ऊन र ऊनी धागोमा पनि निर्यात वृद्धि देखिएको छ। यी उत्पादनहरू प्रायः युरोपेली मुलुकतर्फ निर्यात हुने गरेका छन्।

    अन्य निर्यात वस्तु

    शीर्ष १० निर्यातमा कृषि उत्पादन (तरकारी, तयारी परिकार, पशु आहार) र काठजन्य सामग्री समेत परेका छन्। यी वस्तुहरूको निर्यात बढ्नु नेपालका स्थानीय उद्योग र कृषिमा सकारात्मक संकेत मानिएको छ।

    यद्यपि निर्यात वृद्धिदर उच्च देखिए पनि यसको संरचना अत्यधिक असन्तुलित छ। कुल निर्यातको आधा भन्दा बढी केवल भटमासको तेलमा अडिएको छ भने, कपडा र गार्मेन्ट्समा पनि ठूलो हिस्सा रहेको छ। यस्तो संरचना दीर्घकालीन रूपमा निर्यात जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ।

    यदि अन्तर्राष्ट्रिय बजारमा भटमासको तेलको माग घट्यो वा प्रतिस्पर्धा बढ्यो भने नेपालका निर्यात आम्दानीमा ठूलो असर पर्नेछ। त्यसैले निर्यात विविधीकरणतर्फ ध्यान दिनुपर्ने आवश्यकता प्रष्ट भएको छ।

    नेपालको निर्यात वृद्धिदर उत्साहजनक भए पनि यसले देखाएको वास्तविकता के हो भने : नेपाल अझै सीमित वस्तुमा अडिएको छ। दीर्घकालीन निर्यात क्षमता बढाउन कृषि, औद्योगिक उत्पादन, सूचना प्रविधि र सेवा क्षेत्रतर्फ ध्यान दिन आवश्यक देखिन्छ।

    Kathmandu – In the first two months of the current fiscal year 2082/83 (July–September 2025), Nepal exported goods worth Rs. 47.31 billion, marking an impressive 88.57% increase compared to the same period last year. However, the surge is largely concentrated in a few categories, with soybean oil alone accounting for more than half of total exports.

    Soybean Oil: The Backbone of Exports

    The single largest export is soybean oil, amounting to nearly Rs. 20.42 billion in just two months. This represents 56.84% of total exports. The figure highlights Nepal’s overwhelming dependence on one product, raising concerns about export diversification. Although processed soybean oil is shipped mainly to India and third countries, the raw crude oil is itself imported, making Nepal’s largest export paradoxically tied to imports.

    Tea, Coffee, and Spices

    The second-largest category is tea, coffee, and spices, with exports worth Rs. 18.94 billion. Products such as ginger, cardamom, pepper, and Ilam tea are gaining global recognition, helping strengthen Nepal’s export profile in agricultural commodities.

    Garments, Textiles, and Fibers

    The next major group of exports relates to textiles and garments:

    • Man-made staple fibers (Rs. 20.12 billion)

    • Non-knitted apparel (Rs. 14.95 billion)

    • Knitted apparel (Rs. 9.18 billion)

    • Vegetable textile fibers and yarn (Rs. 12.33 billion)

    This reflects the continuing strength of Nepal’s garment and textile sector, long a backbone of export earnings.

    Carpets and Wool Products

    Traditional items like handmade carpets (Rs. 17.33 billion) and wool/woolen yarn products also remain important. These are primarily exported to European markets, showcasing Nepal’s cultural and artisanal export heritage.

    Other Export Items

    The top 10 exports also include processed agricultural products (vegetables, food preparations, animal feed) and wood products. Growth in these categories suggests that some domestic industries are expanding their export footprint.

    While the growth rate of exports appears encouraging, the structure remains heavily imbalanced. With over half of the earnings concentrated in soybean oil and large shares in garments and carpets, Nepal’s export basket is highly vulnerable. Any decline in global demand or trade restrictions on soybean oil could sharply reduce Nepal’s foreign exchange earnings.

    Experts warn that this over-dependence makes Nepal’s economy fragile. Without diversification into other sectors such as IT services, high-value agriculture, processed food, and manufacturing, the sustainability of this growth remains questionable.

    Nepal’s export growth in the first two months of FY 2082/83 is promising, but the underlying reality is that the country is still dependent on a narrow range of products. For long-term resilience, Nepal must focus on diversifying exports, enhancing domestic value chains, and exploring new markets beyond its traditional partners.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026