नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन
Author
NEPSE TRADING

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ बुकक्लोज भएपछि समायोजन गरेको हो।
नेप्सेका अनुसार, कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस सेयर र युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस सेयर घोषणा गरेपछि सेयर मूल्य समायोजन गरिएको हो।
समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयर मूल्य रु ४७७.७३ कायम भएको छ भने युनिभर्सल पावर कम्पनीको सेयर मूल्य रु ३८०.२८ कायम भएको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामना सेवा विकास बैंकको सेयर प्रतिकित्ता रु ५२५.५० र युनिभर्सल पावरको सेयर रु ४१४.५० मा अन्तिम कारोबार भएको थियो। सोही मूल्यलाई आधार मानेर नेप्सेले समायोजन गरेको हो।
यसरी समायोजित मूल्यलाई आधार बनाएर आजदेखि दोस्रो बजारमा यी कम्पनीहरूको कारोबार सुरु हुनेछ।