
Top
1 min read
NEPSE TRADING
नेप्सेद्वारा नयाँ कारोबार तालिका सार्वजनिक, अब सोमबारदेखि शुक्रबारसम्म मात्र शेयर कारोबारNEPSE Announces New Trading Schedule; Stock Market to Operate Monday to Friday Only
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले शेयर कारोबार सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको अनुसार गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कारोबार दिनहरूमा परिवर्तन गरिएको हो। मन्त्रिपरिषद्ले साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई आधार मानेर नेप्से सञ्चालक समितिको बैठकले अब शेयर बजार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा सञ्चालन हुने जनाएको छ । यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको कारोबार अब आइतबार सार्वजनिक बिदा भएकाले बन्द रहनेछ।
The Nepal Stock Exchange Limited (NEPSE) has announced a new trading schedule for the stock market. According to NEPSE, the change follows the decision made by the Council of Ministers during its meeting held on Chaitra 22. The government decided to grant public holidays on two days of the week—Saturday and Sunday—and set official working hours from 9:00 AM to 5:00 PM. In line with this decision and the NEPSE Board meeting held on the same date, stock trading will now take place from Monday to Friday during the existing trading hours. Previously, trading was conducted from Sunday to Thursday, but with Sunday now designated as a public holiday, the market will remain closed on that day.




