NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Breaks Psychological Barrier: Crosses 3000 Mark, Strong Technical Signals, Instituti...
    प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाब
    Investor
    2 min read
    Published on July 29, 2025
    NEPSE TRADING

    प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाबNEPSE Breaks Psychological Barrier: Crosses 3000 Mark, Strong Technical Signals, Institutional Buying Surge

    नेपाली सेयर बजारले मंगलबार ३ हजार विन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गर्दै नयाँ उचाई हासिल गरेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.७ विन्दुमा पुगेको छ, जुन विगत ५२ साता यताकै उच्च विन्दु हो। आइतबार नेप्से इन्ट्रा डेमा ३०१३ सम्म पुगे पनि बजार बन्द हुँदा २९६४ मा झरेको थियो। तर मंगलबारको बजारले फेरि उकालो लिँदै ३०२८ सम्म पुगेर अन्त्यमा ३००२.७ मा क्लोज गरेको हो।

    प्राविधिक विश्लेषण अनुसार हालको प्रतिरोध क्षेत्र ३०००–३०५० विन्दुबीच देखिन्छ। यो स्तर पार गरेपछि अर्को प्रतिरोध ३१८०–३२३० विन्दुमा रहने अनुमान छ। तल झरेमा बजारले २७५०–२८०० विन्दुमा सपोर्ट पाउने प्रक्षेपण गरिएको छ। यसपटकको बजार वृद्धिले छोटो समयमै धेरै विन्दु पार गरेकोले अझै उचाई बाँकी रहेको संकेत मिलेको छ।

    साउन महिनाभित्र ३०५० पार गरेर ३२०० नजिक पुग्ने धेरै लगानीकर्ताको अपेक्षा देखिन्छ। यो वृद्धिको पछाडि नीतिगत सुधार, मौद्रिक नीति, ब्याजदरमा गिरावट, तथा तरलताको भूमिका देखिन्छ। राष्ट्र बैंकको नीतिले शेयर बजारमैत्री वातावरण बनाएको छ – कर्जा जोखिम भार १००% मा झारिएको, धितो कर्जाको सीमा २५ करोड पुर्याइएको, र ब्याजदर ८% भन्दा तल झरेको छ। सिडी रेसियो पनि ७५% आसपास छ, जसले बैंकहरूमा लगानीयोग्य पूँजी पर्याप्त रहेको देखाउँछ।

    कम ब्याजदरले मुद्दती खाताबाट पैसा झिकेर शेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढेको छ। समग्रमा हेर्दा, अहिलेको बजार वृद्धिमा रणनीतिक, आर्थिक र मनोवैज्ञानिक सबै पक्षको मिलन देखिएको छ। यदि बजारले प्रतिरोध पार गरेर स्थायित्व कायम राख्न सक्यो भने नयाँ बुल ट्रेन्ड सुरु हुने संकेत प्रष्ट देखिन्छ।

    प्रविधिक विश्लेषण

    प्रविधिक विश्लेषक अजित खनालका अनुसार मंगलबारको बजारले महत्वपूर्ण प्राविधिक संकेत दिएको छ। सोमबारको बजारमा बनेको नकारात्मक "ह्याङ्गिङ म्यान" क्यान्डललाई मंगलबारको ग्याप अप ओपनिङले प्राविधिक रूपमा 'इनभ्यालिड' बनाएको छ। मंगलबारको क्यान्डल सोमबारको उच्च भन्दा माथि क्लोज हुँदा नेगेटिभ ट्रेन्ड असफल प्रमाणित भएको छ।

    यस दिनको क्यान्डल अनुसार आगामी लक्ष्य ३०४८ विन्दु रहने विश्लेषकहरूको अनुमान छ। बजार ३००० माथि बलियो रूपमा टिकिरहेको छ, जुन थप उचाईको संकेत हो। कारोबार रकम थोरै घटे पनि बजारको गति बलियो देखिएको छ। दिउँसो २:३० बजेपछि बैंकिङ र हाइड्रो समूहले बजारलाई राम्रो सहयोग गरेका थिए। तर अन्तिम ५ मिनेटमा बैंकिङमा केही ठूला लगानीकर्ताबाट भारी सप्लाई देखिएको थियो, जसले अल्पकालीन उतारचढाव ल्याउन सक्छ तर ट्रेन्डमा असर नगर्ने भनिएको छ।

    बैंकिङ समूहको कारोबार हिस्सा कुल कारोबारको १५% पुगेको छ। १० ठूला बैंकमध्ये ७ बैंकमा खरिदकर्ताको दबाब देखिएको छ, जुन बुल ट्रेन्डलाई बल दिन्छ। ग्यापअप ओपन, नेगेटिभ क्यान्डलको इन्भ्यालिडेसन, ३००० माथिको क्लोजिङ, र सक्रिय बैंकिङ/हाइड्रोले बजारलाई प्राविधिक रूपमा बलियो बनाएको छ। यदि बजारले ३०४८ पार गर्‍यो भने, अर्को लक्ष्य ३१८० विन्दुसम्म पुग्ने प्रक्षेपण देखिन्छ।

    ब्रोकर विश्लेषण

    मंगलबार ठूला ब्रोकरहरूले बजारमा खरिदको दबाब देखाएका छन्। १० ठूला ब्रोकरमध्ये ८ ब्रोकरले सेलभन्दा बढी बाइ गरेका छन् भने २ ब्रोकरले सेल बढी देखाएका छन्। ब्रोकर नम्बर ५८ ले मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा, १ अर्ब ४६ करोडको बाइ र १ अर्ब ५६ करोडको सेल गरेको देखिन्छ।

    आजको बजारमा जी भि एल, सानीमा, फस्ट माइक्रो जस्ता स्टकहरू क्रमशः ब्रोकर ५८, ४४ र ५८ बाट बढी उठाइएको देखिन्छ। यसले ब्रोकरहरूको सक्रियता र संस्थागत बाइङ दबाबले बजारमा आशावाद अझै कायम रहेको पुष्टि गर्छ।

    The Nepali stock market has finally breached the psychological resistance of 3000 points on Tuesday, reaching a new height. NEPSE index climbed by 30.76 points to close at 3002.7—its highest in 52 weeks. On Sunday, the index had reached 3013 intraday but corrected back to 2964 by the close. However, Tuesday's session saw a strong upward move, closing above 3000 after peaking at 3028 intraday.

    Technical analysts suggest that NEPSE's resistance zone lies between 3000–3050 points. If this level is broken, the next major resistance is projected around 3180–3230 points. On the downside, support is seen near 2750–2800. Compared to the previous bull trend, the current rally has crossed significant levels in a short time, implying further upside potential.

    Many investors are optimistic that NEPSE could reach 3050 within the month of Shrawan and potentially hit 3200 afterward. Apart from technicals, supportive government policies, NRB’s monetary policy, improved liquidity, and low interest rates are driving this rally.

    NRB's new policy has lowered the credit risk weight to 100% and increased the loan limit against shares to NPR 250 million. This, combined with interest rates below 8% and CD ratio around 75%, indicates ample investable liquidity in banks—over NPR 900 billion. As fixed deposit returns are low, investors are shifting toward the stock market in search of better returns.

    In essence, this rally is fueled by a combination of strategic, economic, and psychological factors. The correction was short-lived, and the resistance test, policy support, and favorable financial indicators are aligning to support a potential new bull trend. If the index can hold above resistance, it may signal the start of a historic breakout.

    Technical Analysis

    According to technical analyst Ajit Khanal, Tuesday's market provided a crucial bullish signal. The market opened with a gap-up, invalidating the previous day’s bearish hanging man candle. NEPSE closed above Monday’s high, negating the negative sentiment and establishing a bullish stance.

    Today’s strong closing suggests the next technical target is 3048. NEPSE has maintained a solid base above 3000, increasing the likelihood of further upside. Despite a slight dip in turnover, the market remains strong. Heavy buying from the banking and hydropower sectors after 2:30 PM helped the index, although the last 5 minutes saw some institutional selling in banks. This may cause short-term volatility but is not expected to hurt the broader trend.

    Banking sector contributed 15% of total trades today—second highest among sectors. Among ten major banks, seven saw buying dominance, reinforcing the bullish trend.

    Gap-up opening, candle invalidation, close above 3000, and active banking/hydro sectors are all strong technical indicators. If NEPSE crosses 3048, the next likely target is around 3180. Optimism is returning, and momentum suggests more highs ahead.

    Broker Analysis

    Today, large brokers increased their buying pressure. Among the top 10 brokers, 8 had higher buy than sell volumes. Only two had more selling. Broker no. 58 executed trades worth over NPR 3 billion, with NPR 1.46 billion in buys and NPR 1.56 billion in sells.

    Stocks like GBL, Sanima, and First Micro were heavily accumulated by brokers 58, 44, and 58 respectively—indicating strong institutional interest and bullish sentiment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026