काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हरियालीमा बन्द भएको छ। अघिल्लो बिहीबार देखिएको सुधारलाई निरन्तरता दिँदै नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.८१ अंकले, फ्लोट इन्डेक्स ०.०७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले उक्लिएका छन्।
कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। बिहीबारको ७ अर्ब ८७ करोड रुपैयाँको तुलनामा आइतबार १० अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ८९ हजारभन्दा बढी पटकको कारोबारमा २ करोड ८४ लाख कित्ता सेयर किनबेच भएको हो।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्किट लेभलमा पुगेका छन्। भूगोल इनर्जी, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्ट कम्पनीका सेयरहरू पनि ७ प्रतिशतभन्दा बढीले उक्लिएका छन्। यद्यपि विन नेपाल लघुवित्त १० प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावट देखाउने कम्पनी बन्यो।
कारोबार रकममा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो, जसको कारोबार ८६ करोड १७ लाख रुपैयाँभन्दा बढीमा सीमित रह्यो।
प्राविधिक विश्लेषण : बजार सपोर्टमा टिकेको, तर अझै प्रष्ट दिशा बाँकी

नेप्से परिसूचकले डबल बटम जस्तो देखिने संरचनाबाट समर्थन लिएको देखिन्छ। अघिल्लो सेसनको डोजी क्यान्डल पछि बजारले सपोर्ट एरियाबाट उकालो लाग्ने संकेत देखाएको छ। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सपोर्ट बेसबाट रिभर्सलको सम्भावना बलियो बनाएको छ।
तर, मिडल ब्यान्ड ब्रेकआउट नभएकाले बजारले अझै प्रष्ट दिशा समातेको छैन। भोलिको मन्त्रीपरिषद् बैठकमा नयाँ गभर्नर नियुक्ति सकारात्मक रहेमा बजारले बलियो ब्रेकआउट देखाउन सक्ने अपेक्षा गरिएको छ।
ब्रोकर विश्लेषण : खरिदतर्फ चासो बढ्दै

ब्रोकर ५८ ले सबैभन्दा धेरै १६३ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ, यद्यपि बिक्री अलि बढी देखिएको छ। ब्रोकर ४५ र ३४ ले खरिदतर्फ बलियो चासो देखाएका छन्। विशेषगरी ब्रोकर ५७ को खरिद-बिक्री अनुपात १.१७ रहेको छ, जुन खुद्रा लगानीकर्ताको सक्रियता देखाउँछ।
हिटम्याप विश्लेषण : जलविद्युत् र लगानी समूह चम्किए

जलविद्युत् समूहमा ङादी ग्रुप पावर, अपर हेवा र राधी विद्युत कम्पनीले क्रमशः ७.५५%, ७.०७% र ७.१२% वृद्धिको दर देखाए। लगानी समूहमा पनि जुम्ल्याहा वृद्धि देखिएको छ — जस्तै ज्क्ष्म्ऋीए ८.०५% र ज्क्ष्म्ऋी ४.७७%ले उक्लिएका छन्।
यद्यपि बैंकिङ र माइक्रोफाइनान्स समूहमा दबाब कायमै छ। कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरहरू क्रमशः १.८१% र १.१२%ले घटेका छन्।
बजार सपोर्ट क्षेत्रमा टिक्न सफल भएको छ र जलविद्युत् तथा लगानी समूहको चमकले केही सकारात्मकता भित्रिएको छ। तर प्रमुख बैंकिङ स्टकहरूबाट बलियो समर्थन नआउँदासम्म नेप्से परिसूचकले बलियो ब्रेकआउट दिन सजिलो छैन। भोलिको राजनीतिक निर्णयले बजारको आगामी दिशा निर्धारण गर्नेछ।








