
Top
1 min read
NEPSE TRADING
अन्तिम समयमा सुधारिँदा नेप्से सामान्य बढेर बन्दNEPSE Closes Slightly Higher After Late Recovery
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक अन्तिम समयमा सामान्य सुधार भई सकारात्मक रूपमा बन्द भएको छ । साताभर निरन्तर गिरावट देखिएको बजार यस दिन कारोबार अवधिभर नकारात्मक रहे पनि अन्त्यतिर सुधारिँदै १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेको हो । फ्लोट इण्डेक्स सामान्य वृद्धि भए पनि सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इण्डेक्स घटेका छन्। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ्दै ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य उल्लेख्य रूपमा बढेको छ । रिडी हाइड्रोपावर शीर्ष कारोबारमा रहँदा रिलायन्स स्पिनिङ मिल्स र नेशनल हाइड्रोपावर पनि उच्च कारोबारमा देखिएका छन् । १३ उपसमूहमध्ये ६ उपसमूहमा वृद्धि र ७ उपसमूहमा गिरावट देखिएको छ ।
On the last trading day of the week, the NEPSE index closed slightly higher after a late recovery. Despite remaining negative throughout most of the trading session and continuing its downward trend from the start of the week, the index rebounded at the end, gaining 1.54 points to reach 2788.70. While the float index saw a marginal increase, the sensitive and sensitive float indices declined. The total turnover also improved compared to the previous day, exceeding NPR 5.27 billion. Shares of Palpa Cement, Shikhar Power Development, and Mai Khola Hydropower hit positive circuit levels, while Corporate Development Bank recorded a notable price surge. Ridi Hydropower led in turnover, followed by Reliance Spinning Mills and National Hydropower. Among 13 subgroups, 6 recorded gains while 7 declined.




