
Top
1 min read
NEPSE TRADING
नेप्से लगातार गिरावटमा, तीन दिनसम्म घटेर २,८०० विन्दुभन्दा तल झर्योNEPSE Continues Downtrend, Falls for Third Consecutive Day Below 2,800 Level
बिहीबार नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन घट्दै १७.०१ अंकले घटेर २,७८७.१५ विन्दुमा बन्द भएको छ । यससँगै नेप्से १० कारोबार दिनपछि पुनः २,८०० विन्दुभन्दा तल झरेको हो । कारोबार रकम पनि घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो दिन ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो । यस दिन ३४८ स्टकको कारोबार भएकोमा केही कम्पनीको मूल्य सर्किट लेभलमा बढे पनि समग्र बजार दबाबमा रह्यो । पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट सकारात्मक सर्किटमा रहे भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सबैभन्दा बढी ११.७९ प्रतिशतले घट्यो । उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार मात्र बढे भने होटल तथा पर्यटन, वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहमा गिरावट देखियो ।
On Thursday, the NEPSE index declined for the third consecutive trading day, falling by 17.01 points to close at 2,787.15, slipping below the 2,800 level for the first time in 10 trading sessions. Market turnover also dropped significantly to Rs. 5.09 billion from Rs. 7.81 billion in the previous session. A total of 348 stocks were traded, with overall market sentiment remaining weak despite some individual gains. Palpa Cement Industries and Shikhar Power Development hit the positive circuit, while Surya Kunda Hydro Electric recorded the steepest decline of 11.79%. Among sectoral indices, only Manufacturing & Processing and Trading posted gains, whereas Hotel & Tourism, Finance, Hydropower, and Non-life Insurance sectors witnessed notable declines.




