NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Corrects After 6-Day Rally; High Broker-Side Selling Seen, Profit Booking Dominates
    नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहर
    Investor
    2 min read
    Published on July 7, 2025
    NEPSE TRADING

    नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहरNEPSE Corrects After 6-Day Rally; High Broker-Side Selling Seen, Profit Booking Dominates

    लगातार ६ दिनसम्म उकालो लागेको नेपाली पूँजी बजारमा सोमबार करेक्सन आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, सोमबार नेप्से परिसूचक २२.३५ अंकले घट्दै २६८४.०१ विन्दुमा आएर बन्द भयो। यो गिरावटसँगै सूचक २७०० को मनोवैज्ञानिक सीमाभन्दा तल झरेको छ। पछिल्ला ६ दिनमा सूचक ११०.५९ अंकले बढेको थियो। सोमबारको गिरावटलाई विश्लेषकहरूले अल्पकालीन मुनाफा सुरक्षित गर्ने लगानीकर्ताको स्वाभाविक मनोवृत्तिको परिणाम मानेका छन्।

    कारोबार रकम घट्यो, म्याचिङको शंका

    सोमबारको कुल कारोबार ८ अर्ब ३७ करोड रुपैयाँमा सिमित भयो, जुन अघिल्लो दिनको ९ अर्ब ५० करोडभन्दा कम हो। कुल ३११ स्टकको ७१ हजार ३१३ पटक कारोबार हुँदा १ करोड ९४ लाख कित्ता शेयर किनबेच भएको छ।
    सबैभन्दा धेरै कारोबार (NRIC) मा देखियो, जसको ८० करोडभन्दा बढीको कारोबार भयो।
    ब्रोकर नं. ५५ ले मात्रै २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ, जसमा उसले NRIC को कुल बाईको ८४% (५.१६ लाख कित्ता) किनेर, ४१% (२.५४ लाख कित्ता) सेल गरेको हो — जसका कारण सो स्टकमा म्याचिङ कारोबारको शंका उत्पन्न भएको छ।

    सर्वाधिक मूल्य वृद्धिदेखि गिरावटसम्म

    सोमबार सर्वाधिक मूल्य वृद्धि भएको स्टक मैलुङ खोला जलविद्युत कम्पनी हो, जसको शेयर मूल्य ६.५६% ले बढ्यो। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक (६%) र भगवती हाइड्रोपावर (४%) ले दोस्रो र तेस्रो स्थान पाए।
    विपरीत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन को शेयर १०% ले घट्दै सबैभन्दा धेरै मूल्य गिरावट भएको स्टक रह्यो।

    उपसमूह विश्लेषण: ११ उपसमूह राताम्य

    नेप्सेमा सूचीकृत १३ मध्ये ११ उपसमूहहरू राताम्य भए।

    • सबैभन्दा धेरै गिरावट वित्त समूहमा देखियो, जुन ३.७६% ले घट्यो।

    • जलविद्युत, उत्पादन तथा प्रशोधन, र व्यापार उपसमूह क्रमशः १% भन्दा बढीले घटे।

    • केवल होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूह हरियालीमा रहे।

    प्राविधिक विश्लेषण: डाउनसाइड संकेत

    नेप्सेले अघिल्लो दिन बनेको डोजी क्यान्डलको लो लेभल ब्रेक गरेपछि बजारमा विक्री पक्ष बलियो भएको देखिएको छ।

    • आजको क्यान्डलले नेगेटिभ ट्रेन्डलाई कनफर्म गरेको छ।

    • सूचक अब २०० दिनको मुभिङ एभरेज (लगभग २६७४) नजिक समर्थन खोज्न सक्छ।

    • RSI ५८.२६ मा रहेकाले अझै ओभरबोट अवस्थामा नरहे पनि, डाउनसाइडको चेतावनी दिइरहेको छ।

    ब्रोकर विश्लेषण: सेल हावी, बाई न्यून

    • ठूला १० ब्रोकरमध्ये ८ ब्रोकरले सेल (बिक्री) बढी गरेका छन्।

    • ब्रोकर नं. ५५ ले सबैभन्दा धेरै बाई गरे पनि अधिकांश ब्रोकरहरूले विक्रीमै केन्द्रित रहे।

    • ब्रोकर ५८ ले ३९ करोडको बाई र ४३ करोडको सेल गर्‍यो।

    • ब्रोकर ३४ ले ३० करोडको बाई र ४१ करोडको सेल गरेको देखिन्छ।

    बजारले लगातारको वृद्धिपछि सामान्य करेक्सन लिएको देखिएको छ। तर समग्रमा तरलता सन्तोषजनक रहँदा, आगामी मौद्रिक नीतिको घोषणाले बजारलाई पुनः सक्रिय गराउने अपेक्षा गर्न सकिन्छ। अल्पकालीन मुनाफा सुरक्षित गर्ने लहर, ब्रोकरहरूको क्रेडिट मिलान, तथा टेक्निकल सपोर्ट जोनको परीक्षणले आगामी दिनमा बजारको दिशा निर्धारण गर्नेछ।

    After rising for six consecutive trading days, the NEPSE index saw a correction on Monday. According to the Nepal Stock Exchange (NEPSE), the index dropped by 22.35 points, closing at 2684.01, falling below the psychological support level of 2700. The recent rally had pushed the index up by 110.59 points over six days. Analysts attribute the correction to short-term investors booking profits after a sustained uptrend.

    Trading Volume Declines; Suspected Matching in Key Stocks

    The total trading volume stood at NPR 8.37 billion, lower than the NPR 9.5 billion recorded the previous day. A total of 71,313 transactions took place across 311 stocks, resulting in the exchange of 19.4 million shares.
    The highest turnover was seen in Nepal Reinsurance Company (NRIC), with over NPR 807 million in trades.
    Broker No. 55 alone recorded NPR 2 billion in turnover, buying NPR 1.16 billion worth and selling NPR 810 million. It accounted for 84% of total buy and 41% of total sell in NRIC, raising suspicion of possible matching trades.

    Top Gainers and Losers

    The biggest gainer was Mailung Khola Hydropower, which rose 6.56%, followed by Corporate Development Bank (up over 6%) and Bhagawati Hydropower (up 4%).
    The steepest decline was seen in Rapti Hydro and General Construction, which fell by 10%.

    Sector Performance: Only 2 in Green

    Out of 13 sectoral sub-indices:

    • Only two (Hotel & Tourism and Mutual Funds) closed in green.

    • The Finance sector declined the most, falling 3.76%.

    • Hydropower, Manufacturing & Processing, and Trading sectors each dropped by over 1%.

    Technical Analysis: Breakdown from Doji Support

    NEPSE broke below the low of the previous session’s Doji candle, a key support zone.

    • This confirms increasing seller dominance and signals a bearish trend.

    • The index is now expected to test the 200-day moving average (around 2674).

    • RSI currently stands at 58.26, which is below overbought levels but indicates potential downside.

    • Decreasing daily turnover suggests weakening buying interest, especially in the hydropower sector, which is facing sustained supply pressure.

    Broker Behavior: Sellers in Control

    Among the top 10 brokers:

    • 8 brokers sold more than they bought.

    • Broker 55 dominated buying, particularly in NRIC and GMLI:

      • Bought 516,000 NRIC shares, sold 254,000.

      • Bought 169,000 GMLI shares.

    • Broker 58: NPR 390M buy vs NPR 430M sell.

    • Broker 34: NPR 300M buy vs NPR 410M sell.

    After a strong start to the week, the market has paused for correction as investors lock in short-term profits. With adequate market liquidity and anticipation building around the upcoming monetary policy announcement, a rebound is possible in the near term. However, technical patterns and broker activities suggest that selling pressure may continue in the short term, especially with credit limit adjustments ahead of fiscal year-end settlements.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026