NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Crosses 2600, Major Investors Focused on Buying
    नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रिय
    Investor
    2 min read
    Updated on January 19, 2025
    Dipesh Ghimire

    नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रियNEPSE Crosses 2600, Major Investors Focused on Buying

    आइतबार नेपाली शेयर बजारमा सकारात्मक वातावरण देखियो। नेप्से सूचक १२.५८ अंकले वृद्धि भई २६०१.२१ अंकमा पुगेको छ। ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको यस दिन लगानीकर्ताको उत्साह उच्च देखियो। १३ मध्ये १० समूहको सूचक हरियो भएको छ।

    सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मादी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर रहेका छन्। कुल ३२५ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

    वाणिज्य बैंकहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएसँगै लगानीकर्ताहरू आगामी बजार अवस्थाको अनुमान गर्न सक्रिय छन्।
    बजारलाई समर्थन गर्ने मुख्य कारणहरूमा घट्दो ब्याजदर र बैंकिङ प्रणालीमा रहेको तरलता समावेश छन्। तथ्यांकले देखाएको छ कि धितो कर्जा लिने क्रम २० प्रतिशतले वृद्धि भएको छ, जसले सेयरको माग बढाइरहेको छ।

    नेप्सेले यसअघि २५०० को मनोवैज्ञानिक बिन्दु गुमाए पनि आइतबार २६०० को स्तरमा फर्किन सफल भएको छ। बजारले यसअघि २७८० अंक पार गर्न नसकेपछि २४०० अंकसम्म झरेको थियो। धेरै विश्लेषकहरूले माघ लागेसँगै सुधारको संकेत देखिएको बताएका थिए।

    विश्लेषकहरूले लाभांश क्षमता राम्रो भएका कम्पनीहरूमा योजनाबद्ध लगानी गरेमा जोखिम न्यूनीकरण गर्न सकिने धारणा राखेका छन्। तर, बैंकहरूको मुनाफामा ठूलो गिरावट आउन सक्ने डरले केही लगानीकर्ता ‘पर्ख र हेर’ अवस्थामा रहेका छन्।

    प्राविधिक विश्लेषण

    नेप्से ट्रेडिङको प्रविधिक टोलीद्वारा तयार गरिएको चार्टले २५५० को समर्थन र २६४७ को प्रतिरोध तह चित्रित गरेको छ।
    यदि नेप्से सूचक २६४७ भन्दा माथि बन्द भए लगानीकर्तालाई किन्ने सिफारिस गरिएको छ, जसले बजारलाई नयाँ उचाइमा लैजान सक्छ। तर, २५५० भन्दा तल बन्द भएमा बेच्ने सिफारिस गरिएको छ।

    आज बैंकीङ क्षेत्रले ड्र्यागनफ्लाई डोजी क्यान्डलस्टिक बनाएको छ, जसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। केही विश्लेषकहरूले यसलाई रिभर्सलको संकेत भनेका छन्।

    ब्रोकर विश्लेषण

    आजका प्रमुख १० ब्रोकरहरूको गतिविधि हेर्दा ८ ब्रोकरले बाई बढी गरेका छन्, जबकि २ ब्रोकरले सेल बढी गरेका छन्।

    • ब्रोकर नं. ५८ ले सबैभन्दा धेरै कारोबार गर्दै ३६ करोड ४९ लाख रुपैयाँको बाई र ३२ करोड ९२ लाख रुपैयाँको सेल गरेको छ।

    • ब्रोकर नं. ६५ ले ३४ करोड २९ लाख रुपैयाँको बाई र २४ करोड ४९ लाख रुपैयाँको सेल गरेको देखियो।

    • ब्रोकर नं. ४९ ले भने २० करोड ६२ लाख रुपैयाँको सेल गर्दा १४ करोड ५० लाख रुपैयाँको मात्र बाई गरेको छ।

    स्टक विश्लेषण गर्दा:

    • सुपर मादी हाइड्रोपावरमा ब्रोकर नं. ६५ ले कुल ९३ प्रतिशत खरिद गरी १ लाख ९१ हजार कित्ता लिएको छ, जबकि ६२ प्रतिशत सेल गरेको देखिन्छ।

    • नेपाल बैंकमा ब्रोकर नं. ३३ ले कुल ५१ प्रतिशत खरिद गरेको छ।

    • सानिमा बैंकमा ब्रोकर नं. ४४ ले ४४ प्रतिशत खरिद गरेको देखियो।

    बजार सुधारको यो लहरलाई निरन्तरता दिन सकारात्मक वित्तीय सूचकहरू र स्पष्ट आर्थिक तथ्यांकहरू आवश्यक हुने विश्लेषकहरूले बताएका छन्।

    Sunday marked a positive day for the Nepali stock market as the NEPSE index rose by 12.58 points, reaching 2601.21 points. With over 6.25 billion NPR in trading volume, investors displayed increased enthusiasm. Out of 13 sectors, 10 sectors closed in green.

    The highest trading volume was recorded by NRN Infrastructure and Development, with trades worth 260.85 million NPR. It was followed by Super Madi Hydropower and Sanima Middle Tamor Hydropower in second and third positions, respectively. A total of 129 million shares of 325 companies were traded.

    The ongoing disclosure of second-quarter financial reports of commercial banks has made investors more active in predicting the market's future.
    Key factors supporting the market include declining interest rates and the ample liquidity in the banking system. Reports show that the demand for margin loans has increased by 20%, driving up demand for stocks.

    Previously, NEPSE had dipped below the psychological level of 2500 points but regained its position above 2600 on Sunday. Analysts believe the market is striving for recovery, especially after its earlier drop from a high of 2780 points to 2400 points. Many experts had forecasted signs of recovery with the start of the Nepali month of Magh.

    Investors are advised to focus on companies with strong dividend potential to mitigate risks. However, concerns remain about the potential decline in bank profits, prompting some investors to adopt a 'wait-and-see' approach.

    Technical Analysis

    According to NEPSE Trading’s technical team, the current support level is 2550 points, while the resistance level stands at 2647 points.
    If the index closes above 2647, it is recommended to buy, signaling a potential rally. Conversely, a close below 2550 may suggest selling pressure.

    The Dragonfly Doji candlestick pattern formed in the banking sector is seen as a positive indicator, with analysts suggesting a possible reversal.

    Broker Analysis

    A review of trading activities among the top 10 brokers shows that 8 brokers predominantly engaged in buying, while 2 brokers leaned towards selling.

    • Broker No. 58 conducted the highest volume, with 364.9 million NPR in buy trades and 329.2 million NPR in sell trades.

    • Broker No. 65 recorded 342.9 million NPR in buy trades and 244.9 million NPR in sell trades.

    • Broker No. 49, however, sold more, with 206.2 million NPR in sell trades compared to 145 million NPR in buys.

    In stock-wise trading:

    • Super Madi Hydropower saw Broker No. 65 accounting for 93% of purchases, buying 191,000 shares while also selling 62% of its shares.

    • Nepal Bank saw Broker No. 33 buying 51% of total trades.

    • Sanima Bank had Broker No. 44 purchasing 44% of total trades.

    Despite the positive signals, financial reports will play a crucial role in determining the market's future trajectory. Positive results could lead to new highs, while negative reports might dampen investor confidence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026