NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  1. News
  2. Investor
  3. NEPSE Declines Again — Investors Cautiously Hope After Ministry’s Reform Directive
शेयर बजार पुनः ओरालो – अर्थ मन्त्रालयको निर्देशपछि लगानीकर्तामा आशा र अनिश्चितता
Investor
2 min read
Published on October 8, 2025
NEPSE TRADING

शेयर बजार पुनः ओरालो – अर्थ मन्त्रालयको निर्देशपछि लगानीकर्तामा आशा र अनिश्चितताNEPSE Declines Again — Investors Cautiously Hope After Ministry’s Reform Directive

काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन मंगलबार झैँ यस दिन पनि बजारमा गिरावट निरन्तर रह्यो । लामो समयदेखि उतारचढावमा रहेको पूँजी बजार अझै स्थिर हुन नसक्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ । लगातार दुई दिनको गिरावटसँगै बजारले महत्वपूर्ण २५८० को सपोर्ट तह तोडेको छ, जसलाई प्राविधिक रूपमा कमजोर संकेतका रूपमा हेरिएको छ ।

अर्थ मन्त्रालयको सुधार पहल

लगानीकर्ताको आत्मविश्वास घटिरहेको बेला अर्थ मन्त्रालयले पूँजी बजार सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि ठोस कदम चाल्दै सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । कार्यदलले असोज ९ गते उक्त प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको थियो ।

सोही दिन मन्त्रालयले प्रतिवेदनका बुँदाहरू तत्काल लागू गर्नका लागि पत्राचार गरेर नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीलाई परिपत्र गरेको बताइएको छ । तर, मन्त्रालयले उक्त निर्देशनलाई औपचारिक रूपमा सार्वजनिक नगरेपछि लगानीकर्तामाझ केही असमन्जस देखिएको छ । धेरै लगानीकर्ताले निर्देशनको विषयमा स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन् ।

मन्त्रालयको परिपत्रमा विशेष गरी मर्जिन कारोबारमा सहजीकरण, धितो कर्जाको सीमा निर्धारण, पारदर्शी सूचना प्रणाली र लगानीकर्ता सुरक्षासम्बन्धी प्रावधान रहेका छन् । बजार विश्लेषकहरूका अनुसार यो कदम पूँजी बजार सुधारतर्फको निर्णायक सुरुवात हो र यदि तीन महिनाभित्र सबै निकायहरूले तोकिएको कार्य पूरा गरे भने बजार दीर्घकालीन रूपमा स्थिर हुने अपेक्षा गर्न सकिन्छ ।

बजार तथ्याङ्क

बुधबारको कारोबारमा नेप्से परिसूचक २५५९.५९ विन्दुमा झर्दा कारोबार रकम भने अघिल्लो दिनभन्दा वृद्धि देखियो । मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

कुल ३३५ कम्पनीका ६३ हजार ५०९ पटकको कारोबारमा १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको थियो ।

शीर्ष कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो जसको कारोबार २६ करोड १६ लाख रुपैयाँ बराबर भयो । त्यसपछि यूनियन हाइड्रोपावर लिमिटेड (२४ करोड रुपैयाँ) र सिनर्जी पावर डेभलपमेन्ट (२२ करोड रुपैयाँभन्दा बढी) दोस्रो र तेस्रो स्थानमा परे ।

बढ्ने र घट्ने कम्पनीहरू

दिनको शीर्ष बढ्ने कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य ७.०९ प्रतिशतले बढ्दै पहिलो स्थानमा रह्यो । त्यस्तै एनआईएमबी डिबेञ्चर २०९० करिब ६ प्रतिशत र आत्मनिर्भर लघुवित्त करिब ५.९ प्रतिशतले बढेका थिए ।

तर, प्रभु इन्स्योरेन्स ६.१२ प्रतिशतले घट्दै सबैभन्दा बढी घट्ने कम्पनीको सूचीमा शीर्ष स्थानमा रह्यो ।

उपसमूहगत स्थिति

बुधबार १३ वटै उपसमूह घटेका छन् ।
सबैभन्दा बढी वित्त उपसमूह ३.०९ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन उपसमूह ३ प्रतिशतले, साथै विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहमा पनि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

लगातार घट्दै गरेको बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । विश्लेषकहरूको भनाइमा बजारमा तरलता पर्याप्त भए पनि लगानीकर्ताको विश्वास नफर्केपछि बजारमा उत्साह देखिएको छैन ।

प्राविधिक विश्लेषण

साताको दोस्रो कारोबार दिन बजारले २५८० को महत्वपूर्ण सपोर्ट स्तर तोड्दै २५५९ विन्दुमा बन्द भएको छ ।
प्राविधिक विश्लेषक अजित खनालका अनुसार बजारले लगातार दुई दिनदेखि बियरिस क्यान्डल बनाउँदै आएको छ, जसले बजारमा बेचबिखन (सेलिङ प्रेशर) अझै बलियो रहेको संकेत गर्छ ।

हाल बजारको RSI सूचकांक ओभरसोल्ड जोन नजिक पुगेको छ, जसले अत्यधिक बिक्री दबाबलाई जनाउँछ ।
त्यस्तै बजारले Bollinger Band को लोवर बेन्ड परीक्षण गरिसकेको हुँदा छोटो अवधिमा सानो बाउन्स (सुधारात्मक उछाल) आउन सक्ने अनुमान गरिएको छ ।

तर यदि बजारले तत्काल सकारात्मक संकेत नदिए भने, विश्लेषकहरूको भनाइमा नेप्सेले अघिल्लो २४८२ विन्दुको तल्लो स्तर पुनः परीक्षण गर्न सक्ने सम्भावना पनि छ ।

लगानीकर्ताको मनोविज्ञान र ब्रोकर क्रियाकलाप

बुधबार बजार खुलेदेखि नै नकारात्मक धारणा रह्यो ।
विशेष गरी हाइड्रोपावर क्षेत्रमा प्यानिक सेलिङ प्रमुख कारण बनेको थियो ।
तर दिउँसो करिब १ः४० बजेतिर बजारमा केही सकारात्मक संकेत देखिएको र त्यस अवधिमा कारोबार पनि बढेको पाइएको छ ।

ठूला १० ब्रोकरमध्ये ६ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी बिक्री (सेल) गरेका छन् भने ४ वटा ब्रोकरले बढी खरिद (बाइ) गरेका छन् ।

हाल बजार छोटो अवधिमा प्राविधिक रूपमा कमजोर देखिए पनि अर्थ मन्त्रालयको सुधार सम्बन्धी निर्देशनले लगानीकर्तामा नयाँ आशा जगाएको छ ।
यदि उक्त नीति समयमै लागू भयो भने, बजारमा पारदर्शिता, लगानी सहजता र दीर्घकालीन स्थिरता कायम हुने सम्भावना बलियो छ ।

#NEPSE #NepalStockMarket #NepseUpdate #CapitalMarketNepal #AjitKhanal #TechnicalAnalysisNepal #NepalReinsurance #UnionHydro #SynergyPower #SangrilaDebenture #NIMBDebenture #PrabhuInsurance #NepalEconomy #NepalFinance #StockNewsNepal

The Nepal Stock Exchange (NEPSE) witnessed another decline on Wednesday, marking the second consecutive day of losses in the trading week. Despite earlier hopes of stabilization, the capital market remains volatile, with investors’ confidence weakening further.

The NEPSE index dropped by 45.36 points, closing at 2,559.59 points. The market broke below the crucial 2,580 support level, signaling growing bearish pressure and technical weakness.

Ministry’s Intervention and Reform Efforts

Amid falling investor confidence, the Ministry of Finance has directed concerned regulatory agencies to immediately implement the recommendations of the Capital Market Reform Taskforce Report, submitted on Aswin 9 (September 25, 2025) to Finance Minister Rameshwor Khanal.

According to ministry sources, circulars have been sent to the Nepal Rastra Bank (NRB), Securities Board of Nepal (SEBON), Nepal Stock Exchange (NEPSE), and CDSC for prompt implementation. However, the directive has not been officially made public, creating confusion among investors.

Several investors have expressed dissatisfaction, saying they lack clarity on the government’s specific reform agenda. Nonetheless, regulatory bodies have confirmed receiving the official instruction.

The circular reportedly includes measures on margin trading facilitation, review of collateral lending limits, enhanced transparency, and investor protection frameworks. Analysts view this as a decisive move toward market stability. If the directives are fully implemented within the next three months, long-term transparency and sustainability in Nepal’s capital market are expected.

Trading Overview

Despite the index decline, trading volume increased compared to the previous day.

  • Total Turnover: NPR 5.76 billion (up from NPR 4.62 billion on Tuesday)

  • Total Companies Traded: 335

  • Total Transactions: 63,509

  • Total Shares Traded: 13.75 million

Nepal Reinsurance Company led the turnover list with NPR 261.6 million in transactions. It was followed by Union Hydropower Limited (NPR 240 million) and Synergy Power Development (NPR 220 million+).

Top Gainers and Losers

  • Top Gainers:

    • Sangrila Development Bank Debenture 2087 (+7.09%)

    • NIMB Debenture 2090 (+6%)

    • Aatmanirbhar Laghubitta (+5.9%)

  • Top Loser:

    • Prabhu Insurance (–6.12%)

Sectoral Performance

All 13 sectoral sub-indices declined on Wednesday.

  • The Finance sector led the fall with a 3.09% drop,

  • Followed by Hotels and Tourism (–3%),

  • Development Banks, Hydropower, Investment, and Non-Life Insurance sectors each fell by over 2%.

Market analysts said that despite ample liquidity, investor sentiment remained subdued due to uncertainty over government actions and market direction.

Technical Analysis

According to technical analyst Ajit Khanal, the market’s break below the 2,580-point support zone is a sign of continued selling pressure. The NEPSE closed with a strong bearish candle, suggesting heightened downward momentum.

The Relative Strength Index (RSI) is now approaching the oversold zone, indicating excessive selling activity. Similarly, the index touched the lower Bollinger Band, implying the possibility of a short-term rebound if buying sentiment improves.

However, analysts warn that if the market fails to recover soon, the NEPSE could retest its previous low of 2,482 points in the coming sessions.

Market Sentiment and Broker Activity

The market opened weak and remained negative for most of the session. Panic selling in the hydropower sector was a major drag on the index.

Interestingly, around 1:40 PM, some positive signals emerged as buying volumes picked up briefly.
Out of the top 10 brokers, six were net sellers, while four were net buyers, showing a mixed sentiment among institutional traders.

Though the NEPSE remains technically fragile in the short term, the Finance Ministry’s reform directives have rekindled cautious optimism among investors.
If implemented effectively, these policy measures could restore market transparency, boost investor confidence, and set the foundation for long-term capital market stability in Nepal.

#NEPSE #NepalStockMarket #NepseUpdate #CapitalMarketNepal #AjitKhanal #TechnicalAnalysisNepal #NepalReinsurance #UnionHydro #SynergyPower #SangrilaDebenture #NIMBDebenture #PrabhuInsurance #NepalEconomy #NepalFinance #StockNewsNepal

Trending News

  • Trending2 Jul, 2026

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    Read news
  • Trending2 Jul, 2026

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    Read news
  • Trending2 Jul, 2026

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    Read news

Related News

  • NEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending
    Investor

    3 min read

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Nepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected
    Top

    1 min read

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Government Claims Early Economic Gains Amid Reform Drive
    Top

    2 min read

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Draft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects
    Investor

    1 min read

    कम्पनी ऐन संशोधन मस्यौदामा पूर्वाधार लगानीकर्तालाई नयाँ सुरक्षाDraft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Foreign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive
    Investor

    1 min read

    विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री मूल्य १५१.७६ रुपैयाँ, कुवेती दिनार सबैभन्दा महँगोForeign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive

    Dipesh Ghimire

    ·

    1 Jul, 2026