
नेप्से घट्यो, कारोबार रकम सामान्य बढ्योNEPSE Declines as Turnover Sees Slight Growth
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य सुधार देखिएको बजार यस दिन पुनः दबाबमा परेको हो। यस दिन नेप्से परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा कायम भएको छ। साथै, सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.८७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले घटेका छन्। परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। यस दिन ३४८ वटा स्टकको ४४ हजार ७४४ पटक कारोबार हुँदा कुल ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँभन्दा बढी बराबरको ८९ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ ।
कारोबारका क्रममा अधिकांश उपसमूहमा गिरावट देखिएको छ। १३ उपसमूहमध्ये केवल म्युचुअल फण्ड उपसमूह सामान्य बढेको छ भने व्यापार उपसमूह स्थिर रह्यो। होटल तथा पर्यटन उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखिँदा सो उपसमूह ६८.३३ अंकले घटेको छ। कम्पनीगत प्रदर्शनतर्फ बुंगल हाइड्रोको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ। झापा इनर्जीको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै १७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ। त्यसपछि रिडी पावर र बुंगल हाइड्रोको उच्च कारोबार भएको देखिएको छ ।
The Nepal Stock Exchange (NEPSE) index closed lower on Thursday, reversing the gains recorded in the previous trading session on Wednesday. The benchmark index declined by 12.36 points to settle at 2,742.11 points. Likewise, the Sensitive Index dropped by 1.57 points, while the Float Index and Sensitive Float Index fell by 0.87 points and 0.55 points respectively. Despite the decline in the market index, the daily turnover posted a slight increase. A total of 8.95 million shares of 348 listed stocks were traded through 44,744 transactions, generating a turnover of more than Rs. 3.89 billion.
Sector-wise, most sub-indices ended in the red. Out of 13 subgroups, only the Mutual Fund subgroup managed to gain slightly, while the Trading subgroup remained unchanged. The Hotel and Tourism subgroup suffered the highest decline, dropping by 68.33 points. In terms of individual stock performance, Bungal Hydro recorded a gain of over 6 percent, whereas Upper Lohore Khola Hydropower Company suffered the steepest decline of 14.95 percent. Jhapa Energy also fell by more than 8 percent during the session. Based on turnover, Ankhu Khola Hydropower Company emerged as the top-traded company with transactions worth over Rs. 177.2 million, followed by Ridi Power and Bungal Hydro.




