NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Declines Slightly, Market Still in 'Wait and Watch' Mode
    नेप्से सूचक ओरालो, बजार अझै ‘हेर्नु र कुर्नु’को अवस्थामा
    Investor
    2 min read
    Published on June 26, 2025
    NEPSE trading

    नेप्से सूचक ओरालो, बजार अझै ‘हेर्नु र कुर्नु’को अवस्थामाNEPSE Declines Slightly, Market Still in 'Wait and Watch' Mode

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.४५ अंकले घटेर २,५९५.७४ विन्दुमा पुगेको छ। पछिल्ला केही दिनदेखि बजार स्थिर देखिएको छ र सूचक २,६०० को हाराहारीमै घुमिरहेजस्तो छ। आज कूल ७ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन अघिल्ला दिनको तुलनामा केही बढेको हो। कूल ३०६ कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर किनबेच भएको देखिन्छ।

    बुटवल पावर अग्रणी, हाइड्रोमा लगानीकर्ताको ध्यान

    बुटवल पावर कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बन्न सफल भयो, जसको ६२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो। दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर परेका छन्। हाइड्रोपावर समूहमा मात्र कारोबारको ७० प्रतिशत हिस्सा पुगेको छ, जसले लगानीकर्ताको रुचि पुनः जलविद्युततर्फ गएको देखिन्छ।

    आर्थिक वर्षको अन्त्य र मौद्रिक नीति प्रतीक्षाले बजारमा दबाब

    असार मसान्तमा पुग्न लागेकाले बैंकको ब्याज भुक्तानीको झन्झट तथा नयाँ मौद्रिक नीति र कम्पनीहरूको वार्षिक आर्थिक नतिजाको पर्खाइले गर्दा लगानीकर्ता सतर्क बनेका छन्। बजारमा अहिले ‘पर्ख र हेर’को मनोवृत्ति स्पष्ट देखिन्छ।

    टेक्निकल विश्लेषण: सपोर्ट स्तरमै अडिएको बजार

    टेक्निकल हिसाबले बजारमा हालसम्म स्पष्ट ट्रेन्ड देखिएको छैन। पछिल्ला चार दिनका क्यान्डलहरू लगभग एउटै मूल्य क्षेत्रमै क्लोज भएका छन्। आजको क्यान्डल इनभरटेड ह्याम्बर जस्तो देखिए पनि पुष्टि हुन बाँकी छ। इन्ट्राडे चार्ट अनुसार बजारले लगातार सपोर्ट लेबल परीक्षण गरिरहेको छ, तर ब्रेक गर्न सकेको छैन। यसको अर्थ बजारमा केही समर्थन अवश्य छ, तर पुनः उकालो लाग्ने अवस्था भने अहिलेसम्म देखिएको छैन।

    ब्रोकर विश्लेषण: ठूला ब्रोकर बाई पक्षमा

    आजको बजारमा ठूला १० ब्रोकरमध्ये ७ वटा ब्रोकरले बाई बढी गरेका छन् भने ३ ब्रोकर बिक्री पक्षमा देखिएका छन्। यसले बजारमा ठूला लगानीकर्ताहरू अझै सक्रिय रहेको संकेत गर्छ।
    हालको बजारमा प्रस्ट दिशा छैन। आगामी दिनमा सपोर्ट स्तर टुट्छ कि होइन भन्ने कुराले बजारको दिशा निर्धारण गर्नेछ। यसैले लगानीकर्ताले सावधानीपूर्वक बजार अवलोकन गर्नु उपयुक्त हुनेछ।

    On the last trading day of the week, the NEPSE index dropped by 4.45 points, closing at 2,595.74. For the past few days, the market has remained largely flat, hovering around the 2,600 level without showing any clear trend. The total turnover today crossed NPR 7.78 billion, slightly higher than in recent sessions, with over 19.6 million shares traded across 306 companies.

    Butwal Power Leads Turnover; Hydropower Back in Focus

    Butwal Power Company emerged as the top traded stock, with transactions worth over NPR 620 million. Radhi Power Company and Ngadi Group Power followed in second and third positions, respectively. Notably, nearly 70% of today's total turnover came from the hydropower sector, indicating renewed investor interest in hydropower stocks.

    End of Fiscal Year, Monetary Policy Awaited — Market Under Pressure

    With the fiscal year-end approaching, investors are turning cautious due to loan repayment obligations and the upcoming monetary policy. The anticipation of annual financial disclosures from companies has also led to a cautious "wait and watch" sentiment in the market.

    Technical Analysis: Stuck at Support, No Clear Trend Yet

    From a technical perspective, the market closed today without forming a strong directional trend. The last four candlesticks have closed within a narrow price range. Although today’s candle resembles an “inverted hammer,” like in previous sessions, it hasn’t confirmed a reversal. Intraday data shows that the index continues to test support levels but hasn’t broken them. This suggests some support exists in the market, but there’s no strong signal of a bullish reversal yet. The slight increase in turnover and activity among major brokers suggests underlying interest, but caution still prevails.

    Broker Activity: Major Brokers Leaning Towards Buying

    Out of the top 10 brokers, 7 were net buyers today, while 3 showed more selling activity. This indicates that larger investors remain active on the buying side, potentially positioning for upcoming policy changes or quarterly earnings.


    The market currently lacks a clear direction. Whether or not the support level holds in the coming days will determine the next major move. Investors are advised to monitor closely and proceed cautiously until a clear breakout or breakdown emerges.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026