NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Directive: Information Impacting Market Price Must Be Disclosed Immediately
    नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्ने
    Investor
    2 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्नेNEPSE Directive: Information Impacting Market Price Must Be Disclosed Immediately

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई समयमै आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिएको छ। नेप्सेले जारी गरेको सूचनामा कम्पनीका सूचना तथा निर्णयले धितोपत्रको बजार मूल्यमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता विषय तत्काल नेप्सेमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

    लाभांश सम्बन्धी सूचना तुरुन्त

    नेप्सेले स्पष्ट पारेको छ कि नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन गर्ने निर्णय भएको खण्डमा सो निर्णय भएको क्षणमै सूचनासहित सञ्चालक समितिको बैठक बसेको समय समेत नेप्सेलाई जानकारी गराउनुपर्नेछ। साथै आर्थिक वर्ष, बुक क्लोज मिति, अनुपात तथा शेयर संख्या वा रकम पनि खुलाउनुपर्नेछ।

    धितोपत्र मूल्यमा असर पार्ने घटनाको प्रकटीकरण

    कम्पनीका निर्णय वा घटनाले बजार मूल्यमा असर पार्ने खण्डमा सो विवरण सोही दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अघि अर्थात् बिहान १०:३० बजेसम्म कम्पनीको आधिकारिक वेबसाइटमार्फत समेत सार्वजनिक गर्नुपर्नेछ।

    अनिवार्य वित्तीय विवरण

    लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आ.व. समाप्त भएको पाँच महिनाभित्र बुझाउनुपर्नेछ। त्यस्तै, प्रति शेयर आम्दानी, मूल्य-आय अनुपात, प्रति शेयर खुद सम्पत्ति मूल्य लगायत विवरण सहितको त्रैमासिक प्रतिवेदन त्रैमास समाप्त भएको ३० दिनभित्र पेश गर्नुपर्ने नेप्सेले जनाएको छ।

    विशेष सूचना र पारदर्शिता

    • १० करोड रुपैयाँ वा सो भन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय भएमा सोको जानकारी तुरुन्त दिनुपर्नेछ।

    • सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा लेखा विभाग प्रमुखमा हेरफेर भएमा तुरुन्त जानकारी गराउनुपर्नेछ।

    • अदालतमा दायर १० करोड रुपैयाँ वा सो भन्दा बढी दायित्व हुने सम्भावना भएको मुद्दा भएमा सोको विवरण दिनुपर्नेछ।

    अन्य महत्वपूर्ण बुँदा

    • सामूहिक लगानी कोष व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य र लगानी विवरण मासिक रूपमा १५ दिनभित्र नेप्सेमा बुझाउनुपर्नेछ।

    • कम्पनी गाभिने, विलय हुने वा स्वामित्व परिवर्तन सम्बन्धी निर्णय भएमा सो जानकारी निर्णय भएको दिनमै वा भोलिपल्ट कारोबार सुरु हुनु अघि नै दिनुपर्नेछ।

    • आ.व. समाप्त भएको तीन महिनाभित्र वार्षिक शुल्क बुझाउनुपर्नेछ।

    • प्राकृतिक विपत्ति, तालाबन्दी वा आकस्मिक कारणले कम्पनीको दैनिक काम रोकिएमा तुरुन्त जानकारी गराउनुपर्नेछ।

    शेयर स्वामित्व र साधारण सभा

    • एउटै व्यक्ति वा संस्थाले ५ प्रतिशत वा सो भन्दा बढी शेयर किनेमा तुरुन्त जानकारी दिनुपर्नेछ।

    • नगदको सट्टा शेयर दिएमा पनि सो विवरण तत्काल उपलब्ध गराउनुपर्नेछ।

    • साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन, वासलात, नाफा-नोक्सानी विवरण, छलफलका विषय सूची अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

    • सभामा पारित भएका प्रस्ताव र निर्णयसम्बन्धी विवरण सभापछि एक महिनाभित्र बुझाउनुपर्नेछ।

    यसरी, नेप्सेले जारी गरेको नयाँ निर्देशनले कम्पनीहरुलाई अझ पारदर्शी बनाउन र लगानीकर्ताको हित संरक्षण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    Nepal Stock Exchange (NEPSE) has directed all listed companies to promptly provide information that could affect the market price of their securities. Issuing a notice, NEPSE has instructed companies to submit required information in the prescribed format and within the given timeframe.

    Immediate Disclosure of Dividend Decisions

    According to NEPSE, if decisions are made regarding cash dividends, bonus shares, rights issues, or additional share issuance, such information must be submitted immediately. The disclosure should also include the date and time of the board meeting, the fiscal year, book closure date, ratio, and number of shares or amount involved.

    Price-Sensitive Information Must Be Publicized

    Any decision or event that could influence the market price of securities must be made public either on the same day or before 10:30 AM the next trading day. Companies must also publish such notices on their official websites in addition to informing NEPSE.

    Mandatory Financial Reports

    Audited financial statements and the auditor’s report must be submitted within five months of the fiscal year’s end. Likewise, quarterly reports—covering earnings per share, price-to-earnings ratio, net asset value per share, total asset value per share, and liquidity ratios—must be submitted within 30 days of the quarter’s end.

    Special Disclosures for Transparency

    • Any decision to purchase or sell assets worth NPR 100 million or more must be disclosed immediately.

    • Changes in the board of directors, audit committee, CEO, company secretary, chief of accounts, or auditors must be reported promptly.

    • Any legal case filed in court involving potential liabilities of NPR 100 million or more must be disclosed.

    Other Key Requirements

    • Mutual fund managers must submit monthly reports on net asset value (NAV) and investment status within 15 days of each month’s end.

    • Decisions on mergers, acquisitions, or significant ownership changes must be disclosed immediately or before the next trading day begins.

    • Annual listing fees must be paid within three months (by the end of Ashwin) after the close of the fiscal year.

    • Companies must promptly report disruptions caused by natural disasters, strikes, or other emergencies.

    Shareholding & AGM Transparency

    • If an individual or institution acquires 5% or more shares, the information must be reported immediately.

    • If shares are issued in place of cash to any director or institution, the disclosure must be made without delay.

    • Reports, balance sheets, profit and loss accounts, and agenda items for the Annual General Meeting (AGM) or Special General Meeting (SGM) must be submitted mandatorily.

    • Proposals discussed and decisions passed during the AGM/SGM must be submitted to NEPSE within one month of the meeting.

    NEPSE’s latest directive aims to ensure greater transparency, strengthen corporate governance, and protect the interests of investors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026