NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Ends the Week Slightly Positive, But Market Foundation Remains Weak
    नेप्से साता अन्त्यमा हल्का हरियो, तर बजारको आधार अझै कमजोर
    Investor
    2 min read
    Published on November 13, 2025
    NEPSE TRADING

    नेप्से साता अन्त्यमा हल्का हरियो, तर बजारको आधार अझै कमजोरNEPSE Ends the Week Slightly Positive, But Market Foundation Remains Weak

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक हल्का हरियो भएको छ । आज नेप्से १.१३ अंकले बढ्दै २,५४५ विन्दुमा बन्द भएको हो । दिनभर बजारमा तीव्र उतार–चढाव रह्यो । बिहानको कारोबारमा परिसूचक २,५३० विन्दुसम्म झर्दा बजार दबाबमा थियो भने दिउँसो २ः०६ बजे २,५५९ विन्दुसम्म पुगेर दिनको उच्च बिन्दु छुन सफल भयो । यद्यपि, अन्त्यमा बजारले दिगो सुधार कायम राख्न सकेन ।

    सीमित कम्पनीमा मात्रै वृद्धि, बजारको चौडाइ कमजोर

    आजको बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबलकार र रुरु जलविद्युत् परियोजनाका सेयर आज ‘अप्पर सर्किट’ मा पुगेका हुन् । यी कम्पनीहरूमा आएको अचानक खरिद दबाबले बजारमा क्षणिक उत्साह ल्याएको भए पनि समग्र बजारको आधार भने कमजोर नै देखियो ।

    १२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनी घटे र ८ कम्पनी स्थिर रहे । यसले बजारको चौडाइ कमजोर भएको संकेत गर्छ । कारोबार रकम अघिल्लो दिनको ३ अर्ब ८४ करोडबाट घटेर आज ३ अर्ब ४९ करोडमा सीमित रह्यो । कारोबार रकम घट्नु बजारमा लगानीकर्ताको सहभागीता घट्दो संकेत हो ।

    समूहगत सूचकको मिश्रित अवस्था

    समूहगत रूपमा बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र व्यापार समूहमा क्रमशः ०.१२%, ०.०९%, ०.७२%, ०.२२% र ०.७९% वृद्धि भएको छ ।
    तर निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा, लगानी तथा विकास बैंक समूह भने ०.०७% देखि ०.४६% सम्म घटेका छन् ।
    यो मिश्रित अवस्था बजारमा स्पष्ट दिशा नदेखिएको र विश्वस्तता अभाव रहेको संकेत हो ।

    बढ्ने र घट्ने कम्पनीहरूको स्थिति

    बढ्ने कम्पनीमध्ये दरामखोला हाइड्रो ६.८८%, भूगोल इनर्जी ४.९९% र दोल्ती पावर ४.२०% ले उकालो लागेका छन् ।
    उता, घट्ने कम्पनीहरूमा नेपाल माइक्रोइन्स्योरेन्स ४.८२%, इस्टर्न हाइड्रोपावर ३.७०%, बेस्ट फाइनान्स ३.१८% र सुपर मादी हाइड्रो २.५०% ले गिरावट देखाए । यसले बजारमा उच्च जोखिमयुक्त उतार–चढाव जारी रहेको संकेत गर्छ ।

    बढी कारोबार भएका कम्पनीहरू

    आज बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर्स, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा रहेका छन् । यी कम्पनीहरूले बजारमा केही तरलता ताने पनि समग्र बजारलाई उकास्ने सामथ्र्य देखिएन ।

    आर्थिक र नीतिगत कारणले बजार कमजोर

    नेपाल राष्ट्र बैंकले केही हप्ता अघि धितो कर्जा सीमा २५ करोड हटाएपछि बजारले पहिलो दिन सर्किटसहित उत्साह देखाएको थियो । तर त्यसपछिका दिनहरूमा बजारले गति लिन सकेन ।
    विश्लेषकहरूका अनुसार राजनीतिक अस्थिरता, लगानी वातावरण कमजोर हुनु, व्यवसायिक विश्वास घट्नु र आर्थिक संकेतकहरूको अनिश्चितता बजारका मुख्य चुनौती हुन् ।
    यिनै कारणले राष्ट्र बैंकका सुधारहरूले तत्काल बजारमा सकारात्मक प्रभाव पार्न सकेका छैनन् ।

    लगातार गिरावट र लगानीकर्ताको मनोवृत्ति

    पछिल्ला केही दिनदेखि बजार लगातार गिरावटको श्रृंखलामा रहँदै आएको छ । बजारको प्राकृतिक उतार–चढाव सामान्य मानिए पनि लगातार घट्ने प्रवृत्तिले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।
    जेनजी आन्दोलनपछि बनेको सरकारले लगानीकर्ताको अपेक्षा अनुसार पुँजी बजारमैत्री नीति नल्याउँदा बजारमा भ्रम र अनिश्चितता बढेको विश्लेषकहरूको भनाइ छ ।

    टेक्निकल विश्लेषण

    टेक्निकल दृष्टिले बजार मिडल ब्यान्ड वरिपरि टिक्न संघर्षरत छ । पछिल्ला केही क्यान्डलहरूले २५४० विन्दुमा बारम्बार रिजेक्सन पाएका छन् । आज पनि बजार सोही स्तरमा अडिएको छ, जसले तत्कालीन समर्थन बलियो भए पनि दबाब कायम रहेको देखाउँछ ।
    यदि बजारले २५४० विन्दु तलको सपोर्ट भत्कायो भने अर्को लक्ष्य २४७०–२४८० विन्दु आसपास रहन सक्ने अनुमान गरिएको छ ।

    आजको कारोबार संरचनामा १० ठूला दलाल मध्ये ६ वटा ब्रोकरले बढी खरिद गरेका छन् भने ४ वटा ब्रोकरले बढी बिक्री गरेका छन् । यसले बजारमा सन्तुलन खोज्ने प्रयास देखिए पनि अझै स्थायित्वको संकेत देखिएको छैन ।

    Kathmandu — The Nepal Stock Exchange (NEPSE) closed slightly in the green on the final trading day of the week. The index rose by 1.13 points, settling at 2,545 points. Despite the mild uptick, the market remained volatile throughout the session. Around 12:31 p.m., NEPSE dipped to 2,530 points, facing selling pressure, before rebounding to 2,559 points at 2:06 p.m.—the intraday high. However, the market failed to sustain this momentum by the end of the day.

    Limited Gains, Weak Market Breadth

    Only a few selective stocks contributed to the rise. Six companies — Mabilung Energy, Swetganga Hydropower, Sagar Distillery, Bungal Hydropower, Bandipur Cable Car, and Ruru Hydropower Project — hit the upper circuit (10% gain) today. While these stocks generated momentary excitement, the overall market foundation remained fragile.

    Out of all listed companies, 123 advanced, 124 declined, and 8 remained unchanged, reflecting a weak market breadth. The total trading turnover also dropped from NPR 3.84 billion to NPR 3.49 billion, signaling lower investor participation and waning confidence.

    Sectoral Performance: Mixed Sentiment

    Sectoral indices displayed a mixed pattern.
    The Banking, Finance, Hotel & Tourism, Hydropower, and Trading sectors gained 0.12%, 0.09%, 0.72%, 0.22%, and 0.79% respectively.
    Meanwhile, Non-Life Insurance, Manufacturing & Processing, Life Insurance, Investment, and Development Banks sectors declined between 0.07% and 0.46%.
    This uneven performance underlines the prevailing lack of conviction and market uncertainty.

    Top Gainers and Losers

    Among the top gainers, Daramkhola Hydropower surged 6.88%, Bhugol Energy gained 4.99%, and Dolti Power rose 4.20%.
    On the other hand, Nepal Micro Insurance dropped 4.82%, followed by Eastern Hydropower (-3.70%), Best Finance (-3.18%), and Super Madi Hydropower (-2.50%).
    This sharp divergence among stocks reflects high volatility and sector-specific movement in the market.

    Most Active Stocks

    The most actively traded companies were Himalayan Power Partners, Himalayan Distillery, Union Hydropower, NRN Infrastructure, and Sahas Urja.
    Although these stocks attracted trading volume, they were not sufficient to drive the entire market upward.

    Macroeconomic and Policy Factors

    The removal of the NPR 250 million margin loan limit by Nepal Rastra Bank (NRB) had initially sparked optimism, even triggering a positive circuit on the first trading day after the policy announcement.
    However, the momentum soon faded.
    Analysts attribute this to political instability, weak investment climate, declining business confidence, and macroeconomic uncertainty, which continue to weigh on investor sentiment.

    Despite NRB’s reform measures, such as liquidity management and credit flexibility, the capital market has not yet regained stable momentum.

    Investor Sentiment and Market Psychology

    NEPSE has been under continuous downward pressure for several sessions.
    While short-term volatility is a natural feature of the stock market, the persistent downward trend has eroded investor morale.

    Following the change in government after the GenZ movement, investors had high hopes for pro-market policies. However, the lack of concrete initiatives has instead led to confusion, fear, and uncertainty in the capital market.

    Technical Outlook

    From a technical perspective, NEPSE continues to struggle near its middle Bollinger Band.
    Recent candles have shown repeated rejections around the 2,540 level, suggesting that while this zone acts as short-term support, the bearish pressure remains strong.

    If the index breaks below 2,540, analysts anticipate the next support level around 2,470–2,480 points.
    Among the top ten brokers, six were net buyers while four were net sellers, indicating a partially balanced yet cautious sentiment in the trading community.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026