
Top
1 min read
NEPSE TRADING
अख्तियार अनुसन्धान हल्लाको असरः नेप्से ३३ अंकले घट्यो, सबै उपसमूह राताम्मेNEPSE Falls 33 Points as Rumors of CIAA Probe Weigh on Market; All Sectors Close in Red
बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घट्दै २८३३.०३ विन्दुमा झरेर बजार बन्द भएको छ । अघिल्लो दिन बुधबार ३३ अंकले बढेको बजार यस दिन भने पुनः त्यही हाराहारीमा घटेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि समेत अनुसन्धान गर्ने योजना बनाएको हल्लाले बजारमा मनोवैज्ञानिक असर पारेको र त्यसकै कारण लगानीकर्तामा अनिश्चितता बढ्दा कारोबारमा दबाब परेको देखिन्छ । यस दिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स समेत क्रमशः घटेका छन् भने कुल कारोबार रकम पनि अघिल्लो दिनको १० अर्ब ५३ करोडबाट घटेर ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। कारोबारमा १३ वटै उपसमूह राताम्मे भएका छन्, जसमा वित्त उपसमूह सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ। पाँच कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि अधिकांश स्टकहरू दबाबमा रहे । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो भने नेशनल हाइड्रोपावर र एसवाई प्यानल नेपालको पनि उल्लेख्य कारोबार भयो ।
The Nepal Stock Exchange (NEPSE) index declined by 33.83 points on Thursday, closing at 2,833.03 points, reversing the previous day’s 33-point gain. The market was largely affected by rumors regarding the Commission for the Investigation of Abuse of Authority (CIAA) expanding its probe into the private sector, which created uncertainty and dampened investor sentiment. As a result, all major indices, including the sensitive, float, and sensitive float indices, also declined. Total turnover dropped from Rs. 10.53 billion on Wednesday to Rs. 9.31 billion on Thursday. All 13 subgroups ended in negative territory, with the finance subgroup leading the decline at 1.98 percent. Despite five stocks hitting the positive circuit level, most shares faced selling pressure throughout the session. In terms of turnover, Reliance Spinning Mills topped the list, followed by significant trading in National Hydro Power and SY Panel Nepal.




