NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Falls Again After Brief Recovery, Turnover Shrinks to Rs. 4.43 Billion
    नेप्से फेरि ओरालो, कारोबार रकम ४ अर्ब ४३ करोडमा सीमित
    Top
    2 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    नेप्से फेरि ओरालो, कारोबार रकम ४ अर्ब ४३ करोडमा सीमितNEPSE Falls Again After Brief Recovery, Turnover Shrinks to Rs. 4.43 Billion

    सोमबार केही सुधार देखिए पनि मंगलबार फेरि नेप्से परिसूचक ओरालो लागेको छ। यस दिन नेप्से १९.८९ अंकले घटेर २,७४१.९७ विन्दुमा बन्द भएको छ। गत बिहीबार र आइतबार दुई दिनमा करिब ७० अंकले घटेको बजार सोमबार १२ अंकले बढेको थियो। तर मंगलबार फेरि बजार ओरालो लाग्दै कारोबार रकम पनि घटेको छ। सोमबारको ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार घटेर मंगलबार ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो। विश्लेषकहरूले घट्दो कारोबारलाई बजारमा अब उकालो आउने संकेतको रूपमा लिएका छन्।

    बजार घट्नुका कारणहरूमा आइजीन नम्बर विवाद, भारित औसत गणनाविधि, बैंकलाई सहज कारोबार, मार्जिन कारोबारको सुविधा जस्ता विषय चर्चामा छन्। लगानीकर्ता तिलक कोइरालाले तरलता पर्याप्त, ब्याजदर सस्तो र वैकल्पिक लगानी अवसर न्यून हुँदाहुँदै बजार स्थिर हुन नसकेको भन्दै आलोचना गरेका छन्। उनले शक्तिशाली कार्यदल गठन, मार्जिन कारोबार सहज बनाउने, संस्थागत लगानी अनिवार्य, आईपीओ प्रक्रिया पारदर्शी, नेप्से पुनःसंरचना, एनआरएनलाई अवसर, साना लगानीकर्तामैत्री व्यवस्था जस्ता सुधार आवश्यक भएको बताएका छन्।

    मंगलबार १३ वटै उपसमूहमा गिरावट आएको छ। तीमध्ये व्यापार उपसमूह १.९६% ले बढी घटेको हो भने अन्य समूहमा १% भन्दा कम गिरावट छ। यस दिन नेपाल पुनर्बीमा कम्पनीमा २२ करोड ७० लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्समा २० करोड ११ लाख रुपैयाँ र यूनियन हाइड्रोपावरमा १४ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, हिम स्टार उर्जा कम्पनी सर्किट लेभलसम्म पुगेको छ भने उन्नती सहकार्य लघुवित्त भने सबैभन्दा धेरै ७.४७% ले घटेको छ।

    प्राविधिक विश्लेषण अनुसार, विश्लेषक अजित खनालले बजार १५ अंक ग्यापअप ओपन भए पनि टिक्न नसकेको बताएका छन्। बजारले ईन्ट्राडेमा ५० दिनको मुभिङ एभरेज टेस्ट गरे पनि माथि ब्रेक गर्न नसकेर अघिल्लो दिनको लो लेभलमै बन्द भएको छ। उनका अनुसार बजार अहिले साइडवेज स्थितिमा छ र लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाउनु पर्छ।

    ब्रोकर विश्लेषण अनुसार, आज ठूला ब्रोकरमध्ये ७ वटा ब्रोकरले बढी सेल गरेका छन् भने ३ वटा ब्रोकर मात्र बाईमा बढी देखिएका छन्। स्टक अनुसार हेर्दा एमबिएलको कुल कारोबारको ६८% (१ लाख कित्ता) ४४ नं. ब्रोकरले किनेका छन्, यु एम एच एलको ४९% (८४ हजार कित्ता) ६२ नं. ब्रोकरले र केविएस बिबिएलको ८१ हजार कित्ता ५९ नं. ब्रोकरले किनेका छन्। तर केविएलको २ लाख २५ हजार कित्ता ५८ नं. ब्रोकरले बिक्री गरेका छन्।

    After a slight rebound on Monday, the Nepal Stock Exchange (NEPSE) index again slipped on Tuesday, continuing its recent downward pressure. The index dropped by 19.89 points to close at 2,741.97, following a cumulative two-day fall of around 70 points last week and a brief 12-point rise on Monday. Trading volume also declined, with total turnover shrinking from Rs. 5.10 billion on Monday to Rs. 4.43 billion on Tuesday. Analysts interpret the declining turnover amid falling prices as a potential signal that the market may be preparing for a rebound.

    The market decline has been linked to ongoing debates over issues such as the Index Number (IZIN) dispute, weighted average calculation method, and margin trading policies, with investors divided in opinion. Prominent investor Tilak Koirala criticized the prolonged stagnation despite high liquidity, low interest rates, and limited alternative investment opportunities. He called for strong measures such as task force formation, margin lending facilities, IPO transparency, reforms in listed companies, compulsory institutional investment, opportunities for NRNs, restructuring of NEPSE, and investor-friendly mechanisms.

    All 13 sub-indices closed negative, with the Trading sub-index falling the most by 1.96%, while other groups declined by less than 1%. Nepal Reinsurance topped turnover with Rs. 2.27 billion, followed by Himalayan Reinsurance with Rs. 2.01 billion, and Union Hydropower with Rs. 1.46 billion. On the positive side, Him Star Energy hit the upper circuit limit, while Unnati Sahakarya Laghubitta plunged the most, down 7.47%.

    From a technical analysis perspective, analyst Ajit Khanal noted that the market opened with a 15-point gap-up, filled the gap, but failed to sustain momentum. Despite testing the 50-day moving average intraday, it couldn’t break higher, closing at the previous day’s low. This suggests the market is currently moving sideways, and investors should adopt a “wait-and-watch” strategy.

    Looking at broker activity, selling dominated among major brokers. Out of the top 10 brokers by turnover, 7 recorded more sell orders compared to buy orders. Brokers 48, 44, and 49 were net buyers, while brokers 45, 58, 34, 42, 62, 56, and 57 leaned towards selling. Notably, broker 44 bought 68% of total MBL shares traded (about 100,000 units), broker 62 purchased 49% of UMHL shares (84,000 units), and broker 59 handled 81,000 units of KBBL. On the selling side, broker 58 offloaded 225,000 units of KBL shares.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026