NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepse Falls by 13.52 Points on the Week’s Final Trading Day, Turnover Surges to Rs 5.23 Bi...
    नेप्से साताको अन्तिम दिन पनि १३.५२ अंकले ओरालो, कारोबार रकम भने ५ अर्ब २३ करोडमा उक्लियो
    Top
    3 min read
    Published on December 3, 2025
    NEPSE TRADING

    नेप्से साताको अन्तिम दिन पनि १३.५२ अंकले ओरालो, कारोबार रकम भने ५ अर्ब २३ करोडमा उक्लियोNepse Falls by 13.52 Points on the Week’s Final Trading Day, Turnover Surges to Rs 5.23 Billion

    नेप्से

    साताको अन्तिम कारोबार दिन समेत नेप्से परिसूचकमा गिरावट आएको छ। साताको पहिलो दिनदेखि नै कमजोर देखिएको बजारले बुधबार पनि उही क्रमलाई निरन्तरता दियो। लगातारको गिरावटसँगै लगानीकर्ताको मनोबलमा दवाव देखिए पनि समग्र कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंकले घट्दै २६३१.१७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ३.०३ अंकले कमजोर बनेको छ भने फ्लोट इन्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०४ अंकले घटेका छन्। सूचकहरूको समग्र अवस्था हेर्दा बजार अझै कमजोर मनोविज्ञानमै रहेको देखिएको छ । तर, कारोबार रकम भने उल्टै बढेको छ। मंगलबार ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन ३३२ कम्पनीका १ करोड ८ लाख ७३ हजार कित्ता शेयर ६७ हजार ४८५ पटक कारोबार भएका थिए, जसले कारोबार गतिविधि भने उच्च रहेको संकेत गर्छ । यस दिन पाँच कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रीजका शेयरहरू सर्किटमा पुगेका हुन्। त्यस्तै, ओम मेगाश्री फर्मास्यूटिकल्सको मूल्य ७ प्रतिशतले बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य करिब ६.५ प्रतिशतले उक्लिएको छ । कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एन्ड टुरिजम अग्रस्थानमा रह्यो। यस कम्पनीको १८ करोड ४९ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि हिमालयन रि इन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अधिकांश स्टकहरूमा मूल्य घट्दा पनि कारोबार भने व्यापक देखिएको छ । १३ उपसमूहमध्ये ४ उपसमूह हरियो रहे भने बाँकी ९ उपसमूह रातो बने। वित्त उपसमूह १.५९ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उक्लिएको उपसमूह रह्यो। त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्ड उपसमूह पनि सामान्य रूपमा बढेका छन्। जीवन बीमा उपसमूह भने १.१८ प्रतिशतले घट्दै सबैभन्दा धेरै कमजोर देखिएको छ । भोलि देशभर योमह्री पूर्णिमा तथा उधौली पर्व मनाइने भएकाले शेयर बजारसहित सरकारी कार्यालय, बैंक तथा बीमा कम्पनीहरू बन्द रहनेछन्। अब शेयर बजार आइतबार बिहान ११ बजेदेखि मात्र पुनः सञ्चालन हुनेछ । नेवार समुदायले ४०० वर्षदेखि योमह्री पूर्णिमा मनाउँदै आएको मानिन्छ। जाडोको समयमा चामलको पिठोबाट बनाइने यो महत्त्वपूर्ण परिकार ‘योमह्री’का कारण यो पूर्णिमा विशेष मानिन्छ। त्यसैगरी किरात समुदायले खेतीपाती सफल भएको कृतज्ञतास्वरूप उधौली पर्व मनाउने परम्परा राख्दै आएका छन् ।

    प्राविधिक विश्लेषण

    लगातार बजार घटेसँगै केहि सानो करेक्सन हुने देखिएको विश्लेषकले दावी गरेका छन् । एउटा सानो करेक्सन पछि फरी बजार माथी नै जाने दावी गरीएको छ । अब बजारको मुख्य सपोर्ट २५९० देखि २६०० सम्म रहेको देखिन्छ । अहिलेको करेक्सनलाई बजारले हायर लो बनाएको दावी गरीएको छ । हाल आरएस आई ५४ दशमलव शुन्य दुई रहेको छ जुन डे चाटमा देखिएको हो । इचिमो क्लाउड अनुसार पनि बजार हाल डेन्जर जोनमा भने नरहेको दावी गरीएको छ ।

    ब्रोकर विश्लेषण

    आज ठूला ब्रोकरहरुको अबस्था हेर्दा १० मध्य ६ वटा ब्रोकरले बेचेको भन्दा बढी किनेको देखिन्छ । त्यस्तै ४ वटा ब्रोकरले नै किनेको भन्दा बढी बेचेको देखिएको छ । यो अबस्था लाई खरीद बिक्रीबाट हेर्दा सकारात्मक मानीएको छ । आज ५८,४२,४४,४९,६२ र ५७ ले बढी खरीद गराएका छन् । त्यस्तै ४८,३४,४५ र ३२ ले भने आजको बजारमा बढी सेल गराएको देखिन्छ । त्यस्तै स्टक अनुसार ब्रोकरको गतीविधि हेर्दा ३९ नं.को ब्रोकरबाट लगानीकर्ताले UMHL ४९ हजार कित्ता उठाएका छन् । जुन कुल बाईको ३१ प्रतिशत हो । जसको एभरेज मुल्य ५ सय ८४ रहको छ । त्यस्तै ICFC ५८ नं.को ब्रोकरबाट ४८ हजार कित्ता खरीद भएको छ । त्यसैगरी ५८ बाटै NIMB ४७ हजार कित्ता बाई भएको देखिन्छ । यता सेल तर्फ भने SIKLES ६५ नं. को ब्रोकरबाट १ लाख २ हजार कित्ता बेचीएको देखिन्छ । जुन कुल सेलको ६९ प्रतिशत हो । जसको एभरेज मुल्य ६ सय ६२ रहेको छ । त्यस्तै ३५ नं. ब्रोकरबाट लगानीकर्ताले MEN ६२ हजार कित्ता फालेको छन् । त्यसैगरी, NIMB ४८ नं. ब्रोकरबाट ५९ हजार कित्ता बेचीएको छ ।

    Nepse

    The Nepse index has declined even on the last trading day of the week. The market, which has been weak since the first day of the week, continued the same trend on Wednesday. Although the continuous decline has put pressure on investor morale, the overall trading volume has increased. On Wednesday, the Nepse index fell by 13.52 points to 2,631.17 points. The Sensitive Index weakened by 3.03 points, while the Float Index decreased by 1.01 points and the Sensitive Float Index decreased by 1.04 points. Looking at the overall condition of the indicators, it is seen that the market is still in a weak psychology. However, the trading volume has increased on the contrary. In the market, which had a turnover of Rs 4.48 billion on Tuesday, shares worth Rs 5.23 billion were bought and sold on Wednesday. On this day, 18.73 million shares of 332 companies were traded 67,485 times, which indicates that trading activity is high. The shares of five companies have reached positive circuit levels on this day. Shares of Sagar Distillery, Mithila Microfinance, Jhapa Energy, Swastik Microfinance and Srinagar Agritech Industries have reached the circuit. Similarly, the price of Om Megashree Pharmaceuticals has increased by 7 percent, while the share price of Bungal Hydro has increased by about 6.5 percent. Bandipur Cable Car and Tourism remained at the forefront in terms of trading volume. Shares worth Rs 184.976 crore of this company have been bought and sold. Next, Himalayan Re Insurance has traded worth Rs 180 million. Despite the decline in prices, trading was widespread in most stocks. Out of 13 subgroups, 4 subgroups remained green, while the remaining 9 subgroups turned red. The finance subgroup was the highest-growing subgroup, increasing by 1.59 percent. Similarly, the hotels and tourism, manufacturing and processing, and mutual fund subgroups also increased moderately. The life insurance subgroup was the weakest, decreasing by 1.18 percent. Tomorrow, government offices, banks and insurance companies, including the stock market, will remain closed as Yomhri Purnima and Udhauli festivals will be celebrated across the country. Now, the stock market will reopen only from 11 am on Sunday. It is believed that the Newar community has been celebrating Yomhri Purnima for 400 years. This Purnima is considered special because of this important dish 'Yomhri' made from rice flour during the winter. Similarly, the Kirat community has a tradition of celebrating Udhauli festival as a token of gratitude for successful farming.

    Technical Analysis

    Analysts have claimed that there will be some small corrections as the market continues to decline. It is claimed that the market will go up after a small correction. Now the main support of the market seems to be from 2590 to 2600. It is claimed that the market has made the current correction higher low. Currently, the RSI is 54.02, which was seen in the day chart. According to the Ichimo cloud, the market is not currently in the danger zone.

    Broker Analysis

    Looking at the status of big brokers today, it is seen that 6 out of 10 brokers have bought more than they sold. Similarly, 4 brokers have sold more than they bought. This situation is considered positive from the point of view of buying and selling. Today, 58,42,44,49,62 and 57 have bought more. Similarly, 48,34,45 and 32 have sold more in today's market. Similarly, looking at the activity of brokers by stock, investors have raised UMHL 49 thousand units from broker number 39. Which is 31 percent of the total buy. The average price of which is 584. Similarly, ICFC has bought 48 thousand units from broker number 58. Similarly, NIMB has been bought from 58. On the other hand, on the sell side, SIKLES 65. It is seen that 1 lakh 2 thousand units have been sold from broker number 69. Which is 69 percent of the total sell. The average price of which is 662. Similarly, investors have sold 62 thousand shares of MEN from broker number 35. Similarly, 59 thousand shares of NIMB have been sold from broker number 48.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026