
Top
1 min read
NEPSE TRADING
नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम भने ७ अर्ब ८१ करोड नाघ्योNEPSE Falls for Second Straight Day, Turnover Crosses Rs. 7.81 Billion
बुधबार नेप्से परिसूचक २.९५ अंकले घट्दै २८०४.१७ विन्दुमा बन्द भएको छ । लगातार दोस्रो दिन गिरावट देखिए पनि कारोबार रकम भने बढेर ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यस दिन ३४२ स्टकको कारोबार भएकोमा ३ स्टकहरू पाल्पा सिमेन्ट इण्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्ट सकारात्मक सर्किटमा पुगेका छन् । झापा इनर्जी र गणपति लघुवित्तको शेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ भने होटल फरेष्ट इनको शेयर सबैभन्दा धेरै घटेको छ । कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। समग्रमा ५ उपसमूह बढ्दा ८ उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै दबाबमा देखिएको छ ।
On Wednesday, the NEPSE index declined slightly by 2.95 points to close at 2,804.17, continuing its downward trend for the second consecutive trading day. However, trading volume increased significantly, reaching over Rs. 7.81 billion. A total of 342 stocks were traded, with three companies—Palpa Cement Industries, Suryakund Hydro Electric, and Shikhar Power Development—hitting positive circuit limits. Jhapa Energy and Ganapati Laghubitta also recorded notable gains, while Hotel Forest Inn saw the steepest decline. National Hydro Power Company led the market in turnover. Among the 13 subgroups, five gained while eight declined, with the hotel and tourism sector experiencing the largest drop.




