NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Forms ‘Lower Low’; Market Slides Below 2600, Eyes on 2580 Triple Bottom
    नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा
    Investor
    2 min read
    Published on June 22, 2025
    NEPSE TRADING

    नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा NEPSE Forms ‘Lower Low’; Market Slides Below 2600, Eyes on 2580 Triple Bottom

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झन्डै तीन महिनापछि फेरि २६ सयको मनोवैज्ञानिक लेवलभन्दा तल झरेको छ। नेप्से सूचक आज ३२.९३ अंकले घट्दै २५९५.९७ विन्दुमा बन्द भएको छ, जससँगै बजार निरन्तर चौथो दिन गिरावटमा रहेको हो।

    बजारमाथि असार मसान्तको दबाब त छँदै थियो, तर सामाजिक सञ्जालमा फैलिएको तेस्रो विश्वयुद्ध र अमेरिकाको इरानमाथि हमलाको हल्लाले पनि बजार मनोविज्ञानलाई नराम्रोसँग असर पारेको देखिन्छ। यद्यपि केही लगानीकर्ताले यस्ता हल्लाको प्रत्यक्ष असर नपर्ने तर्क गर्दै बजारलाई चापमा ल्याएर सस्तोमा कित्ता उठाउने रणनीति देखिएको बताउँछन्।

    कारोबार रकम अघिल्लो बिहीबारको ११ अर्ब २३ करोडबाट घटेर आज ९ अर्ब १४ करोड ५८ लाखमा सीमित भएको छ। ३१० वटा स्टकमा ८७ हजारभन्दा बढी पटकको कारोबारमा २ करोड १५ लाख कित्ता शेयर किनबेच भएको हो।

    उतारचढाव र अग्रपंक्तिमा रहेका स्टकहरू
    जोशी हाइड्रोपावरको शेयर आज ३१.६२ रुपैयाँले बढ्दै ३४८.६० रुपैयाँमा सकारात्मक सर्किटमा बन्द भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने पियोर इनर्जीको शेयर १० प्रतिशतले झर्दै बजारमा सर्वाधिक गिरावट ल्याउने स्टक बन्यो।

    कारोबार रकमको हिसाबले दोर्दी खोला जलविद्युत कम्पनी ७५ करोड ७३ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यसपछि बुटवल पावर कम्पनी (७४ करोड+) र राधी विद्युत कम्पनी (४९ करोड+) ले दोस्रो र तेस्रो स्थान ओगटेका छन्।

    १३ वटै उपसमूह ओरालो
    आज सबै १३ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१३ प्रतिशतले घट्दा, जलविद्युत समूह साढे २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। वित्त, जीवन बीमा, उत्पादन र लघुवित्त समूहहरू १ प्रतिशतभन्दा बढी घटेका छन्।

    प्राविधिक विश्लेषणको संकेत : अब बजार २५८० को ट्रिपल बटमको पर्खाइमा

    आजको बजार टेक्निकल हिसाबले अत्यन्त महत्वपूर्ण मोडमा पुगेको छ। पछिल्लो ८–९ वटा हायर लो (HL) ले बजारलाई सम्हालिरहेको अवस्थामा आज पहिलोपटक उक्त संरचना भंग गर्दै नयाँ लोअर लो (LL) बनाएको छ। यो बजारको कमजोरी दर्शाउने संकेत हो।

    बजारले आज दुईवटा अघिल्लो लोअर हाई (LH) लाई समेत ब्रेक गर्दै तल झरेको छ, जसले टेक्निकल हिसाबले “डेथ क्रस” को सम्भावना बलियो बनाएको छ। RSI सूचक पनि हाल ४० नजिक पुगेको छ, जुन बजार थकित छ भन्ने संकेत हो।

    हाल हाइड्रो समूहमा ६७% भन्दा धेरै कारोबार केन्द्रित हुँदा अन्य उपसमूह निष्क्रिय बनेका छन्, जसले बजारलाई ब्यालेन्स गर्न सकेको छैन। अब बजार २५८० बिन्दुमा सम्भावित ‘ट्रिपल बटम’ बनाएर सम्हालिने प्रयासमा देखिएको विश्लेषकहरूको भनाइ छ।

    ब्रोकर गतिविधि : किनबेचको सन्तुलन

    आजको कारोबारमा ठूला १० ब्रोकरमध्ये ५ वटा ब्रोकरले बाइभन्दा बढी सेल गरेका छन् भने अन्य ५ ब्रोकरले सेलभन्दा बढी बाइ गरेका छन्।
    विशेषगरी ब्रोकर नं. ३९, ४९, १७, ५६ र ३८ ले बढी सेल गर्दा, ब्रोकर नं. ५८, ३४, ४२, ४५ र ५७ ले तुलनात्मक रूपमा बढी बाइ गरेका छन्।

    The NEPSE index continued its downward trend on Sunday, the first trading day of the week, closing at 2595.97 points, a decline of 32.93 points. This marks the fourth consecutive day of losses and is the first time in nearly three months that the index has fallen below the crucial 2600 level.

    While the impact of fiscal year-end (Asar masanta) pressure is visible, market sentiment was further shaken by speculative rumors circulating on social media about a possible third world war and an alleged U.S. airstrike on Iran. However, many investors argue these are baseless fears and suggest that large investors might be attempting to trigger panic selling to accumulate cheap shares.

    The total trading volume also shrank, dropping from NPR 11.23 billion last Thursday to NPR 9.14 billion today. A total of 87,302 transactions were executed across 310 stocks, with 21.5 million units traded.

    Top Gainers and Losers

    • Joshi Hydropower hit the upper circuit, rising by NPR 31.62 to close at NPR 348.60.

    • Saptakoshi Development Bank gained over 5%.

    • Pure Energy saw the biggest fall, dropping 10%, the maximum limit for the day.

    In terms of transaction value:

    • Dordi Khola Hydropower led the board with NPR 757 million traded,

    • Butwal Power Company followed with NPR 740 million, and

    • Radhi Power saw over NPR 490 million in turnover.

    All 13 Sub-indices in the Red

    All sectors closed in the negative.

    • Hotel & Tourism fell the most, by 3.13%,

    • Hydropower dipped by over 2.5%,

    • Financials, life insurance, manufacturing, and microfinance fell by more than 1% each.

    Technical Analysis: Breakdown Confirms Lower Low

    Today’s market broke a key structure in technical terms: after maintaining a consistent Higher Low (HL) pattern over the past 8–9 swings, NEPSE has now formed a Lower Low (LL). This structure break, along with a simultaneous breakdown of two previous Lower Highs (LH), signals growing weakness and strengthens the likelihood of a Death Cross forming on the chart.

    Though trading volumes were strong, nearly 67% of the day’s activity was concentrated in the Hydropower sector, making other sectors appear passive and unable to stabilize the overall index. Analysts suggest that this imbalance has caused heightened volatility, with even small corrections in hydropower impacting the entire market.

    Technically, NEPSE may now test the 2580 level as a potential Triple Bottom support zone. RSI (Relative Strength Index) has also dropped near 40, further confirming weakening momentum.

    The 15-minute weighted average also shows the index declining by 1 point, highlighting diminishing investor confidence.

    Broker Activity Overview

    Among the top 10 brokers by turnover:

    • Brokers 39, 49, 17, 56, and 38 had more sell than buy transactions.

    • Brokers 58, 34, 42, 45, and 57 recorded more buy than sell trades.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026