NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Hits Historic High: Index Surges 248 Points in 6 Days, Market Eyes 3200
    नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुख
    Investor
    2 min read
    Published on July 22, 2025
    NEPSE trading

    नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुखNEPSE Hits Historic High: Index Surges 248 Points in 6 Days, Market Eyes 3200

    नेपाल सरकारबाट सेयर बजारप्रति आएका सकारात्मक नीतिगत संकेतहरूको प्रभावले पछिल्लो एक सातायता पूँजी बजारमा उल्लेखनीय सुधार देखिएको छ। मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक २४८ अंकले उकालो लागेर २९७३.७० विन्दुमा पुगेको छ, जुन पछिल्लो एक वर्षको उच्च बिन्दु हो। यससँगै कूल बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ, जुन ऐतिहासिक स्तर हो।

    लगातार बढ्दो लगानीकर्ताको आत्मविश्वाससँगै बजारमा कारोबार रकमसमेत उच्च विन्दुमा पुगेको छ। सोमबार १६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ नाघेको हो।

    सबै उपसमूहमा हरियाली

    मंगलबारको कारोबारमा नेप्सेका १३ वटै उपसमूह हरियो रहन पुगे। उत्पादन तथा प्रशोधन उपसमूह ४.६३ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा रह्यो। जीवन बीमा र लघुवित्त उपसमूहले पनि ४ प्रतिशतभन्दा बढीको वृद्धि देखाए। होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहहरूले पनि ३ प्रतिशतभन्दा बढीले वृद्धिको दर कायम राखे।

    यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीका सेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भए। त्यस्तै, उन्नती सहकार्य लघुवित्तका सेयर मूल्य करिब १० प्रतिशतले र विन्ध्यबासिनी हाइड्रोपावरका सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढे। मूल्य घटेका केही स्टकहरू रहे तापनि तीमध्ये कुनैको गिरावट ४ प्रतिशतभन्दा बढी थिएन।

    कारोबार रकममा नेपाल पुनर्बीमा अगाडि

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो, जसको ७१ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ६८ करोड नाघ्यो भने हिमालयन रि इन्स्योरेन्सको कारोबार पनि ५६ करोड रुपैयाँ माथि पुग्यो।

    प्राविधिक विश्लेषण : ३००० नजिकको मनोवैज्ञानिक रेखा

    ट्रेडिङ भ्युमा देखिएको प्रविधिक विश्लेषण अनुसार, नेप्सेले २८४०–२८८० को बलियो रेजिस्टेन्स जोन पार गरिसकेको छ। यो क्षेत्र अघिल्लो पटक बजार रोकिएको विन्दु थियो। यसपटक भने उक्त अवरोध सहजै पार गर्दै बजार २९७० नजिक पुग्न सफल भएको हो।

    विश्लेषकहरूका अनुसार, हालको ब्रेकआउट स्थिर रहन सकेमा ३००० विन्दु पार गर्नु कठिन छैन। बजारको प्रवृत्ति हेर्दा ३२०० विन्दुसम्म पुग्ने प्रक्षेपणसमेत गरिएको छ।

    ब्रोकरको गतिविधि : खरिद चाप देखियो

    बजारमा हिजोको तुलनामा ठूला ब्रोकरहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखिएको छ। अघिल्लो दिन सेल चाप देखाएका १० ठूला ब्रोकरमध्ये ७ वटा ब्रोकरले मंगलबार तुलनात्मक रूपमा बढी खरिद (Buy) आदेश दिएका छन् भने बाँकी ३ वटाले अझै पनि विक्री पक्ष बलियो राखेका छन्।

    सरकारको सकारात्मक नीति, बढ्दो लगानीकर्ता भरोसा, सबै उपसमूहमा देखिएको हरियाली र प्राविधिक ब्रेकआउटका कारण नेप्से परिसूचक ऐतिहासिक बुल ट्रेन्डमा प्रवेश गरिसकेको छ। ३००० विन्दु पार गरेपछि बजारले ३२०० सम्मको यात्रा गर्ने विश्वास प्रबल हुँदै गएको छ।

    Nepal's stock market has witnessed a historic rally, fueled by positive policy signals from the government aimed at promoting capital markets. In just six trading days, the NEPSE index has surged by 248 points, reaching 2,973.70 points on Tuesday. This rally has pushed the total market capitalization to NPR 4.96 trillion, the highest in Nepal's stock market history.

    Investor confidence has significantly improved, with trading volumes soaring. On Tuesday alone, the total turnover crossed NPR 20.08 billion, up from NPR 16.32 billion recorded the previous day — marking one of the highest trading volumes in recent months.

    All Sector Indices Turn Green

    All 13 sub-indices on NEPSE closed in green on Tuesday. The Manufacturing and Processing sub-index led the rally with a gain of 4.63%, followed by Life Insurance and Microfinance, both rising more than 4%. Other sectors like Hotels & Tourism, Investment, and Others also posted gains exceeding 3%.

    Three stocks — Trade Tower, Shivam Cements, and Sanvi Energy — hit their positive circuit levels. Meanwhile, Unnati Sahakarya Microfinance surged by nearly 10%, and Bindhyabasini Hydropower gained over 9.5%. Despite some declining stocks, none saw a drop exceeding 4%.

    Nepal Reinsurance Leads in Turnover

    In terms of trading volume, Nepal Reinsurance Company led the market with transactions worth NPR 718.8 million. Shivam Cements followed with over NPR 680 million, and Himalayan Reinsurance posted a turnover exceeding NPR 560 million.

    Technical View: 3000 Psychological Level in Sight

    According to the TradingView chart analysis, NEPSE has successfully broken past the strong resistance zone of 2840–2880, which had previously acted as a ceiling. This time, the index has convincingly breached this barrier and now stands just shy of 2,970.

    Technical analysts believe that if this breakout holds, the index could soon breach the psychological 3000-point level, with potential to rally further towards 3,200 in the coming sessions.

    Broker Activity: Buy Pressure Increasing

    Interestingly, a shift in broker activity has also been observed. While major brokers showed selling pressure in previous sessions, 7 out of the top 10 brokers were seen placing higher buy orders on Tuesday. The remaining 3 brokers still leaned toward selling.

    With favorable government policies, rising investor participation, sector-wide gains, and a strong technical breakout, NEPSE appears to be entering a new bullish phase. If the index holds above key resistance levels, the journey toward 3,200 points seems increasingly likely.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026