
बजार खुलेको २ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किटNEPSE Hits Negative Circuit Within 2 Minutes of Market Opening
जेनेरेसन–जेड (Gen Z) आन्दोलनपछि देशमा भएको राजनीतिक परिवर्तनको सीधा प्रभाव शेयर बजारमा देखिएको छ। आज बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। बजार ४ प्रतिशत अर्थात १0७.०४ अंकले घटेपछि स्वचालित प्रणालीअनुसार कारोबार रोकिएको हो।
यस अप्रत्याशित गिरावटसँगै साना लगानीकर्ताहरू आत्तिएका देखिएका छन्। बजारमा आएको अस्थिरता पछिल्लो राजनीतिक अनिश्चितता र लगानीकर्ताको मनोबलमा परेको नकारात्मक असरको परिणाम भएको विश्लेषकहरूले बताएका छन्।
The political changes following the Generation Z (Gen Z) movement have shown a direct impact on Nepal’s stock market. Within just two minutes of today’s opening, the NEPSE index plunged sharply. The market fell by 4 percent, equivalent to 107.04 points, triggering an automatic trading halt.
This sudden decline has left small investors in panic. Analysts say the market turbulence is largely a result of political uncertainty and shaken investor confidence.




