·

नेप्से र कारोबार रकम दुबै घट्यो

Author

NEPSE TRADING

नेप्से र कारोबार रकम दुबै घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको बजार यस दिन भने १३.३५ अंकले घट्दै २६३५.९४ विन्दुमा झरेको हो। यससँगै सेन्सेटिभ इण्डेक्स २.२२ अंक, फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेका छन्। बजारसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। मंगलबार ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.०८ प्रतिशतले बढ्दै सर्वाधिक वृद्धि देखिएको छ भने एसवाई प्यानल नेपालको शेयरमूल्य ८.४५ प्रतिशतले घट्दै सर्वाधिक गिरावट आएको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र मञ्जुश्री फाइनान्स पनि उच्च कारोबार हुने कम्पनीहरूमा परेका छन्। १३ उपसमूहमध्ये वित्त र व्यापार उपसमूह बाहेक अधिकांश उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक दबाबमा देखिएका छन्।

Related News